के तपाईंलाई सम्झना छ?
हालैका प्रहरीधरहरा-का अंकहरू पढेर के तपाईंले व्यवहारिक लाभ उठाउनुभयो? त्यसोभए, निम्न प्रश्नहरूबाट आफ्नो स्मरण जाँच्नुहोस्:
▫ येशूले “जस जसका पाप तिमीहरू क्षमा गरौला, तिनीहरूलाई क्षमा हुनेछन्,” भन्नुभएका शब्दहरूको अर्थ के मसीहीहरूले पाप क्षमा गर्नसक्छन् भनेको हो? (यूहन्ना २०:२३)
साधारणतया, मसीहीहरू वा नियुक्त प्राचीनहरूसित पनि क्षमा गर्ने ईश्वरीय अख्तियार छ भन्ने निष्कर्षमा पुग्ने धर्मशास्त्रीय आधार छैन। येशूले भन्नुभएका शब्दहरूले यस सन्दर्भमा परमेश्वरले प्रेरितहरूलाई क्षमा गर्ने वा नगर्ने त्यो विशेष शक्ति दिनुभएको थियो भनेर देखाउँछ। (प्रेरित ५:१-११; २ कोरिन्थी १२:१२ हेर्नुहोस्।)—४/१५, पृष्ठ २८.
▫ सन् १८६४ मा छापिएको जे. जे. स्टुवार्ट परोनको भजनसंग्रह पुस्तकको अनुवादको पहिलो संस्करणको विशेषता के हो?
आफ्नो अनुवादमा परोनले “त्यस हिब्रू नाउँ-लाई सम्बन्धित भाषाको वाक्पद्धति र उपवाक्यको व्याकरणसित यथासम्भव मिलान गर्ने कोसिस गरे।” यसरी तिनले ईश्वरीय नाउँ “यहोवा” पुनर्स्थापन गर्ने कुरामा योगदान पुऱ्याए।—४/१५, पृष्ठ ३१.
▫ संसारका सरकारहरूसित गर्नुपर्ने व्यवहारबारे येशूले आफ्ना अनुयायीहरूलाई कस्तो निर्देशन दिनुभयो?
येशूले भन्नुभयो: “जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” (मत्ती २२:२१) उहाँले यसो पनि भन्नुभयो: “यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, उसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४१) यहाँ येशूले वैध मागप्रति स्वेच्छापूर्वक अधीनता स्वीकार्ने सिद्धान्तको दृष्टान्त दिनुहुँदैथियो। र त्यो अधीनता देखाउनुपर्ने क्षेत्र, परमेश्वरको नियमसित मेल खाने मानव सम्बन्ध वा सरकारी आवश्यकताहरू दुवै हुनसक्छ।—(लूका ६:२७-३१; यूहन्ना १७:१४, १५)—५/१, पृष्ठ १२.
▫ ‘सत्यमा हिंड्नुको’ अर्थ के हो? (भजन ८६:११)
यसमा उहाँका मागहरू पूरा गर्नु र उहाँप्रति विश्वासी हुनु र निष्कपटसाथ सेवा गर्नु समावेश छ। (भजन २५:४, ५; यूहन्ना ४:२३, २४)—५/१५, पृष्ठ १८.
▫ यहोवाले योनालाई निनवेमा पठाउनुहुँदा कुन कुरा पूरा भयो? निनवेमा योनाले गरेको प्रचारकार्यको परिणामस्वरूप विश्वास र नम्रता कम भएका हठी इस्राएलीहरू र पश्चात्तापी निनवेवासीहरूबीच भिन्नता देखियो। (तुलना गर्नुहोस् व्यवस्था ९:६, १३; योना ३:४-१०)—५/१५, पृष्ठ २८.
▫ उत्पत्ति ३:१५ मा उल्लिखित साँप र “स्त्री” को हुन्?
साँप वास्तविक सर्प नभएर त्यसलाई प्रयोग गर्ने व्यक्ति हो। (प्रकाश १२:९) त्यस “स्त्री” चाहिं हव्वा होइनन् तर यहोवाको स्वर्गीय संगठन अर्थात् पृथ्वीमा भएका उहाँका आत्मा-अभिषिक्त सेवकहरूकी आमा हुन्। (गलाती ४:२६)—६/१, पृष्ठ ९.
▫ कुनै पनि व्यक्ति महान् बेबिलोनबाट निस्केर सुरक्षित स्थानमा कसरी भाग्नसक्छ? (प्रकाश १८:४)
त्यस व्यक्ति झूटा धार्मिक संगठनहरूबाट र तिनीहरूको परम्परा र कुप्रवृत्तिहरूबाट पनि पूर्णतया अलग रहनैपर्छ। अनि सुरक्षित स्थान अर्थात् यहोवाको ईश्वरतान्त्रिक संगठनभित्र भाग्नुपर्छ। (एफिसी ५:७-११)—६/१, पृष्ठ १८. ▫ धर्मशास्त्रमा बारम्बार चीलको उल्लेख किन गरिन्छ?
बाइबल लेखकहरूले बुद्धि, ईश्वरीय सुरक्षा र छरितोपनजस्ता चीलका गुनहरू अप्रत्यक्ष ढंगमा उल्लेख गरेका छन्।—६/१५, पृष्ठ ८.
▫ के आज पार्थिव आशा भएका परमेश्वरका सेवकहरूसित आत्मा-अभिषिक्त मसीहीहरूको जत्तिकै परमेश्वरको आत्मा छ?
वस्तुतः, हामी यसको सकारात्मक जवाफ दिनसक्छौं। परमेश्वरको आत्मा दुवै वर्गको लागि ज्ञान तथा समझहरू समान रूपमा उपलब्ध छन्।—६/१५, पृष्ठ ३१.
▫ यरूशलेमको मन्दिरमा पूजाहारीहरूद्वारा सम्पन्न पवित्र सेवालाई आज हामीले जाँच्नु किन फाइदाजनक छ?
यसो गऱ्यौं भने, पापी मानवजातिलाई परमेश्वरसित मिलाप गराउनसक्ने कृपालु प्रबन्धको पूर्ण मूल्यांकन गर्नसक्छौं। (हिब्रू १०:१-७)—७/१ पृष्ठ ८.
▫ यरूशलेममा निर्मित दोस्रो मन्दिरको महिमा सुलेमानले बनाएको मन्दिरभन्दा किन ठूलो थियो?
दोस्रो मन्दिर १६४ वर्ष धेरै अस्तित्वमा रह्यो र विभिन्न मुलुकबाट थुप्रै उपासकहरू यसको चोकमा ओइरिए। योभन्दा पनि महत्त्वपूर्ण कुरा, दोस्रो मन्दिरका चोकहरूमा परमेश्वरका पुत्र येशू ख्रीष्टले शिक्षा दिनुभएकोले त्यसमा ठूलो भिन्नता देखियो।—७/१, पृष्ठ १२, १३.
▫ यहोवाले आफ्नो आध्यात्मिक मन्दिर कहिले बसाल्नुभयो? सा.यु. २९ मा येशूले बप्तिस्मा लिनुहुँदा गर्नुभएको प्रार्थनालाई परमेश्वरले अनुमोदन गर्नुहुँदा बसाल्नुभएको थियो। (मत्ती ३:१६, १७) बलिदानको रूपमा चढाइएको येशूको शरीरलाई परमेश्वरले स्वीकार्नुको आध्यात्मिक अर्थ, यरूशलेम मन्दिरमा भन्दा महान् वेदी परिचालन हुनु थियो।—७/१, पृष्ठ १५.
▫ हामी किन क्षमाशील हुनुपर्छ?
मसीही एकता कायम राख्ने हो भने हामीलाई चोट पुऱ्याउने व्यक्तिले क्षमा माग्दा क्षमा दिनु अत्यावश्यक छ। द्वेष र प्रतिशोधले हाम्रो मनोशान्ति हरण गर्छ। हामी क्षमाशील भएनौं भने, कुनै दिन यहोवाले हाम्रा पापहरू क्षमा नगर्नुहुने खतरापूर्ण स्थितिसम्म पुग्नसक्छौं। (मत्ती ६:१४, १५)—७/१५, पृष्ठ १८.
▫ इस्राएलीहरू कसरी पवित्र हुनसक्थे?
यहोवासितको निकटतम सम्बन्ध र उहाँप्रतिको शुद्ध उपासनाद्वारा मात्रै पवित्रता सम्भव थियो। शारीरिक तथा आध्यात्मिक तवरमा स्वच्छ भई उहाँलाई पवित्र उपासना चढाउन “परम-पवित्रको” सही ज्ञान चाहिन्थ्यो। (हितोपदेश २:१-६; ९:१०)—८/१, पृष्ठ ११.