प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ३/१५ पृ. ३२
  • बाइबल कतिको मूल्यवान छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल कतिको मूल्यवान छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ३/१५ पृ. ३२

बाइबल कतिको मूल्यवान छ?

विलियम टिन्डेलले गरेको मसीही युनानी शास्त्रको अंग्रेजी अनुवाद किन्‍न हालै बेलाइती संग्रहालय १६,००,००० अमेरिकी डलर तिर्न राजी भयो। नामेट गर्ने प्रयासबाट उम्केको टिन्डेल बाइबलको यो एक मात्र प्रथम पूर्ण संस्करण ४६८ वर्षअघि प्रकाशित भएको थियो। यो बाइबल लन्डनमा आम-प्रदर्शनीको लागि राखिएको छ।

सन्‌ १७८४ देखि राखिएको बेलाइत ब्रिस्टल बाप्टिस्ट कलेजबाट टिन्डेल बाइबल किनिएको थियो। कलेज समितिका उप-कुलपति डा. रजर हेडनले यसो भने: “यो राष्ट्रिय, सांस्कृतिक तथा मसीही दृष्टिकोणबाट महत्त्वपूर्ण कागजात हो र सबैको निम्ति व्यापक तवरमा उपलब्ध गराउन त्यो ढुकुटीमा राखिएको छ।”

शताब्दीयौंसम्म बाइबल प्रायजसो ल्याटिन भाषामा उपलब्ध थियो र पादरी तथा शिक्षित कुलीनहरूले मात्र पढ्‌न सक्थे। आफूभन्दा पहिलेका जोन विक्लिफजस्तै सबैले पढ्‌न र बुझ्न सक्ने भाषामा बाइबल उपलब्ध गराउन टिन्डेल चाहन्थे। आफ्नो विरोध गर्ने पादरीलाई उनले एक पटक यसो भनेका थिए: ‘परमेश्‍वरले मेरो जीवन केही वर्षसम्म जोगाउनुभयो भने तपाईंभन्दा हलो जोत्ने केटोलाई शास्त्र राम्ररी जान्‍ने तुल्याउनेछु।’

साधारण मानिसहरूको निम्ति शास्त्र उपलब्ध गराउने कुनै पनि प्रयासलाई पादरीवर्गले कडा विरोध गर्ने हुनाले यो खतरनाक कार्य थियो। फलस्वरूप टिन्डेल बेलाइतबाट जर्मनी भागे। त्यहाँ उनले मौलिक युनानीबाट “नयाँ नियम” अनुवाद गरे। झण्डै ३,००० प्रतिहरू अनुवाद हुनुको साथै लुकाएर बेलाइतमा लगियो। लन्डनका पादरीले आफूले भेटाएजति सबै प्रतिहरू किनेर त्यो सेन्ट पल चर्चको चोकमा खुल्लमखुल्ला जलाइदिए। अन्ततः टिन्डेल पक्रिए, उनको पुर्पक्ष गरियो र उनलाई राजद्रोहको दोषी ठहराइयो। सन्‌ १५३६ मा उनलाई अँठ्याएर शूलीमा जलाइयो। पादरीहरूले यस्तो घृणा गरेको बाइबल अहिले त्यति धेरै मोलको हुनु चाखलाग्दो कुरा हो!

बाइबलको सही ज्ञान खोज्ने सबैलाई त्यो प्रदान गर्न यहोवाका साक्षीहरूले साँचो प्रयास गर्छन्‌। अन्य संस्करणहरू प्रकाशन तथा वितरण गर्नुको साथै तिनीहरूले सही र पढ्‌न सकिने गरी सम्पूर्ण बाइबल मौलिक भाषाहरूबाट अनुवाद गरेका छन्‌। सन्‌ १९९५ सम्ममा यस न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) १२ भाषामा ७,४०,००,००० भन्दा बढी प्रतिहरू प्रकाशित भइसकेको थियो। निस्सन्देह, कुनै पनि बाइबलको साँचो मोल त्यसले दिने जीवनदायी समाचार हो।

[पृष्ठ ३२-मा भएको चित्र]

विलियम टिन्डेल

[स्रोत]

From an old engraving in the Bibliothèque Nationale

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने