प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ३/१५ पृ. ३१
  • यहोवाले पृथ्वीलाई जोगाउनुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले पृथ्वीलाई जोगाउनुहुनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ३/१५ पृ. ३१

यहोवाले पृथ्वीलाई जोगाउनुहुनेछ

माल्दिभस्‌को एउटा टापुमा अवस्थित विमानस्थल हरेक दिन घण्टौंसम्म बन्द रहन्छ। किन? उच्च ज्वारभाटाले हवाइमार्ग जलमग्न हुने हुँदा हवाइजहाजहरू अवतरण गर्न असुरक्षित हुन्छ। आउँदो शताब्दीभित्र माल्दिभस्‌का टापुहरूमा समुद्री सतह तीन फिट बढ्‌नेछ भनी केही वैज्ञानिकहरू डराउँछन्‌। यो नगण्य देखिए तापनि यस्तो वृद्धिको कारण सात टापुहरू विश्‍व मानचित्रबाट हराउन सक्छन्‌। निस्सन्देह, यूएन क्रोनिकल-अनुसार छ फिट वृद्धि हुँदा सम्पूर्ण द्वीपसमूहबाट झण्डै १,२०० टापुहरू पुरिन सक्छन्‌!

बढ्‌दो समुद्री सतहको कारण के हो? संरा वातावरण कार्यक्रमअनुसार “हरितगृहको प्रभावले” गर्दा पृथ्वीको वायुमण्डल प्रदूषित हुन्छ, फलस्वरूप न्यानो ठाउँमा समुद्र विस्तार हुन्छ, हिमशिला तथा हिमनदीहरू पग्लन्छन्‌ र यसप्रकार समुद्री सतह बढ्‌छ। लन्डनको पानोस इन्स्टिच्युटअनुसार प्रदूषणले गर्दा “जमीन र समुद्रका सीमाहरू परिवर्तन र सुस्त गतिमा विश्‍वव्यापी विध्वंसतर्फ उत्तेजित भइरहेको हुन सक्छ।”

विश्‍वभरि तापक्रम वृद्धि भइरहेको छ भन्‍ने विषयमा वैज्ञानिकहरू अझै विवाद गर्छन्‌। तथापि वातावरणीय समस्याहरूले परमेश्‍वरको उद्देश्‍य पूरा हुनदेखि रोक्नेछैन भनी हामी निर्धक्क हुन सक्छौं। बाइबलले यसो भन्छ: “पृथ्वीलाई स्थिर र नहल्लिने गरी दृढ़ पार्नुभएको छ।” (१ इतिहास १६:३०) पृथ्वीको वातावरणमाथि यहोवाको नियन्त्रण छ र उहाँले चाँडै पृथ्वी र मानवजाति दुवै विनाश हुनदेखि जोगाउनुहुनेछ भनी हामी हर्षित हुन सक्छौं।—भजनसंग्रह २४:१, २; १३५:६; २ पत्रुस ३:१३.

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Drawing based on NASA Photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने