प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१५ पृ. ३२
  • “यो यहोवाको काम हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यो यहोवाको काम हो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१५ पृ. ३२

“यो यहोवाको काम हो”

यो मोन्टेरे शहर, मेक्सिकोको एल नोर्ते नामक समाचारपत्रको एउटा लेखको शीर्षक थियो। यो लेख यहोवाका साक्षीहरूको नयाँ सम्मेलन भवनबारे थियो।

तेइस लाख जनसंख्या भएको उत्तरी मेक्सिकोको (उपनगरहरूलगायत) मोन्टेरे शहरमा १९,२०० राज्य प्रकाशकहरू छन्‌। लगभग डेढ वर्षसम्म साक्षीहरूले ३,००० जना अटाउनसक्ने आरामदायी मेचहरू र वातानुकूलन भएको एउटा भव्य तथा उपयुक्‍त सम्मेलन भवन निर्माण गर्न आ-आफ्नो क्षमतालाई एकजूट पारेका थिए। यहोवाका साक्षीहरूको परिचालक निकायका एक सदस्यले समर्पण भाषण प्रस्तुत गर्दा स्थानीय साक्षीहरू हर्षित भए। कार्यक्रममा मोन्टेरेमा काम थालेको संक्षिप्त इतिहास समावेश गरिएको थियो र निर्माणकार्यका सहभागीहरूसित अन्तरवार्ता पनि लिइएको थियो। सभामा उपस्थित ४,५०० ले समर्पण भाषणबाट आनन्द उठाए।

मेक्सिकोमा हालै निर्माण गरिएका सम्मेलन भवनहरूमध्ये यो तेस्रो थियो। अनि यसलाई “धेरै, ठूलो र उत्तम राज्य भवन तथा सम्मेलन भवनहरू” निर्माण गर्ने अभियान भनिएको छ।

मेक्सिकोका ४,४३,००० भन्दा अधिक प्रकाशकहरूलगायत सन्‌ १९९५ को स्मरणार्थ उत्सवमा उपस्थित भएका १४,९२,५०० का लागि मोन्टेरेमा निर्माण गरिएजस्तो राज्य भवनहरूले पक्कै पनि ईश्‍वरीय उद्देश्‍य पूरा गर्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने