प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१५ पृ. ३-४
  • एक बूढा-प्रधान आफ्नो भविष्यबारे सोच्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक बूढा-प्रधान आफ्नो भविष्यबारे सोच्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१५ पृ. ३-४

एक बूढा-प्रधान आफ्नो भविष्यबारे सोच्छन्‌

यस पश्‍चिम अफ्रिकी बूढा-प्रधान आफ्नो समुदायमा असाध्यै प्रिय र सम्मानित नेता मानिन्थे। उनको ७८ औं जन्मोत्सवमा उनका मित्र, परिवार तथा शुभ-चिन्तकहरू उनलाई बधाई दिन भेला भए। यस बूढा-प्रधानले आफ्नो वक्‍तव्यमा त्यो अवसरलाई नसुहाउँदो विषय छाने। उनले मरणोपरान्त जीवनबारे आफ्ना विचारधाराहरू बताए।

मानव जीवनपश्‍चात्‌ “छल, ईर्ष्या र लोभमुक्‍त नयाँ संसार हुन्छ” भनी उनले भने। त्यो “रहस्यमय” संसार हो र परमेश्‍वरसित अन्तरक्रिया गर्ने धर्मी मानिसहरू मात्र त्यहाँ बसोबास गर्छन्‌ भनी उनले वर्णन गरे।

मानिसहरूको त्यस्तो विश्‍वासलाई अफ्रिकामा सामान्य कुरा मानिन्छ। परम्परागत अफ्रिकी धर्मअनुसार जीवनको अन्त्य मृत्यु होइन तर आत्मिक संसारमा जीवित रहनको लागि परिवर्तन मात्र हो। भनिन्छ, मृत्यु हुँदा मानिस दृश्‍यबाट अदृश्‍य संसारमा प्रवेश गर्छ। आत्माको रूपमा त्यो मानिस उप्रान्त आफ्ना पुर्खाहरूको संसारमा प्रवेश गर्छ।

पुर्खाहरू अथवा पुर्खाहरूका आत्माले पृथ्वीमा आफ्ना परिवारहरूको फलिफाप गर्छ भनी धेरै पश्‍चिम अफ्रिकीहरू विश्‍वास गर्छन्‌। वेस्ट अफ्रिकन ट्रडिशनल रिलिजन नामक पुस्तक यसो भन्छ: “पृथ्वीको समुदायका अझै जीवित सदस्यहरू र मरणोपरान्त संसारका मानिसहरूमा पर्ने प्रभावबीच खास भिन्‍नता हुँदैन। पृथ्वीमा छँदा [यी पुर्खाहरू] आफ्ना परिवारका बूढापाकाहरू थिए। अब तिनीहरू हामीबाट अदृश्‍य भए तापनि आत्मिक संसारमा अझै बूढापाकाहरू हुन्‌। आफ्ना परिवारहरूको हितमा तिनीहरू अझै चासो राख्छन्‌।”

फलतः, सुरुमा उल्लिखित त्यस वयोवृद्ध आफ्ना पुर्खाहरूसित मिलेर आत्मिक संसारमा तिनीहरूसँगै काम गर्ने आशा राख्थे। उनले भने: “मरणोपरान्त जीवित रहने र मरणोपरान्त पनि बूढा-प्रधानको हैसियतमा सेवा गर्ने आफ्नो सम्भावनाबारे म दृढ निश्‍चित छु।”

तथापि, बूढा-प्रधानले तत्‌पश्‍चात्‌ जे भने, त्यसले गर्दा उनी मरणोपरान्त जीवनबारे “त्यत्तिको विश्‍वस्त नभएजस्तो” संकेत सन्डे टाइम्स्‌ अखबारले दियो। मरणोपरान्त जीवनबारे छलफल गरिएको पुस्तक आफूले सुनेको कुरा उनले जनसमुदायलाई बताए। बूढा-प्रधानले त्यो पुस्तक खोजेको पाँच वर्ष भइसकेको थियो। उक्‍त पुस्तक पढ्‌न असाध्यै उत्सुक भएकोले त्यो ल्याइदिने व्यक्‍तिलाई १,५०० डलर (अमेरिकी) बराबरको रकम दिन उनी राजी थिए।

त्यस बूढा-प्रधानले सर्वसुलभ पुस्तकको परामर्श लिएको भए यतिको झमेला हुनेथिएन। यो सर्वसुलभ पुस्तक मानिसले नभई सारा मानवजातिको सृष्टिकर्ताले तयार गर्नुभएको हो। (१ थिस्सलोनिकी २:१३) त्यो पुस्तक बाइबल हो। मरणोपरान्त जीवनबारे त्यसले के बताउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने