प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १०/१ पृ. २४-२८
  • एकताबद्ध परिवारको रूपमा यहोवाको सेवा गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकताबद्ध परिवारको रूपमा यहोवाको सेवा गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल सत्य सिक्दै
  • पूर्ण-समय सेवामा आनन्दित
  • मेरो जीवनमा आएका परिवर्तनहरूमा रमाउँदै
  • हाम्रा छोराछोरीहरूको छनौट
  • सफलताको मार्ग
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाप्रतिको मेरो आस्थाले मलाई सँभाल्यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १०/१ पृ. २४-२८

एकताबद्ध परिवारको रूपमा यहोवाको सेवा गर्दै

आन्तोन्यु सान्तोलेरीको वृत्तान्तमा आधारित

सन्‌ १९१९ मा इटाली छोड्‌नु हुँदा मेरो बुबा १७ वर्षको हुनुहुन्थ्यो। उत्तम जीवनको खोजीमा उहाँ ब्राजिलमा बसाइँ सर्नुभयो। समयको दौडान उहाँले साऊ पाऊलुको भित्री प्रान्तमा एउटा सानो शहरमा हजामत गर्ने पसल खोल्नुभयो।

सन्‌ १९३८ मा म सात वर्षको हुँदा बुबाले उहाँको पसलमा आएका एक व्यक्‍तिसित बाइबलको ब्राजिलेर अनुवाद लिनुभयो। यसको दुइ वर्षपछि आमा असाध्यै बिरामी हुनुभयो र मृत्युसम्मै ओछ्यानमा थला पर्नुभयो। बुबा पनि बिरामी हुनुभयो। त्यसैकारण हामी सबै अर्थात्‌ आमा, बुबा, मेरी दिदी आन र म साऊ पाऊलुस्थित हाम्रा नातेदारहरूकहाँ बस्न गयौं।

साऊ पाऊलुमा पढ्‌दै गर्दा म साह्रै उत्सुक पाठक भएँ। विशेषगरि ऐतिहासिक लेखोटहरू त झन्‌ उत्सुकतासाथ पढ्‌थें। ती लेखोटहरूमा कतै कतै बाइबल उल्लेख गरेको पाउँदा त म ज्यादै प्रभावित भएँ। साऊ पाऊलुको सार्वजनिक पुस्तकालयबाट ल्याएको उपन्यासमा डाँडाको उपदेश धेरै पटक उल्लेख गरिएको थियो। त्यतिखेर मैले त्यो उपदेश पढ्‌न बाइबल प्राप्त गर्ने निर्णय गरें। वर्षौंअघि बुबाले लिनुभएको बाइबल खोज्न थालें। सन्दुकमा सबैभन्दा मुनि सात वर्षसम्म त्यसै थन्किएको बाइबल बल्लतल्ल भेट्टाएँ।

हामी सपरिवार क्याथोलिक थियौं। त्यसैकारण बाइबल पढ्‌ने प्रोत्साहन मैले कहिल्यै पाइनँ। तर केही समयमै आफैले बाइबलका अध्यायहरू र पदहरू हेर्न सिकें। मैले डाँडाको उपदेश मात्रै होइन तर मत्ती पुस्तकको सम्पूर्ण भागलगायत बाइबलका अन्य पुस्तकहरू पनि अति चाह लिएर पढें। जुन तरिकामा येशूका शिक्षा तथा चमत्कारहरू प्रस्तुत गरिएका थिए, त्यसमा भएको सत्यले मलाई सबैभन्दा धेरै प्रभाव पाऱ्‍यो।

मैले बाइबलमा सिकेको कुराभन्दा क्याथोलिक धर्म निकै भिन्‍न पाएकोले म प्रेस्बाइटेरियन चर्च धाउन थालें र आन पनि मसित आउन थाल्नुभयो। यद्यपि, म अझै पनि रित्तो महसुस गर्थें। मैले परमेश्‍वरलाई बडो उत्सुकतासाथ खोजिरहेको १७ वर्ष भइसकेको थियो। (प्रेरित १७:२७) मिर्मिरे तारा चम्किरहेको रात, सोचमग्न भइ- रहेको बेला ‘म यहाँ किन छु? जीवनको उद्देश्‍य के हो?’ भनेर आफैलाई सोधें। घरपछाडि एकान्त ठाउँमा घुँडा टेकेर ‘हे प्रभु परमेश्‍वर! तपाईं को हुनुहुन्छ? मैले तपाईंलाई कसरी चिन्‍ने?’ भन्दै प्रार्थना गरें। र चाँडै जवाफ पनि पाइहालें।

बाइबल सत्य सिक्दै

कुरा सन्‌ १९४९ को हो। एक दिन मेरो बुबा ट्रामबाट ओर्लनु मात्र भएको थियो एउटी जवान स्त्री उहाँतिर आइन्‌। तिनले उहाँलाई प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू दिइन्‌। उहाँ प्रहरीधरहरा-को ग्राहक बन्‍नुभयो र आफ्ना दुइ छोराछोरी प्रेस्बाइटेरियन चर्च धाउँछन्‌ भन्दै हाम्रो घरमा आउने निम्तो दिनुभयो। त्यस स्त्री हाम्रो घरमा आउँदा तिनले आनलाई केटाकेटी (अंग्रेजी) पुस्तक दिइन्‌ र उनीसित बाइबल अध्ययन थालिन्‌। पछि म पनि अध्ययनमा सामेल भएँ।

सन्‌ १९५० नोभेम्बरमा यहोवाका साक्षीहरूको अधिवेशन हामीले पहिलो पटक धायौं। त्यहाँ “परमेश्‍वर सत्य ठहरिऊन्‌” (अंग्रेजी) पुस्तक विमोचन भयो र हामीले त्यही पुस्तकलाई मार्गनिर्देशकको रूपमा प्रयोग गरेर बाइबल अध्ययन कायम राख्यौं। यसको केही समयमै हामीले सत्य भेट्टाएको महसुस गर्न थाल्यौं र सन्‌ १९५१ अप्रिलमा हामीले यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिंदै बप्तिस्मा लियौं। केही वर्षपछि बुबाले पनि समर्पण गर्नुभयो र सन्‌ १९८२ मा उहाँको मृत्यु भयो। उहाँ आजीवन परमेश्‍वरप्रति विश्‍वासी रहनुभयो।

पूर्ण-समय सेवामा आनन्दित

सन्‌ १९५४ जनवरीमा २२ वर्षको मात्रै छँदा बेथेल अर्थात्‌ यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने स्वीकृति पाएँ। त्यहाँ पुग्दा, मभन्दा दुइ वर्ष मात्र जेठो रीचर्ड मुक शाखा कार्यालयका निरीक्षक पो रहेछन्‌ भनेर थाह पाउँदा म छक्क परें। सन्‌ १९५५ मा क्षेत्रीय सेवकहरू भनिने परिभ्रमण निरीक्षकहरूको आवश्‍यकता पर्दा त्यस सेवाको लागि बोलाइएका पाँच पुरुषहरूमध्ये म पनि एक थिएँ।

म रियो ग्रान्दे दु सुलमा खटाइएँ। आफ्नो क्षेत्रीय कार्य थाल्दा त्यहाँ यहोवाका साक्षीहरूका जम्मा ८ वटा मात्र मण्डलीहरू थिए। तर १८ महिनाभित्रै २ वटा नयाँ मण्डलीहरू तथा २० वटा दुर्गम समूहहरू खडा भए। आज यो इलाकामा यहोवाका साक्षीहरूका १५ वटा क्षेत्रहरू छन्‌ र प्रत्येक क्षेत्रमा लगभग २० वटा मण्डलीहरू छन्‌! सन्‌ १९५६ को अन्तमा मेरो क्षेत्र चारवटा स-साना क्षेत्रहरूमा बाँडिएको र त्यहाँ अरू चार क्षेत्रीय सेवकहरूले सेवा गर्नेछन्‌ भन्‍ने जानकारी मलाई दिइयो। त्यतिखेर मलाई नयाँ कार्यभारको लागि पुनः बेथेल बोलाइयो।

केही क्षेत्रहरूमा भ्रमण गर्नुपर्ने जिल्ला सेवकको रूपमा मलाई उत्तरी ब्राजिलमा खटाइँदा म हर्षविस्मित भएँ। त्यतिबेला ब्राजिलमा यहोवाका साक्षीहरूका १२,००० सेवकहरू थिए र देशमा दुइटा जिल्लाहरू थिए। रिचार्ट भूत्के दक्षिणमा सेवारत थिए भने म उत्तरी जिल्लामा थिएँ। बेथेलमा हामीलाई यहोवाका साक्षीहरूद्वारा निर्मित नयाँ विश्‍व समाजको क्रियाकलाप र नयाँ विश्‍व समाजको आनन्द नामक चलचित्रहरू देखाउन प्रोजेक्टर चलाउन सिकाइयो।

ती दिनहरूमा यात्रा गर्नु अलिक भिन्‍नै थियो। यहोवाका कुनै पनि साक्षीहरूसित सवारीसाधन थिएन। त्यसकारण मैले खुट्टाले ख्याउने नाउ, डुंगा, बैलगाडा, घोडा, मालवाहक गाडी, ट्रक र एक पटक हवाइजहाजबाट यात्रा गरें। अमेजोनस्‌ प्रान्तको राजधानी सान्तरेममा विमान अवतरण गर्न अमेजोन जंगलमाथि विमान उड्‌दा देखिने दृश्‍य निकै रोमाञ्चक थियो। सान्तरेम शहर अमेजोनको प्रवेशद्वार, बलेम र मनऊसबीच पर्ने शहर हो। त्यतिबेला जिल्ला सेवकहरू धेरैवटा क्षेत्रीय सम्मेलनहरूमा जानु पर्दैनथियो। त्यसैकारण म धेरैजसो समय सोसाइटीका चलचित्रहरू देखाउँथें। ठूल-ठूला शहरहरूमा सयौं व्यक्‍तिहरू उपस्थित हुन्थे।

उत्तरी ब्राजिलको अमेजोन क्षेत्रले मलाई निकै मुग्ध पारेको थियो। त्यहाँ सेवारत छँदा सन्‌ १९५७ अप्रिलमा अमेजोन नदी र त्यसका सहायक नदीहरूमा बाढी आयो। जंगलमा दुइटा रूखबीच पर्दा टाँगेर एउटा चलचित्र देखाउने सुअवसर मैले पाएँ। प्रोजेक्टर चलाउन चाहिं नजीकैको नदीमा लंगर हालेर राखिएको मोटर बोटबाट विद्युत निकालियो। धेरैजसो श्रोताहरूले हेरेको पहिलो चलचित्र त्यही नै थियो।

त्यसको केही समयपछि म बेथेलमा सेवा गर्न फर्कें र लगत्तै अर्को वर्ष अर्थात्‌ सन्‌ १९५८ मा यहोवाका साक्षीहरूको न्यु योर्कमा सम्पन्‍न ऐतिहासिक अन्तरराष्ट्रिय सम्मेलन “ईश्‍वरीय इच्छा[मा]” भाग लिने सुअवसर मैले पाएँ। त्यस आठ-दिने अधिवेशनको अन्तिम दिन यांकी रंगशाला र नजीकैको पोलो मैदानमा भरिएका २,५३,९२२ मध्ये १२३ मुलुकहरूबाट आएका प्रतिनिधिहरू पनि थिए।

मेरो जीवनमा आएका परिवर्तनहरूमा रमाउँदै

बेथेल फर्केको केही समयमै मेरो परिचय क्लारा बर्नटसित भयो र सन्‌ १९५९ मार्च महिनामा हामी वैवा- हिक बन्धनमा बाँधियौं। हामी बहाई प्रान्तमा क्षेत्रीय कार्यको निम्ति खटाइयौं र त्यहाँ हामीले लगभग एक वर्ष सेवा गऱ्‍यौं। क्लारा र म आनन्दित हुँदै अझै पनि त्यहाँका भाइहरूको नम्रता, अतिथि सत्कार, जोश र प्रेम सम्झन्छौं। ती भाइहरू भौतिक कुराहरूमा गरिब थिए तर परमेश्‍वरको राज्य फलमा धनी थिए। त्यसपछि हामी साऊ पाऊलु प्रान्तमा सरुवा भयौं। त्यहाँ सन्‌ १९६० मा मेरी पत्नी गर्भवती भइन्‌ र हामीले पूर्ण-समय सेवकाई छाड्‌नु पऱ्‍यो।

हामीले मेरी पत्नीको जन्मथलो सान्त कातरीना प्रान्तमा बसोबास गर्ने निर्णय गऱ्‍यौं। हाम्रा पाँच छोराछोरीमध्ये सबैभन्दा जेठो छोरा गेर्जोन हो। उसको भाइ गील्सन सन्‌ १९६२ मा जन्म्यो, तेलीता सन्‌ १९६५ मा, तार्स्यो सन्‌ १९६९ मा र जानीसी सन्‌ १९७४ मा। तिनीहरूलाई “प्रभुको शिक्षा र चे[ता]उनीमा पालन-पोषण” गर्ने चुनौतीको सामना गर्न सकेकोमा हामी यहोवा र उहाँले प्रबन्ध गर्नुभएका राम्रा सल्लाहप्रति कृतज्ञ छौं।—एफिसी ६:४.

हाम्रा प्रत्येक छोराछोरीलाई हामी बहुमूल्य ठान्छौं। भजनरचयिताले हाम्रा अनुभूतिहरू दुरुस्तै व्यक्‍त गरेका छन्‌: “हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌।” (भजन १२७:३) ‘यहोवाले दिनुभएको’ कुनै पनि “हक[को]” राम्ररी हेरविचार गरेझैं उहाँको वचनमा पाइने निर्देशनहरूलाई ध्यानमा राख्दै समस्याहरूको बावजूद हामीले हाम्रा छोराछोरीको हेरविचार गरेका छौं। यसको इनाम पनि त्यतिकै पाएका छौं। पाँचै जनाले स्वेच्छासाथ पालैपालो यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिन बप्तिस्मा लिने इच्छा जाहेर गर्दा हामीले महसुस गरेको हर्ष अवर्णनीय छ।—उपदेशक १२:१.

हाम्रा छोराछोरीहरूको छनौट

गेर्जोनले डेटा प्रोसेसिङ कोर्स सिध्याउने बित्तिकै त्यसलाई पेशा बनाउनुको साटो पूर्ण-समय सेवकाई छानेर बेथेलमा सेवा गर्न चाहेको इच्छा जाहेर गर्दा हाम्रो हर्षको सीमा नाघ्यो। यद्यपि, गेर्जोनको लागि बेथेल जीवन सुरुमा त्यति सजिलो थिएन। बेथेल गएको चार महिना मात्र भएको बेला उसलाई भेटेर फर्कंदा उसको मलिन मुहार देखेर म ज्यादै विचलित भएँ। हामीले बाटोको मोड ननाघुञ्जेल उसले हामीलाई हेरिरहेको मैले हाम्रो गाडीको पछाडि हेर्ने ऐनामा देखें। मन थाम्न नसकेर गाडीलाई एकछिन बाटो छेउ लगाउनु पऱ्‍यो। अनि मात्रै घर फर्कन ७०० किलोमिटर लामो यात्रा थाल्यौं।

पछि गेर्जोन बेथेलमा रमाउन थाल्यो। त्यहाँ बसेको झन्डै छ वर्षपछि उसले हाइडी बेसरसित विवाह गऱ्‍यो र अरू दुइ वर्ष उनीहरूले बेथेलमा काम गरे। त्यसपछि हाइडी गर्भवती भइन्‌ र उनीहरूले बेथेल छाड्‌नु पऱ्‍यो। अहिले छ वर्ष पुगिसकेकी उनीहरूकी छोरी सीन्त्य परमेश्‍वरको राज्यसम्बन्धी क्रियाकलापहरूमा उनीहरूलाई साथ दिन्छे।

गेर्जोनलाई पहिलो चोटि बेथेलमा भेट्‌न गएको केही समय बित्दा नबित्दै गील्सनले पनि बेथेलमा सेवा गर्ने इच्छा व्यक्‍त गऱ्‍यो। व्यापार प्रशासनमा उसले भर्खरै मात्र प्रथम वर्ष पूरा गरेको थियो। बेथेलमा एक वर्ष सेवा गरिसकेपछि फेरि व्यापारसम्बन्धी आफ्नो शिक्षा जारी राख्ने योजना उसले गरेको थियो। तर योजना परिवर्तन गरेर ऊ बेथेल सेवामै लागिरह्‍यो। सन्‌ १९८८ मा उसले पूर्ण-समय सेविका अर्थात्‌ अग्रगामी भीभीयान गोङसालभीससित विवाह गऱ्‍यो। त्यसबेलादेखि उनीहरू एकसाथ बेथेलमा सेवा गरिरहेका छन्‌।

हाम्रो तेस्रो सन्तान तेलीताले ड्राफ्टिङ कोर्स पूरा गरिसकेपछि सन्‌ १९८६ मा अग्रगामी सेवा गर्ने छनौट गरी। तीन वर्षपछि उसले पनि बेथेलमा निम्तो पाई। अनि सन्‌ १९९१ मा उसले गत दश वर्षदेखि बेथेलमा सेवारत जुजे कोसीसित विवाह गरी। त्यहाँ उनीहरू विवाहित दम्पतीको रूपमा सेवा गरिरहेका छन्‌।

कान्छो छोरो तार्स्योले पनि हामीले तीन पटक सुनिसकेको “बुबा, म बेथेल जान चाहन्छु” भन्‍ने वाक्यांश दोहोऱ्‍याउँदा मेरी पत्नी र म फेरि हर्षित भयौं। उसको निवेदन स्वीकृत भयो र सन्‌ १९९१ मा उसले पनि बेथेल सेवा थाल्यो र सन्‌ १९९५ सम्म त्यहाँ बस्यो। यसप्रकार उसले आफ्नो जवानीको जोशलाई तीन वर्षभन्दा बढी समयसम्म यहोवाको राज्यसम्बन्धी कामकुराहरूलाई बढाउन प्रयोग गरेको देखेर हामी आनन्दित छौं।

सबैभन्दा कान्छी जानीसीले यहोवालाई सेवा गर्ने निर्णय गरेपछि १३ वर्षको उमेरमा बप्तिस्मा लिई। विद्यालयमा छउञ्जेल उसले लगभग एक वर्ष जति सहायक अग्रगामीको रूपमा सेवा गरी। अनि सेप्टेम्बर १, १९९३ मा उसले यो गास्पार शहरको हाम्रो मण्डलीमा नियमित अग्रगामीको रूपमा सेवा गर्न थाली।

सफलताको मार्ग

यहोवाको सेवामा परिवारलाई एकताबद्ध राख्न सक्नुको रहस्य के हो? यो कुनै जादु हो भन्‍ने विश्‍वास म गर्दिनँ। मसीही आमाबाबुले पालन गरोस्‌ भनेर यहोवाले आफ्नो वचनमा सल्लाहहरू दिनुभएको छ। त्यसैकारण हामीले प्राप्त गरेका आनन्दको श्रेय यहोवालाई जान्छ। हामीले उहाँका निर्देशनहरू मात्र पछ्याउन खोजेका हौं। (हितोपदेश २२:६) हाम्रा सबै छोराछोरीले मबाट ल्यातिन मनोभाव लिएका छन्‌ भने तिनीहरूकी आमाबाट व्यवहारिक जर्मन गुन लिएका छन्‌। तर सर्वमहत्त्वपूर्ण कुरा त तिनीहरूले हामीबाट आध्यात्मिक सम्पत्ति प्राप्त गरेका छन्‌।

हाम्रो घरेलु जीवन परमेश्‍वरको राज्यसम्बन्धी कामकुराहरूमा केन्द्रित छ। यी कामकुराहरूलाई प्राथमिकता दिनु सजिलो थिएन। उदाहरणका लागि, पारिवारिक बाइबल अध्ययन कायम राख्न हामीलाई सधैं धौ धौ पर्थ्यो। तर हामीले कहिल्यै हार मानेनौं। हाम्रा छोराछोरीलाई सानैदेखि मसीही मण्डलीलगायत सम्मेलन तथा अधिवेशनहरूमा लान्थ्यौं। बिरामी वा केही आकस्मिक कारणबाहेक कुनै पनि कुराले सभाहरूमा उपस्थित हुन हामीलाई रोकेन। यसको अतिरिक्‍त कलिलै उमेरमा छोराछोरीहरू हामीसँगसँगै मसीही सेवकाईमा जान थाले।

छोराछोरीहरू लगभग दश वर्षको हुँदा तिनीहरूले ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा भाषणहरू दिन थाले। हामीले तिनीहरूलाई पहिलो भाषण बनाउन मदत गऱ्‍यौं तर हस्तलिखित खेस्रा प्रयोग गर्नुको साटो टिपोटहरू प्रयोग गर्न प्रोत्साहित गर्थ्यौं। पछि प्रत्येकले आ-आफ्नो भाषण आफैले तयार गर्न थाले। अनि तिनीहरू १०/१२ वर्षको हुँदा प्रत्येकले सेवकाईमा पनि नियमित तवरमा भाग लिन थाले। तिनीहरूलाई थाह भएको एक मात्र जीवनपद्धति त्यही नै थियो।

मेरी पत्नी क्लाराले हाम्रा छोराछोरी हुर्काउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्‌। हाम्रा छोराछोरी सानै छँदा अर्थात्‌ स्पञ्जले जस्तै बालकले आफूलाई सिकाएको सबै कुरा सोस्नसक्ने उमेरका हुँदा क्लारा तिनीहरूको निम्ति हरेक रात बाइबल कथा पढ्‌थिन्‌ र प्रत्येकसित प्रार्थना गर्थिन्‌। तिनले प्रमोदवन गुमेदेखिन्‌ प्रमोदवन प्राप्त गरुञ्जेलसम्म (अंग्रेजी), महान्‌ शिक्षकलाई सुन्‍ने (अंग्रेजी) र बाइबलका कथाहरू भएको मेरो पुस्तक-को पूर्ण सदुपयोग गरिन्‌।a हामीले यहोवाका साक्षीहरूद्वारा निर्मित श्रव्य तथा दृश्‍य क्यासेट चक्काहरू उपलब्ध हुँदा ती प्रयोग गऱ्‍यौं।

मसीही आमाबाबुको रूपमा हाम्रो अनुभवले कुन कुरालाई पुष्टि गर्छ भने छोराछोरीलाई दिनहुँ ध्यान दिनु आवश्‍यक छ। स-साना केटाकेटीहरूका आधारभूत आवश्‍यकताहरूमध्ये प्रगाढ प्रेम, व्यक्‍तिगत चासो र प्रशस्त समय पनि पर्छन्‌। आफ्नो क्षमताले भ्याएसम्म यी आवश्‍यकताहरूलाई पूरा गर्नुलाई हामीले आमाबाबुको दायित्वको रूपमा मात्र लिएनौं तर यसो गरेर निकै आनन्द पनि उठायौं।

साँच्चै, भजन १२७:३-५ का शब्दहरू पूरा भएको देख्न पाउनु आमाबाबुको निम्ति ठूलो सन्तोकको कुरा हो: “हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो। वीर योद्धाको हातमा भएका काँड़झैं युवावस्थाका छोराहरू हुन्छन्‌। त्यो मानिस धन्यको हो, जसको ठोक्रो तिनले भरिएका हुन्छन्‌।” एकताबद्ध परिवारको रूपमा यहोवाको सेवा गर्न पाउँदा हामी साँच्चै रमाएका छौं!

[फुटनोट]

a सम्पूर्ण पुस्तकहरू वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ २६-मा भएको चित्र]

आन्तोन्यु सान्तोलेरी आफ्नो हालको परिवारसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने