विश्व खाद्य सुरक्षाको ग्यारेन्टी—कहाँबाट?
वाशिंगटन, डि.सी.-स्थित वर्ल्डवच संस्थाका अध्यक्ष लेस्टर ब्राउनले यस्तो दाबी गरे: “हामीले भरमग्दूर प्रयास गरे तापनि यस शताब्दीको अधिकांश भागमा जस्तै प्रशस्त खाना चाहिं सञ्चय गर्न नसकिएला।” न्यु साइनटिष्ट पत्रिकाअनुसार १९९५ को सुरुतिर विश्व खाद्य भण्डारमा अहिलेसम्मको तथ्यांकअनुसार एकदमै कम मात्र सञ्चय भयो। अन्नको सञ्चय सबैभन्दा कम २५५ लाख टन पुग्यो। विश्वलाई यो ४८ दिनको लागि मात्र पुग्छ। विगतका वर्षहरूमा ६० दिनको लागि मात्र पुग्ने गरी सञ्चय घट्दा हर्जाना गर्न सकिन्थ्यो। तर अहिले वर्ल्डवच पृथ्वीले क्षतिपूर्ति गर्नसक्छ कि सक्दैन भन्नेबारे शंका व्यक्त गर्छ।
तीन वर्षको नराम्रो फसल र धेरै विकासशील राष्ट्रहरूले आफ्नो वस्तुभाउको लागि अन्न चलाएको कारण आधारभूत खानाको रूपमा अन्न चाहिने गरिबहरूको निम्ति पर्याप्त छैन। यस कुरामा तुरुन्तै ध्यान दिइएन भने आफ्नो आम्दानीको ७० प्रतिशत अन्नमा खर्च गर्ने मानिसहरू भोकै पर्नसक्छन् भनी न्यु साइनटिष्ट-ले चेताउनी दिन्छ।
हाम्रो समयमा संसारका मानिसहरूले “अनिकाल” भोग्नेछन् भनी बाइबलले भविष्यवाणी गरेको थियो। (लूका २१:११) तैपनि परमेश्वरले यी समस्याहरूको वास्तै नगर्नुभएको चाहिं होइन। निस्सन्देह, मानिसजातिको अवस्थाबारे उहाँ चासो राख्नुहुन्छ भन्ने कुरा उहाँको राज्यले यस संसारमा शासन गर्न थालेपछि प्रमाणित हुनेछ। त्यतिबेला “पृथ्वीले आफ्नो उब्जनी” बढाउनेछ। “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ।” (भजन ६७:६; ७२:१६) अनि सृष्टिकर्ताबारे गरिएका यी भविष्यसूचक शब्दहरू पूरा हुनेछन्: “पृथ्वीको हेरचाह गरेर . . . तपाईंले त्यसलाई ज्यादै फलिफाप तुल्याउनुहुन्छ, . . . तपाईंले मानिसहरूलाई अन्न जुटाईदिनुहुन्छ।”—भजन ६५:९, १३.
के तपाईंलाई यो अद्भुत प्रतिज्ञा मनमोहक लागेन? के तपाईं यसमा कसरी सहभागी हुने भनी जान्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, यहोवाका साक्षीहरू अर्को पटक तपाईंको घरमा आउँदा प्रतिज्ञा गरिएको यस प्रमोदवनबारे बताउन आग्रह गर्नुहोस्। निश्शुल्क गृह बाइबल अध्ययन गर्नको निम्ति कोही तपाईंको घर आएको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58, Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
इनसेट: Pictorial Archive (Near Eastern History) Est.