प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १२/१५ पृ. ३२
  • शान्त हृदयका फाइदाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्त हृदयका फाइदाहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १२/१५ पृ. ३२

शान्त हृदयका फाइदाहरू

अनियन्त्रित क्रोधले मानव शरीरमा हानिकारक प्रभाव पार्छ भनेर आधुनिक चिकित्सा विज्ञानले धेरैअघिदेखि थाह पाएको छ। सय वर्षअघि द जर्नल अफ दि अमेरिकन मेडिकल एसोशिएशन-ले (जामा) यसरी बतायो: “अत्यधिक क्रोधले गर्दा कुनै मानिसको मृत्यु हुन्छ र भनिन्छ, सम्भवतः तिनको मानसिक स्थितिले गर्दा उत्पन्‍न तनाउलाई थाम्नै नसक्ने कमजोर हृदय तिनको थियो। तिनको हृदयलाई कमजोर पार्ने यस्तो बौलाहा क्रोध बढ्‌दै बढ्‌दै पराकाष्ठामा पुगेपछि तिनको मृत्यु भएको हो भनेर सोच्ने कोही पनि देखिंदैन।”

उपरोक्‍त शब्दहरू परमेश्‍वरको वचन बाइबलका विद्यार्थीहरूका लागि नौलो कुरा होइन। जामा-ले रीसको खतराबारे बताउनुभन्दा लगभग २९ शताब्दीअघि राजा सुलेमान यसरी लेख्न प्रेरित भए: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” (हितोपदेश १४:३०) यी शब्दहरू आज पनि साँचो साबित हुन्छन्‌।

शान्त मिजास कायम गरेर हामी उच्च रक्‍तचाप, टाउको दुख्ने र श्‍वासप्रश्‍वाससम्बन्धी समस्याहरूजस्ता तनाउसित सम्बन्धित बिमारीहरूबाट प्रायजसो जोगिन्छौं। तथापि, ‘रिसाउन छोड्यौं र क्रोधलाई त्याग्न‘ प्रयत्न गऱ्‍यौं भने स्वास्थ्य लाभ गर्नुबाहेक अरूसितको हाम्रो सम्बन्ध सुध्रिन्छ। (भजन ३७:८) येशूको नम्र मिजास र मानिसहरूप्रति उहाँको हार्दिक चासोले गर्दा मानिसहरू उहाँप्रति स्वाभाविकतः आकृष्ट भए। (मर्कूस ६:३१-३४) त्यस्तैप्रकार, हामीले पनि शान्त हृदयको खेती गऱ्‍यौं भने अरूको निम्ति स्फूर्तिको स्रोत हुनेछौं।—मत्ती ११:२८-३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने