प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 २/१५ पृ. ३-४
  • अत्यधिक दुःखकष्ट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अत्यधिक दुःखकष्ट
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘दुःख र पीडादायी कुराहरूले’ व्याप्त
  • परमेश्‍वरकै उद्देश्‍यमध्येका?
  • जब दुःखकष्ट हुनेछैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 २/१५ पृ. ३-४

अत्यधिक दुःखकष्ट

“व्यक्‍तिगत र सामूहिक तवरमा किन यति विघ्न दुःखकष्ट . . . ? परमेश्‍वरसित त सबै कुराको उद्देश्‍य हुनुपर्ने हो। तैपनि यस संसारमा निरर्थक कुराहरू थुप्रै हुनुका साथै अर्थहीन कष्ट र पाप अचाक्ली छ। निशेले दोष लगाएजस्तै परमेश्‍वर तानाशाह, धोकेबाज, ठग र हत्यारा पो हुनुहुन्छ कि?”—हान्स कुङद्वारा लिखित मसीहीको हैसियतमा (अंग्रेजी)।

सर्वशक्‍तिमान्‌ मायालु परमेश्‍वरले किन यति धेरै दुःखकष्ट रहन दिनुभएको? भनेर थुप्रै मानिसहरू अन्योलमा पर्छन्‌। यही कुरा क्याथोलिक धर्मविद्‌ हान्स कुङले माथि प्रस्तुत गरिरहेको तपाईं देख्नसक्नुहुन्छ। मानिसहरूले त्यस्तो प्रश्‍न गरेको के तपाईंले सुन्‍नुभएको छैन र? कुङले “रगत, पसिना र आँसुको अविरल धारा अनि पीडा, दुःख, डर, एकाकीपन र मृत्युको कहिल्यै नटुंगिने ताँती” भनी वर्णन गरेको कुरामा कुनै पनि सहानुभूतिशील व्यक्‍ति शोकाकुल हुन्छन्‌।” वास्तवमा, यो त्रास र वेदनाको घनघोर वर्षा तथा भेल नै हो। यसले इतिहासभरि नै लाखौं मानिसहरूको जीवनलाई तहसनहस पारेको छ।—अय्यूब १४:१.

‘दुःख र पीडादायी कुराहरूले’ व्याप्त

युद्धले गर्दा हुने दुःखकष्टबारे सोच्नुहोस्‌। त्यसमा सताइने र मारिनेहरूले मात्र पीडा भोग्दैनन्‌ तर त्यसले तिनीहरूका आमाबाबु र आफन्तहरूलाई पनि शोकित बनाउँछ। हालसालैको कुरो हो, “गत दश वर्षभित्र १५ लाख केटाकेटीहरू सशस्त्र झगडाहरूमा मारिए” भनेर रेड क्रसले बतायो। रूवाण्डामा भएको घटनाबारे १९९४ मा रेड क्रसको प्रतिवेदनअनुसार “लाखौं पुरुष, स्त्री तथा केटाकेटीहरू निर्दयतासाथ र नियोजित ढंगमा मारिएका थिए।”

बाल यौन दुर्व्यवहारले गर्दा हुने पीडालाई पनि हामीले बिर्सनु हुँदैन। बच्चाहरूको रेखदेख गर्नेले आफ्नो छोरासित दुर्व्यवहार गरेपछि छोराले आत्महत्या गऱ्‍यो भनेर बताउँदै एउटी आमाले यसरी भनिन्‌: “मेरो छोरालाई दुर्व्यवहार गर्ने व्यक्‍तिले . . . कल्पनै गर्न नसकिने अति व्यवस्थित ढंगमा मेरो छोराको र अरू थुप्रै केटाहरूको जीवन बरबाद गऱ्‍यो।” निर्दयी हत्याराहरू वा एकपछि अर्को हत्या गर्ने हत्याराहरूले गरेका हत्याहरूको कारण हुने पीडादायी अनुभवलाई पनि विचार गर्नुहोस्‌। त्यस्तै हत्यारालाई बेलाइतमा पक्रिएको थियो, जसले “२५ वर्षसम्म गिरफ्तार नभई अपहरण, बलात्कार, हत्या गरेको र सताएको थियो।” इतिहासभरि नै पुरुष र स्त्रीहरूले एकअर्कालाई कत्ति पीडा तथा कष्ट दिए, त्यसको सीमा नभएजस्तो देखिन्छ।—उपदेशक ४:१-३.

त्यसबाहेक, भावनात्मक तथा शारीरिक रोगको कारण र अकालमै प्रियजनहरूको मृत्यु हुँदा परिवारलाई पिरोल्ने असह्‍य सन्तापले गर्दा पनि दुःखकष्ट आइपर्छ। अनिकाल वा प्राकृतिक प्रकोप भनौंदाहरूले गर्दा पनि दुःख ओइरिन्छ। हाम्रो ७० वा ८० वर्षको आयु ‘दुःख र पीडादायी कुराहरूले’ व्याप्त भएको छ भनेर कमै मानिसहरू मात्र मोशाको भनाइसित असहमत होलान्‌।—भजन ९०:१०.

परमेश्‍वरकै उद्देश्‍यमध्येका?

कोही कोहीले दाबा गरेझैं निरन्तर भइरहने यी दुःखकष्ट परमेश्‍वरकै बुझ्न नसकिने उद्देश्‍यको भाग हुन्‌ त? ‘अर्को संसारमा’ जीवन कस्तो होला भनेर महसुस गर्न के हामीले अहिल्यै कष्ट भोग्नुपर्छ? “आत्मिक जीवन पाउनको लागि हामीलाई मार्ने र कुहाउने दुःखकष्ट त मानिसजातिले भोग्नैपर्छ” भनेर फ्रान्सका दार्शनिक टेयार डे शार्डनले गरेको विश्‍वास के साँचो हो? (द रिलीजियन अफ टिल्हार्ड डे चार्डिनको धर्म; तेर्सो अक्षर हाम्रो) पटक्कै होइन!

के अरूको ख्याल गर्नुहुने सृजनहारले यस्तो घातक वातावरण बनाउनुहुन्थ्यो अनि त्यसका असरहरूबाट मुक्‍त गराउनुभएर आफूलाई दयालु भनी दाबी गर्नुहुन्थ्यो? अहँ, गर्नुहुन्थेन! मायालु परमेश्‍वरले यस्तो दुःख किन पो दिनुहुन्थ्यो र? त्यसोभए, परमेश्‍वरले किन दुःखकष्ट रहने अनुमति दिनुहुन्छ? के दुःखकष्टको अन्त हुनेछ? यी प्रश्‍नहरूबारे अर्को लेखमा छलफल गरिनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

पी. अल्मासीको डब्लू एच ओ तस्बीर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने