प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ३/१ पृ. ३
  • कट्टरपन्थको विस्तार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कट्टरपन्थको विस्तार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • कट्टरपन्थ—यो के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उत्तम मार्ग
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • धर्म असल वा खराब प्रभाव?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • के धर्म मानव समस्याहरूको जड हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ३/१ पृ. ३

कट्टरपन्थको विस्तार

कट्टरपन्थ—यो केही दशकअघिसम्म प्रोटेस्टेन्टवादबीच हुने सानोतिनो गुटबन्दी मात्र थियो। तर अहिले कुरा धेरै फरक भइसक्यो! यस २० औं शताब्दीमा आमसञ्चार माध्यम तथा विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले कट्टरपन्थबारेa यति अचाक्ली ध्यान देलान्‌ भनेर ३० वर्षअघि थोरैले मात्र सोचेका थिए होलान्‌ भनी धर्मसम्बन्धी टिप्पणीकार ब्रूस बि. लरेन्सले लेखे।

तर, कुरा त्यस्तै भएको छ। अखबारहरूमा रिपोर्ट गरिने हिंसात्मक जुलुसहरू, हत्या, गर्भपात विरुद्ध आन्दोलनहरू, धर्मको लागि राजनीतिको सहायता लिने जनजागरण समूहहरू, निन्दनीय ठानिने पुस्तकहरू सार्वजनिक रूपमा जलाउने जस्ता घटनाहरू पढ्‌छौं। यी घटनाहरू प्रायः कट्टरपन्थीहरूले नै उस्काएका हुन्छन्‌। इटालीमा वित्तसम्बन्धी साप्ताहिक अखबार मोन्डो आकोनोमेको-अनुसार कट्टरपन्थीहरूले जताततै “धर्मको नाउँमा दंगाफसाद मच्चाइरहेका छन्‌।”

कट्टरपन्थीहरूलाई अक्सर उग्र, रूढिवादी, षड्यन्त्रकारी र आतंककारी आक्रमण गर्ने मानिसहरू भनी चित्रित गरिन्छ। रोमन क्याथोलिकमा कोम्युन्योना अ लेर्बाटस्योना, यहूदी धर्ममा गुश इम्युनेम र उत्तर अमेरिकी प्रोटेस्टेन्टवादमा क्रिश्‍चियन कोयलिशनजस्ता समूहहरूको जगजगीले गर्दा मानिसहरू भयभीत हुन थालेका छन्‌। कट्टरपन्थ किन यसरी फैलिंदैछ? कुन कुराले यसलाई उस्काउँछ? फ्रान्सिसी समाजशास्त्री झें केपेलले भनेझैं यो “परमेश्‍वरले बदला” लिने तरिका पो हो कि?

[फुटनोट]

a कट्टरपन्थी भनेको त्यस्ता रूढिवादी मानिसहरू हुन्‌ जसले पराम्परादेखि मानिदै आएको चलनहरू जस्ताको तस्तै मान्‍नैपर्छ भन्‍ने विचार राख्छन्‌। “कट्टरपन्थको” अर्थ अर्को लेखमा अझ बढी छलफल गरिनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Nina Berman/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने