जब “बतासको कुनै मतलब हुँदैन”
“किनारा नहुने मानिसलाई बतासको कुनै मतलब हुँदैन।” यी शब्दहरू प्रथम शताब्दीका रोमी दार्शनिक लुकिअस अन्नाइअस सेनेकाका हुन्। तिनका ती शब्दहरूले धेरै समयअघिदेखि स्वीकार्दै आएको सत्य कुरा प्रकट गर्छ। त्यो हो, लक्ष्यबिना जीवन दिशाविहीन हुन्छ।
तथापि, जीवन प्रायः लक्ष्यविहीन नै हुन्छ। अधिकांश मानिसहरू दैनिक जीवनका चट्टान र भुमरीहरूदेखि बच्दैमा सन्तुष्ट छन्। आड लिने कुनै ठाउँ नभएकोले तिनीहरू “उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान” हुन्छन्। (याकूब १:६) त्यस्ता मानिसहरूका लागि “बतासको कुनै मतलब हुँदैन।”
यद्यपि, बाइबलले लक्ष्यपरायण मानिसहरूको उदाहरण दिन्छ। तिनीहरूको लक्ष्यले गर्दा तिनीहरू आज मसीहीहरूको निम्ति नमुना भएका छन्। मोशाले “आफ्नो दृष्टि प्रतिफलतित लाएका थिए।” (हिब्रू ११:२६) पावलले लेखे: “पुरस्कारको निम्ति निशानातिर म अगाड़ि बढ़दछु।” त्यसपछि तिनले संगी विश्वासीहरूलाई “यस्तै मनका” हुन प्रोत्साहित गरे।—फिलिप्पी ३:१४, १५.
आउनुहोस्, बाइबलका प्रतिज्ञाहरूमाथि दृष्टि लगाएर हामी ती लक्ष्यपरायण पुरुषहरूको विश्वासको अनुकरण गरौं।—हिब्रू १३:७ तुलना गर्नुहोस्।