प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १२/१५ पृ. ३२
  • यहोवाका साक्षीहरू विरुद्ध मुद्दा मुकर्रर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका साक्षीहरू विरुद्ध मुद्दा मुकर्रर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १२/१५ पृ. ३२

यहोवाका साक्षीहरू विरुद्ध मुद्दा मुकर्रर

यहोवाका चार स्त्री साक्षीहरू विरुद्ध दायर गरिएको मुद्दा बारम्बार स्थगन भएपछि अन्ततः सन्‌ १९९५ जून ८ तारिखका दिन थेसोलिनिका, ग्रीसको पुनरावेदन अदालत बस्यो। तिनीहरूमाथि लगाइएको आरोप के थियो? धर्मपरिवर्तन, जुन कुरालाई ग्रीक कानुनले प्रतिबन्ध गरेको पाँच दशकभन्दा बढी भइसक्यो।

तथापि, अदालत पुनः बसुञ्जेल प्रमुख वादी अर्थात्‌ ती चार स्त्री विरुद्ध मुद्दा दायर गर्ने पादरीको मृत्यु भइसकेको थियो। अर्को पादरीले तिनको साटो बयान दिन खोजे तर अदालतले त्यो अपील स्वीकारेन। तसर्थ, १५ मिनेटको लागि मात्र सुनुवाइ हुनु कुनै अनौठो कुरा होइन! न्यायाधीशले अन्य वादीहरूको कुरा सुने र गैरकानुनी ढंगमा धर्मपरिवर्तन गऱ्‍यो भन्‍ने आरोपबाट प्रतिवादीहरूलाई दोषमुक्‍त ठहर गरे। यो निर्णयले के देखाउँछ भने, सन्‌ १९९३ मा युरोपियन कोर्ट अफ ह्‍युमन राइट्‌सले पारित गरेको निर्णयलाई आदर तथा पालन गर्न ग्रीक अदालतहरू इच्छुक छन्‌।

यस मुद्दाका वादी, तीन जना स्त्रीले ती प्रतिवादीहरू अर्थात्‌ यहोवाका साक्षीहरूलाई सहृदय बधाई दिएको हेर्न पाउनु विशेषगरि छक्कलाग्दो थियो। तिनीहरूमध्ये एक जनाले यसो भनिन्‌, “जे जति भयो, हामी त्यसको लागि क्षमा प्रार्थी छौं।” तिनले थप्दै भनिन्‌: “यसमा हाम्रो कुनै दोष छैन। पादरीले हामीलाई जबरजस्ती तपाईंहरू विरुद्ध मुद्दा दायर गर्न लगाएका हुन्‌। अब तिनको मृत्यु भइसक्यो। त्यसकारण हामी चाहन्छौं, तपाईंहरू हाम्रो गाउँ अनि घरमा आउनुहोस्‌।”

यसप्रकार, यहोवाले पुनः एक पटक ग्रीसमा आफ्ना जनहरूलाई अद्‌भुत विजय प्रदान गर्नुभएको छ। धर्मपरिवर्तनसम्बन्धी कानुन ग्रीसमा सन्‌ १९३८ र १९३९ मा पारित भएको थियो। यो नियमको आधारमा यहोवाका साक्षीहरूलाई सताउनु गलत हो भनेर सन्‌ १९९३ मा युरोपियन कोर्ट अफ ह्‍युमन राइट्‌सले लागू गऱ्‍यो।—सेप्टेम्बर १, १९९३, द वाचटावर-को पृष्ठ २७-३१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने