प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ९/१५ पृ. ३२
  • चरा तथा फूलहरूबाट पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चरा तथा फूलहरूबाट पाठ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ९/१५ पृ. ३२

चरा तथा फूलहरूबाट पाठ

आज मानिसहरूलाई सबैभन्दा बढी कुन कुराको चिन्ता लाग्छ? अधिकांश मानिसहरू आफ्नो परिवारको लागि यथेष्ट जीविकोपार्जन गर्न वा तिनीहरूको जीवनस्तर उकास्न चाहन्छन्‌।

येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा आफ्नो परिवारको लागि प्रबन्ध गर्नु त्यतिबेलाका मानिसहरूको पनि मुख्य चासोको विषय थियो। तर यस वैध चिन्ताले असाध्यै पिरोलिंदा यसले आध्यात्मिक कुराहरूलाई निस्सासी दिनसक्छ भनी उहाँले चेताउनी दिनुभयो। यस बुँदालाई बुझाउन येशूले आफ्ना चेलाहरूलाई चरा तथा फूलहरूलाई नियालेर हेर भन्‍नुभयो।

चराहरूले दिनहुँ खानुपर्छ। तिनीहरूको जीवकोषहरूमा परिवर्तन हुने प्रक्रिया असाध्यै छिटो भएकोले तुलनात्मक हिसाबमा तिनीहरू हामीले भन्दा धेरै खान्छन्‌। यसबाहेक, तिनीहरूले रोप्न, कटनी गर्न र भविष्यको लागि सञ्चय गर्न सक्दैनन्‌। यद्यपि, येशूले भन्‍नुभएझैं हाम्रो “स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ।” (मत्ती ६:२६) त्यस्तैगरि, परमेश्‍वरले “मैदानका लिली फूललाई” सुन्दरतापूर्वक सिंगार्नुहुन्छ।—मत्ती ६:२८-३०.

हामीले भौतिक कुराहरूलाई सही स्थानमा राख्दै आध्यात्मिक कुराहरूलाई प्राथमिकता दियौं भने परमेश्‍वरले हाम्रो भोजन तथा पहिरनको प्रबन्ध अवश्‍य गर्नुहुनेछ भनेर येशू आश्‍वासन दिनुहुन्छ। यहोवा परमेश्‍वरले चरा तथा फूलहरूको त हेरचाह गर्नुहुन्छ भने उहाँलाई प्रेम गर्ने र ‘उहाँको राज्य र धार्मिकतालाई सर्वप्रथम खोजी गर्नेहरूलाई’ अवश्‍य हेरचाह गर्नुहुनेछ। (मत्ती ६:३३) के तपाईंले आफ्नो जीवनमा परमेश्‍वरको राज्यसम्बन्धी कामकुराहरूलाई प्राथमिकता दिनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने