प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १२/१ पृ. २४-२७
  • वाचटावर एजुकेशनल सेन्टरले मिसनरीहरू पठाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वाचटावर एजुकेशनल सेन्टरले मिसनरीहरू पठाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्नातकहरूलाई सल्लाह
  • विद्यार्थीहरूसित राम्ररी परिचित हुने
  • गिलियड स्कूलले आफ्नो १००औं कक्षा पठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • परमेश्‍वरको वचनका स्नातकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवामा आनन्दित होओ र हर्ष मनाओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सेवा गर्न उत्प्रेरित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १२/१ पृ. २४-२७

वाचटावर एजुकेशनल सेन्टरले मिसनरीहरू पठाउँछ

द वाचटावर बाइबल स्कूल अफ गिलियडले विभिन्‍न स्थानहरूमा आफ्नो कक्षा सञ्चालन गरेको छ। सन्‌ १९४३ देखि १९६० सम्म त्यसले साउथ लान्सिङ, न्यु योर्क, स.रा.अ.-मा ३५ वटा कक्षाहरू सञ्चालन गऱ्‍यो र ९५ मुलुकका विद्यार्थीहरूलाई विशेष प्रशिक्षण दियो। त्यसपछि, यो स्कूल ब्रूकलिन, न्यु योर्कस्थित विश्‍व मुख्यालयमा सऱ्‍यो र त्यहाँ झन्डै २८ वर्षसम्म स्कूल सञ्चालन भयो। सन्‌ १९८८ देखि १९९५ को प्रारम्भसम्म चाहिं गिलियड स्कूलले वाल्किल, न्यु योर्कमा आफ्नो कक्षा सञ्चालन गऱ्‍यो।

यी वर्षहरूका दौडान स्कूलले आफ्नो कार्यक्षेत्र विस्तार गऱ्‍यो। यस स्कूलको निर्देशनअन्तर्गत मेक्सिकोमा तीनवटा कक्षाहरूलाई दश हप्ते निर्देशन दिइयो। जर्मनीमा पाँच र भारतमा दुइवटा यस्तै कक्षाहरू सञ्चालन भए। सन्‌ १९८७ देखि मिनिस्टेरियल ट्रेनिङ स्कूलको नाउँले चिनिने सहायक स्कूल ३४ वटा मुलुकहरूमा सञ्चालन भए। जसअन्तर्गत योग्य जवान भाइहरूलाई आठ हप्ते विशेष प्रशिक्षण दिइन्छ। तथापि, पाटर्सन, न्यु योर्कस्थित नव निर्मित वाचटावर एजुकेशनल सेन्टरमा सञ्चालन भएको ९९ औं कक्षा २० हप्ता लामो थियो। यसमा पूरै बाइबलको विस्तृत अध्ययन, यहोवाका साक्षीहरूको आधुनिक इतिहास तथा संगठनको छलफलका साथै विदेशी मिसनरी कार्यबारे विस्तृत सल्लाह समावेश थियो।

सेप्टेम्बर २ तारिख ९९ औं कक्षाले स्नातक प्राप्त गऱ्‍यो। वाचटावर एजुकेशनल सेन्टरको नयाँ सभागृहमा आयोजित स्नातक समारोह कार्यक्रम तीन घण्टा लामो थियो। सभागृह दर्शकहरूले पूरै भरिएको थियो। वल्किल, पाटर्सन र ब्रूकलिनका दर्शकहरूले चाहिं बेथेल घरबाटै उक्‍त समारोह हेरे। यो दिन स्नातक र तिनीहरूका नातेदार तथा घनिष्ठ मित्रहरूका लागि मात्र नभई त्यस सुन्दर नयाँ स्कूल निर्माण गर्ने सयौं स्वयंसेवकहरूका लागि रोमाञ्चक दिन थियो।

आफ्नो भाषणको सुरुआतमा परिचालक निकायका क्यारी बार्बरले भइरहेका घटनाहरूका महत्त्वमाथि प्रकाश पारे। तिनले यसो भने: “यो सबैभन्दा महान्‌ अनि अपूर्व ईश्‍वरीय शैक्षिक गतिविधिको केन्द्र हुनेछ।” त्यसपछि तिनले हामी स्त्रीको वंश र सर्पको वंशबीचको युद्धको चरमोत्कर्ष नजीक पुग्दैछौं भनेर वर्णन गरे। (उत्पत्ति ३:१५) परमेश्‍वरको वचनको सही ज्ञान हुने र आज्ञाकारी भएर पालन गर्ने व्यक्‍तिहरू मात्र महासंकष्टको दौडान हुने यो भयंकर भिडन्तमा बच्नेछन्‌ भनेर तिनले प्रष्ट पारे।

तिनले घोषणा गर्दै यसो भने, “हाम्रो यो वर्तमान शैक्षिक कार्यक्रमको उद्देश्‍य सारा संसारभरि यहोवाका जनलाई हितोपदेश १:१-४ मा वर्णित असल परिपक्व अवस्थामा पुऱ्‍याउनु अर्थात्‌ बुद्धि र अनुशासन जान्‍ने अनि समझदारी, अन्तरदृष्टि, धार्मिकता, न्याय, नैतिकता तथा सोच्ने क्षमता प्रदान गर्ने अनुशासन स्वीकार्न सक्ने किसिमले परिपक्व बनाउनु हो।” त्यस्ता आध्यात्मिक स्रोतहरू पाउनु साच्चै सुरक्षाको कुरा हो!

स्नातकहरूलाई सल्लाह

उपरोक्‍त परिचयात्मक टिप्पणीपश्‍चात्‌ स्नातकहरूलाई केन्द्रित गर्दै पाँच संक्षिप्त भाषणहरू दिइयो। हाल ब्रूकलिन मुख्यालयका कर्मचारी तथा भूतपूर्व गिलियड निर्देशक हारोल्ड ज्याकसनले विद्यार्थीहरूलाई “तपाईंको ईश्‍वरीय सन्तुष्टिलाई नत्याग्नुहोस्‌” भन्‍ने आग्रह गरे। निकै वर्षसम्म मिसनरी सेवा गरेका र हाल परिचालक निकायका सदस्य लोइड ब्यारीले “यहोवालाई विनम्रपूर्वक सेवा गर्ने[बारे]” बताए। नयाँ परिस्थित एवं सँगी मिसनरी अनि आफूले सेवा गरिरहेका मण्डली तथा स्थानीय मानिसहरूसित अभ्यस्त हुन छाँटकाँट गर्नु पर्दा विनम्रता साह्रै आवश्‍यक पर्नेछ भनेर तिनले व्याख्या गरे।

हाल गिलियड स्कूलमा कार्यरत्‌ कार्ल आडम्स्‌ले “विश्‍वासले तपाईंलाई के गराउनेछ?” भन्‍ने प्रश्‍न सोध्दै विद्यार्थीहरूसित तर्क गरे। तिनले उजाडस्थानका परिस्थितिहरू देखेर गनगन गर्ने र मिश्र देश फर्कने लालसा गर्ने इस्राएलीहरूजस्तो होइन तर अब्राहामजस्तो हुन प्रोत्साहित गरे। समस्या आइपर्दा कनानीहरूको ऊर देश फर्कनुको साटो अब्राहामले परमेश्‍वरको राज्यमाथि भरोसा गरे, तिनले भने। (प्रस्थान १६:२, ३; हिब्रू ११:१०, १५, १६) स्कूल रजिस्ट्रार युलिसिज ग्लासले भजन ७३ मा उल्लिखित आसापको अनुभवमाथि ध्यानाकर्षण गर्दै स्नातक प्राप्त गर्न विद्यार्थीहरूलाई “आफूले पाएका आशिष्‌हरूलाई सम्झिरहने” सल्लाह दिए। त्यसपछि परिचालक निकायअन्तर्गत शैक्षिक समितिका सदस्य अल्बर्ट श्रोडरले “यहोवाले प्रबन्ध गर्नुहुन्छ” भन्‍ने विषयमा भाषण दिए। यहोवाले प्रबन्ध गर्नुहुन्छ भन्‍ने एउटा प्रमाण नै गिलियड स्कूल र प्रचार तथा चेला बनाउने महान्‌ कार्य पूरा गर्न त्यसले निर्वाह गरेको भूमिका हो भनेर तिनले औंल्याए।

पछि, वाच टावर सोसाइटीका अध्यक्ष मिल्टन हेन्शेलले “सदस्यहरू एकअर्काका सम्पत्ति हुन्‌” बिषयक भाषण दिंदा दर्शकहरूले निकै चासो दिएर सुने। तिनले रोमी १२ अध्यायबाट निकै पदहरू पढ्‌नुका साथै विस्तृत टिप्पणीहरू गरे। अन्य कुराहरूलगायत तिनले यसो भने: “मण्डलीका सँगी सेवकहरूसित हाम्रो ज्यादै घनिष्ठ सम्बन्ध छ भनेर हामीले सधैं विचार गर्नुपर्छ।” तिनले अझै यसो भने: “हामीले एकअर्कालाई सधैं यहोवाको सम्पत्ति सम्झनु राम्रो कुरा हो। अरूको आलोचना गर्नु, दोष कोट्याउनुको साटो हामी सधैं मदतकारी होऔं। हामीले मसीही मण्डलीका आध्यात्मिक एकतालाई कायम राख्यौं भने हाम्रै लाभ हुन्छ।” त्यसपछि तिनले मिसनरी गृहहरूमा भोजन तयार पार्दा कसरी त्यस्तो मदतकारी भावना देखाउन सकिन्छ र सबैले एउटै किसिमको भोजन खान सक्दैन भन्‍ने कुरालाई कसरी ग्राह्‍यता दिने भन्‍ने कुरा देखाए। गरिब मसीही भाइबहिनीहरूसित क्षेत्र सेवकाईमा जाँदा तिनीहरूको आलोचना गर्नुको साटो मदतकारी हुन पनि तिनले प्रोत्साहित गरे। एकआपसमा हामी साँच्चै मदतकारी, उत्थानदायी, प्रोत्साहनजनक भयौं भने “यहोवाले त्यो देख्नुहुनेछ र हामीलाई प्रेम गर्नुहुनेछ,” भाइ हेन्शेलले औंल्याए। आफ्नो मुलुक छोडेर भिन्‍न वातावरण र परिस्थिति हुने मुलुकहरूमा सेवा गर्न जाने मिसनरीहरूका लागि कति उत्तम सल्लाह!

विद्यार्थीहरूसित राम्ररी परिचित हुने

यस ९९ औं कक्षाका ४८ विद्यार्थीहरूको औसत उमेर ३२ वर्ष छ र तिनीहरूले ११ वर्षभन्दा धेरै समय पूर्ण-समय सेवकाईमा बिताइसकेका छन्‌।

स्नातक कार्यक्रममा विद्यार्थीहरूको अन्तर्वार्ता पनि लिइएको हुँदा दर्शकहरूले तिनीहरूमध्ये केहीसित परिचित हुने मौका पाए। यहोवाले भौतिक आवश्‍यकताहरू पूरा गर्नुहुन्छ भन्‍ने कुरामा आफ्नो विश्‍वासको जाँच कसरी भयो, त्यसबारे संयुक्‍त राज्यका निक्की लिबल तथा बेलाइतका सिमोन बोल्टनले केही घटनाहरू बताए। पूर्ण-समय सेवकाईलाई प्रथम स्थानमा राख्दा तिनीहरूले निस्सन्देह यहोवाको हेरचाह अनुभव गरे।

इजाबेल काजनले आफ्नो मातृभाषा फ्रेन्च भए तापनि स्वदेशका अरबीभाषी मानिसहरूलाई प्रचार गर्न अरबी भाषा सिकेको कुरा सुनाइन्‌। सन्‌ १९८७ मा प्रचार कार्य सुरु गर्दा पेरिसको सानो समूहमा तिनी र तिनीजस्तै अरबी भाषा सिकिरहेकी अर्की बहिनीलगायत अरू चार जना अरबीभाषी भाइहरू मात्र थिए। (तिनीहरूलाई सजिलो भएन। हरेक हप्ता टिप्पणी दिन सक्नेगरि प्रहरीधरहरा अध्ययन गर्न तिनीहरूले आठ घण्टा बिताउँथे।) के तिनीहरूको प्रयत्न फलदायी साबित भयो त? भयो। किनभने अहिले फ्रान्समा अरबीभाषी साक्षीहरूलाई पाँच क्षेत्रमा विभाजित गरिएको छ। अर्को विद्यार्थी मिको प्युरोले स्कूलमा छँदा आफूले फ्रेन्च भाषा सिकेको हुँदा कसरी तिनको देश फिनल्याण्डका अफ्रिकी शरणार्थीहरूलाई प्रचार गर्न मदत पुग्यो भनेर सुनाए। तिनलाई बेनिनमा मिसनरी सेवा गर्न खटाइएको हुँदा त्यहाँ पनि त्यो भाषा काम लाग्नेछ। बनी बोजले क्युबेक, क्यानाडामा प्रभावशाली ढंगमा सेवा गर्न फ्रेन्च भाषा धाराप्रवाहसाथ बोल्न गर्नुपरेको संघर्ष सुनाइन्‌। अनि डेनमार्कका ब्यार्की रासमुसेनले फेरो टापुहरूमा सेवा गर्दा तिनी र तिनकी पत्नीले अनुभव गरेका कुराहरू सुनाए। हो, यी नव मिसनरीहरू अनुभवी पूर्ण-समय सेवकहरू हुन्‌।

स्नातकहरूलाई अफ्रिका, मध्य तथा दक्षिण अमेरीका, पूर्वी युरोप र एशिया गरी जम्मा १९ मुलुकहरूमा खटाइयो। यसभन्दा अघिका गिलियड स्नातकहरूले २०० भन्दा धेरै मुलुकहरूमा सेवा गरिसकेका छन्‌। धेरैजसो स्नातकहरू आफूलाई खटाइएको ठाउँमा अझै व्यस्त छन्‌। पृथ्वीको अन्तसम्म राज्य साक्षी दिन यी नव मिसनरीहरू अब तिनीहरूको समूहमा सामेल हुँदैछन्‌।—प्रेरित १:८.

[पृष्ठ २५-मा भएका चित्रहरू]

वाचटावर एजुकेशनल सेन्टरमा कक्षा कोठाका दृश्‍यहरू

[पृष्ठ २६-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ९९ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।

(१) हेफे, एस.; रिले, इ.; मोर्टेन्सन, डि.; अनेबल्‌, ए.; बोल्टन, जे.; पुल, जे.; सिमस्‌, जि.; सोज, एल. (२) पास्नीट्‌स्की, बि.; शेपर्ड, डि.; पास्नीट्‌स्की, डब्ल्यु.; यार्भिनन, जे.; पोल्सन्‌, के.; रासमुसेन, इ.; श्‍वेवा, क.; अल्सन्‌, एल. (३) पोल्सन्‌, इ.; साम्सेल, टि.; बोज, बि.; ह्‍यारिस, इ.; काजन, आइ.; लिबल, एन.; सोसा, पि.; प्युरो, जे. (४) लागर, के.; लागर, भी.; गोल्डन, के.; बोल्टन, एस.; जोन्सन, एम.; जोन्सन, एस.; लिबल, ए.; रासमुसेन, बि. (५) ह्‍यारिस, डि.; साम्सेल, डब्ल्यु.; श्‍वेवा, ओ.; हेफे, आर.; काजन, एल.; रिले, टि.; यार्भिनन, ओ.; प्युरो, एम. (६) मोर्टेन्सन, डि.; गोल्डन, आर.; अनेबल्‌, एल.; शेपर्ड, एम.; बोज, आर.; सिमस्‌, टि.; पुल, इ.; अल्सन्‌, जे.

[पृष्ठ २७-मा भएका चित्रहरू]

अझैसम्म सेवारत: (बायाँ) गिलियड पहिलो तथा छैटौं कक्षाका स्नातक चार्ल्स लेथ्को र तिनकी पत्नी फर्न ब्राजिलमा; (तल) गिलियड सातौं कक्षाकी स्नातक मार्था हेस जापानमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने