प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १०/१५ पृ. ३
  • के मृत्युपछि जीवन छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मृत्युपछि जीवन छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जमानादेखिको प्रश्‍न
  • मृत्युबारे केही भ्रमहरूलाई नियाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मरेपछि हामीलाई के हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • “मृत्यु विजयमा निलियो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १०/१५ पृ. ३

के मृत्युपछि जीवन छ?

हजारौं वर्षदेखि यी दुइ प्रश्‍नहरूले मानिसजातिलाई अन्योलमा पारेका छन्‌: हामी किन बूढो भएर अन्ततः मर्नुपर्छ? मृत्युपछि पनि कुनै प्रकारको चेतनशील जीवन छ?

आधुनिक चिकित्सा विज्ञानका प्रभावकारी अनुसन्धानहरूले समेत यसको निश्‍चित वा चित्तबुझ्दो जवाफ दिन नसकेकाले गर्दा प्रथम प्रश्‍नले थुप्रै मानिसहरूलाई अन्योलमा पारेको छ।

दोस्रो प्रश्‍नको जवाफ विभिन्‍न छन्‌। तथापि, साधारणतया मृत्युपछि चेतनशील जीवन हुन्छ या हुँदैन भन्‍नेबारे जवाफहरूले व्यक्‍तिहरूलाई दुइ समूहमा विभक्‍त गर्छन्‌। एक समूहले मृत्युपछि चेतनशील जीवन छ भनेर सकारात्मक दृष्टिकोण राख्छ भने अर्को समूहले छैन भनी अटल विश्‍वास गर्छ। मानिसले आशा गर्नसक्ने कुरा नै तिनको छोटो जीवन अवधि हो भन्‍नुमा तिनीहरूको मनभित्र कुनै शंका छैन भनेर पछिल्लो समूहका अधिकांश व्यक्‍तिहरू बताउँछन्‌। यसको विरोधमा गरिएको कुनै पनि तर्कको अति सन्तोषजनक जवाफ यस्तो छ, “तर, हामीलाई बताउन कोही पनि फर्केर आएका छैनन्‌, होइन र?”

अन्य विरोधाभासपूर्ण प्रश्‍नहरूबारे जस्तै उपरोक्‍त विषयलाई पनि थुप्रै मानिसहरूले अहिलेसम्म निर्णय गरेका छैनन्‌। र कुनै तरिकामा त्यस विषय हल भएमा त्यसलाई स्वीकार्न तिनीहरू सधैं सहमत छन्‌ भनेर भन्छन्‌। तर सम्भवतः कतिपयले चाहिं यस कुरालाई हल्का ठान्दै यसरी जवाफ दिनेछन्‌, “जतिबेला पर्ला त्यतिबेला टर्ला!”

जमानादेखिको प्रश्‍न

पूर्वी निवासी, चिरपरिचित अय्यूबले मृत्युपछिको जीवनसम्बन्धी प्रारम्भिक प्रश्‍न लगभग ३,५०० वर्षअघि उठाएको थियो। दुःखकष्ट आइपर्दा देखाएको धीरजको लागि तिनी प्रख्यात छन्‌। अय्यूबले यसरी प्रश्‍न राखेका थिए: “तर मान्छे ता मरिहाल्छ, र लोप हुन्छ। मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ, र त्यो कहाँ हुन्छ? जसरी पोखरीको पानी बिस्तार बिस्तार घट्‌दैजान्छ, अथवा जसरी नदी घटेर सुकिहाल्छ, त्यसरीनै मरणशील मानिस ढल्छ, र कहिल्यै उठ्‌दैन, . . . कोही मानिस मऱ्‍यो भने के त्यो फेरि जीवित हुनसक्छ?”—अय्यूब १४:१०-१४.

मृत्युपछिको जीवनबारे जाँचपड्‌ताल गर्ने व्यक्‍ति अय्यूब मात्र थिएनन्‌। धर्म र नीतिशास्त्रको विश्‍वकोश-ले (अंग्रेजी) “मृतकको अवस्था” शीर्षकअन्तर्गत यस ज्ञानोद्दीपक जानकारीलाई प्रस्तुत गर्छ: “मानिसको मनभित्र मृत्युपछिको अवस्था जान्‍ने इच्छा जति गहिरो गढिएको छ, त्यति तिनको वर्तमान जीवनसित सम्बन्धित विषय गढिएको छैन। संसारको हरेक प्रान्तमा बसोबास गर्ने [स्थानीय मानिसहरूले] आत्मिक संसारको जीवन, विशेषताहरू, प्राकृतिक दृश्‍यबारे एकदमै स्पष्ट र जीवन्त धारणाहरू राखेका छन्‌। र यसले जीवनपछि के हुन्छ भनेर जान्‍ने मानिसहरूको तीव्र चाहनालाई संकेत गर्छ। मृतकहरूबारे व्याप्त डरले मृत अवस्थामा जीवन समाप्त भएको हुँदैन भन्‍ने अति पुरानो धारणालाई औंल्याउँछ। मृत्यु हुँदा सबै शक्‍ति सिद्धिएको थियो भनेर एकदमै स्पष्ट छ। तर के अरू शक्‍तिहरू सक्रिय थिएनन्‌ वा ती शक्‍तिहरू अस्पष्ट र रहस्यमय तरिकाहरूमा प्रकट हुनसक्ने थिएन र? सुरु सुरुमा चाहे मानिसहरूले शरीरबाट अलग हुने आत्मा, प्राण वा भूतबारे विश्‍वास गरून्‌ या नगरून्‌, तिनीहरू मृत्युपछि पनि कुनै न कुनै प्रकारको जीवित अवस्थामा हुन्छन्‌ भनेर विश्‍वास गर्ने हर कारण थियो जस्तो देखिन्छ।”

माथि उल्लिखित तीन समूहमध्ये तपाईं कुनै एउटासित सहमत हुनुहुन्छ होला: मृत्युपछि के हुन्छ भनेर अनिश्‍चित; मृत्युपछि पनि कुनै न कुनै प्रकारको जीवित अवस्था हुन्छ भनेर विश्‍वस्त; वा जीवन त्यति नै हो भनेर विश्‍वस्त। जे भए तापनि हामी तपाईंलाई यसपछिको लेख होशियारीपूर्वक विचार गर्न आमन्त्रित गर्छौं। मृत्युपछि आनन्दित जीवनको अद्‌भुत प्रत्याशाका साथै यो कसरी, कहाँ र कहिले हुनेछ भन्‍नेबारे तपाईंलाई विश्‍वस्त पार्ने बाइबलीय प्रमाण पाउनुहुन्छ कि, हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने