प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१ पृ. २४-२७
  • मानव कमजोरीले यहोवाको शक्‍तिको प्रशंसा गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानव कमजोरीले यहोवाको शक्‍तिको प्रशंसा गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परीक्षाहरूको सामना गर्ने
  • असिद्धताहरूको सामना गर्ने
  • प्रचार गर्ने शक्‍ति
  • “शरीरमा एक किसिमको छेस्को” सहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के तपाईंको “शरीरमा एक किसिमको छेस्को” छ?
    हाम्रो राज्य सेवकाई—१९९८
  • पावलको ‘शरीरको छेस्को’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • के परमेश्‍वर मेरो मित्र रहिरहनु हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१ पृ. २४-२७

मानव कमजोरीले यहोवाको शक्‍तिको प्रशंसा गर्छ

“सबैले मलाई असाध्यै आनन्दित र प्रफुल्लित पूर्ण-समय सेवक भन्ठान्थे। अरूलाई समस्या पर्दा मदत गर्न अघि सर्ने व्यक्‍ति पनि म नै हुन्थें। तर, मलाई आफू भित्र भित्रै मरिरहेछु जस्तो लाग्थ्यो। म बेचैन थिएँ र मानसिक वेदनाले म मर्माहन्त भएकी थिएँ। मलाई आफू मानिसहरूबाट टाढिंदै छु जस्तो लाग्न थालेको थियो। मलाई हर बखत घरैमा मात्र बसिरहन मन लाग्थ्यो। महिनौंसम्म मैले यहोवासित मर्न पाए पनि हुन्थ्यो भनेर प्रार्थना गरें।”—भनेसा.

अहिले “डरलाग्दो समय[को]” चपेटामा परेको हुँदा माथि उल्लेख गरिएझैं यहोवाका सेवकहरूले पनि कहिलेकाहीं यस्तै महसुस गर्नु असामान्य होइन। (२ तिमोथी ३:१) कसै कसैले हरेस पनि खानसक्छन्‌। (फिलिप्पी २:२५-२७) लामो समयसम्म नैराश्‍य छायो भने त्यसले हाम्रो शक्‍ति हर्नसक्छ र यसबारे बाइबल यसो भन्छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश २४:१०) हो, हतोत्साही हुँदा हामीलाई शक्‍ति चाहिन्छ र प्रेरित पावलले भनेझैं हामीलाई कहिलेकाहीं “असामान्य शक्‍ति” चाहिएको हुनसक्छ।—२ कोरिन्थी ४:७, NW.

यहोवा परमेश्‍वर असीमित शक्‍तिको स्रोत हुनुहुन्छ। उहाँको सृष्टिलाई नियाल्दा यो प्रस्टै देखिन्छ। (रोमी १:२०) उदाहरणका लागि सूर्यलाई विचार गर्नुहोस्‌। पृथ्वीले सूर्यबाट निरन्तर प्रवाह हुने २४ सय खरब हर्शपावर सोसेर लिन्छ। यद्यपि, यो संख्या सूर्यले उत्पन्‍न गर्ने उर्जाको दुइ अरब भागको एक भाग मात्र हो। यसबाहेक सूर्यभन्दा धेरै गुना ठूला ताराहरू पनि छन्‌। यी ठूलठूला ताराहरूमध्ये एउटा रिजेल पनि हो। मृगशिरा नक्षत्रमा पर्ने यो तारा सूर्यभन्दा ५० गुना ठूलो छ र यसले सूर्यको भन्दा १,५०,००० गुना बढी उर्जा उत्पन्‍न गर्छ!

यस्ता आकाशीय उर्जाका स्रोतहरूको सृष्टिकर्तासित पक्कै पनि “शक्‍ति[मा] बड़प्पन” हुनुपर्छ। (यशैया ४०:२६; भजन ८:३, ४) त्यसैकारण अगमवक्‍ता यशैयाले यहोवा “नता दुर्बल, न थकित हुनुहुन्छ,” भने। यसबाहेक मानव असिद्धताले गर्दा थकित महसुस गरिरहेकाहरूसित आफ्नो शक्‍ति बाँड्‌न पनि परमेश्‍वर इच्छुक हुनुहुन्छ। (यशैया ४०:२८, २९) तर उहाँले यो कसरी गर्नुहुन्छ, त्यो मसीही प्रेरित पावलसित उहाँले गर्नुभएको व्यवहारबाट प्रस्ट हुन्छ।

परीक्षाहरूको सामना गर्ने

आफूले भोग्नुपरेका अवरोधहरूबारे पावलले मसीहीहरूलाई बताए। तिनले त्यसलाई “शरीरमा एक किसिमको छेस्को” भने। (२ कोरिन्थी १२:७) यो “छेस्को” शायद, राम्ररी आँखा नदेख्ने स्वास्थ्य समस्या हुनसक्छ। (गलाती ४:१५; ६:११) अथवा तिनी प्रेरित हुन योग्य छन्‌ कि छैनन्‌ र तिनको कामप्रति शंका गर्ने झूटा प्रेरितहरू र अन्य अवरोधकहरूलाई पनि पावलले संकेत गरिरहेका हुनसक्छन्‌। (२ कोरिन्थी ११:५, ६, १२-१५; गलाती १:६-९; ५:१२) जे होस्‌, यो “शरीरमा एक किसिमको छेस्को[ले]” गर्दा पावल निकै निरुत्साही भएका थिए र त्यो हटोस्‌ भनेर तिनले लगातार प्रार्थना गरिरहेका थिए।—२ कोरिन्थी १२:८.

तर यहोवाले पावलको आग्रह सुन्‍नु भएन। बरु उहाँले पावललाई “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ,” भन्‍नुभयो। (२ कोरिन्थी १२:९) यहोवाले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? भनौं भने, पावलले मसीहीहरूलाई बितेको समयमा सताएका थिए। यसलाई विचार गर्ने हो भने, तिनले प्रेरितको रूपमा सेवा गर्न पाइनु त परै जाओस्‌ परमेश्‍वरलाई चिन्‍न पाउनु नै उहाँको अनुग्रह थियो!a (जकरिया २:८; प्रकाश १६:५, ६ तुलना गर्नुहोस्‌।) यहोवाले पावललाई चेला हुने विशेषाधिकार पाउनु नै “प्रशस्त” थियो भन्‍न खोज्नुभएको हुनसक्छ। तिनले जीवनमा आइपरेका व्यक्‍तिगत समस्याहरूको चमत्कारी समाधान पाउने थिएनन्‌। वास्तवमा, थप विशेषाधिकारले गर्दा पनि कुनै कुनै कठिनाइ भोग्नुपरेको हुनसक्छ। (२ कोरिन्थी ११:२४-२७; २ तिमोथी ३:१२) जेसुकै होस्‌, पावलले “शरीरमा एक किसिमको छेस्को” सहनुपऱ्‍यो।

यसको अर्थ यहोवाले पावललाई टिठाउनु नभएको वा त्याग्नुभएको कदापि होइन। तर उहाँले तिनलाई यसो भन्‍नुभयो: “मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।” (२ कोरिन्थी १२:९) हो, यहोवाले पावललाई त्यस्तो परिस्थितिको सामना गर्न मायालु ढंगले शक्‍ति दिनुहुने थियो। यसरी पावलको “शरीरमा एक किसिमको छेस्को” तिनको निम्ति व्यवहारिक पाठ साबित भयो। यसले तिनलाई आफ्नो होइन तर परमेश्‍वरको शक्‍तिमा भर पर्न सिकायो। पावलले पक्कै पनि यो पाठ राम्ररी सिकेको हुनुपर्छ किनकि केही वर्षपछि तिनले फिलिप्पीहरूलाई यसो लेखे: “जुनसुकै परिस्थितिमा म भएँ पनि त्यसैमा सन्तुष्ट रहन मैले सिकेको छु। जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:११, १३.

तपाईंबारे नि? के तपाईंले पनि “शरीरमा एक किसिमको छेस्को” अर्थात्‌ शायद कुनै बिमारी सहनुपरेको वा तपाईंलाई कुनै समस्याले निकै पिरोलिरहेको पो छ कि? छ भने हरेस नखानुहोस्‌। यहोवाले त्यो समस्यालाई चमत्कारी ढंगमा त हटाउनु हुन्‍न होला तैपनि तपाईंले जीवनमा परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिनुभयो भने उहाँले तपाईंलाई उक्‍त समस्याको सामना गर्ने बल तथा बुद्धि दिनुहुनेछ।—मत्ती ६:३३.

बिमारी या वृद्धावस्थाले गर्दा तपाईं पहिले जत्तिकै मसीही कामकुरामा लाग्न सक्नुहुन्‍न भने हतास नहुनुहोस्‌। परीक्षाले गर्दा यहोवाको सेवा गर्न सकिनँ भन्‍नुको साटो यो परीक्षाले गर्दा परमेश्‍वरमा अझै भरपर्ने मौका पाएको छु भन्‍ने सकारात्मक दृष्टिकोण राख्नुहोस्‌। नबिर्सनुस्‌, मसीही हुनुको मोल कसले कत्ति सेवा गर्नसक्छ, त्यसले होइन तर विश्‍वास र प्रेमको गहिराइद्वारा नापिन्छ। (मर्कूस १२:४१-४४ तुलना गर्नुहोस्‌।) आफ्नो सारा प्राणले यहोवालाई प्रेम गर्नुको अर्थ अरूको क्षमताअनुसार होइन तर आफ्नो क्षमताले भ्याएजति उहाँको सेवा गर्नु हो।—मत्ती २२:३७; गलाती ६:४, ५.

प्रिय जनको मृत्युजस्तो व्याकुल पार्ने परिस्थिति नै तपाईंको निम्ति “शरीरमा एक किसिमको छेस्को” साबित भएको छ भने बाइबलको यो सल्लाहअनुसार चल्नुहोस्‌: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) सिल्भिया नाउँ गरेकी मसीही बहिनीले त्यसै गरिन्‌। विवाह गरेको ५० वर्षपछि तिनको पतिको मृत्यु भयो। त्यसको केही वर्षभित्रै दुइ कलिला नातिनातिनाहरूसमेत परिवारका अन्य नौ जनाको पनि मृत्यु भयो। तिनी भन्छिन्‌, “यहोवा नहुनुभएको भए म असाध्यै शोक गर्ने थिएँ। तर म प्रार्थना गरेर निकै सान्त्वना पाउँछु। अटुट रूपले म साँच्चै यहोवासित कुरा गर्छु। यस्तो परिस्थितिमा सहनसक्ने शक्‍ति उहाँले दिनुहुन्छ भनेर मलाई थाह छ।”

शोकितहरूलाई “सबै सान्त्वनाका परमेश्‍वर[ले]” सहनसक्ने शक्‍ति दिनुहुन्छ भनेर थाह पाउनु कत्ति आश्‍वासनदायी छ! (२ कोरिन्थी १:३; १ थिस्सलोनिकी ४:१३) यसलाई विचार गर्दा पावल किन त्यस्तो निष्कर्षमा आए हामी बुझ्नसक्छौं। तिनले यसो लेखे: “यसकारण ख्रीष्टको निम्ति दुर्बलताहरूमा, हानिहरूमा, दरकारहरूमा, खेदोहरूमा, आपत्‌हरूमा म खुशी हुन्छु, किनभने दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।”—२ कोरिन्थी १२:१०.

असिद्धताहरूको सामना गर्ने

प्रथम आमाबाबुबाट हामी सबैले असिद्धता पाएका छौं। (रोमी ५:१२) फलतः हामीले सधैं पतित शरीरका अभिलाषाहरूसित संघर्ष गर्नुपर्ने हुन्छ। “पुरानो मानिस[का]” गुनहरूले हामीले सोचेभन्दा बलियो जरा गाडेका हुँदा रहेछन्‌ भनेर थाह पाउनु साँच्चै कम निराशाजनक छैन! (एफिसी ४:२२-२४) शायद त्यस्तो बेला हामीलाई प्रेरित पावललाई जस्तै महसुस हुँदो हो, जसले यसो लेखे: “किनकि म मेरो अन्तस्करणले परमेश्‍वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।”—रोमी ७:२२, २३.

यहाँ पनि हामी यहोवाको शक्‍ति माग्नसक्छौं। व्यक्‍तिगत कमजोरीसँग संघर्ष गर्नुपर्दा कहिल्यै उहाँलाई प्रार्थना गर्न नछाड्‌नुहोस्‌। बरु जोडतोडका साथ उहाँसित माफ मागेर जति नै पटक आफ्नो समस्याबारे बिन्ती गर्नुपरे पनि गर्नुहोस्‌। त्यसो गर्नुभयो भने, आफ्नो अपार करुणाका कारण यहोवाले तपाईंलाई सफा अन्तस्करण दिनुहुनेछ। किनकि उहाँ “मनको इच्छा . . . जाँच” गर्न सक्नुहुन्छ र तपाईं कतिसम्म इमानदार हुनुहुन्छ भनेर देख्न सक्नुहुन्छ। (हितोपदेश २१:२) आफ्नो पवित्र आत्माद्वारा यहोवाले तपाईंलाई आफ्ना शारीरिक कमजोरीसित फेरि जुझ्ने शक्‍ति दिन सक्नुहुन्छ।—लूका ११:१३.

अरूका असिद्धताहरूसित व्यवहार गर्नुपर्दा पनि हामीलाई यहोवाको शक्‍ति चाहिन्छ। उदाहरणका लागि, कुनै सँगी मसीहीले ‘विचारै नपुऱ्‍याइ तरवारझैं तीखो’ वचन बोली देला। (हितोपदेश १२:१८, NW) त्यस्तो वचनले हामीलाई गहिरो चोट पुऱ्‍याउनसक्छ। त्यसमाथि, हामीलाई अरूभन्दा समझदार लागेको व्यक्‍तिले त्यस्तो वचन बोलेको हो भने, चोट झनै गहिरो हुनसक्छ। हामी अति नै विचलित होऔंला। कतिले त्यस्तो स्थितिलाई बहाना बनाएर यहोवालाई नै त्याग्ने गम्भीर भूल गरेका छन्‌!

तथापि, सन्तुलित दृष्टिकोणले हामीलाई अरूका कमजोरीहरूलाई उचित दृष्टिकोणले हेर्न मदत गर्छ। हामी असिद्ध मानिसहरूबाट सिद्धताको माग कदापि गर्न सक्दैनौं। अनि बुद्धिमान्‌ मानिस सुलेमानकै शब्दमा भन्‍ने हो भने, “कुन चाहिं मानिस पापरहित होला र।” (१ राजा ८:४६) वफादार भएर यहोवाको सेवामा झन्डै सात दशक बिताइसकेका अभिषिक्‍त जन आर्थरले आफूले देखेको कुरा यसरी भने: “सँगी सेवकहरूको कमजोरीहरूले यहोवाप्रतिको हाम्रो निष्ठा प्रमाणित गर्ने मौका दिन्छ, हाम्रो मसीही स्वभाव कस्तो छ, त्यसको जाँच गर्छ। यदि हामी मानिसले भने वा बोलेका कुराहरूले गर्दा यहोवाको सेवामै बाधा पुग्न दिन्छौं भने हामी यहोवाको होइन, मानिसहरूको सेवा गरिरहेका छौं। अनि अर्को कुरा हाम्रा भाइहरू आखिर यहोवालाई माया गर्नेहरू नै हुन्‌। हामीले राम्रो पक्ष हेर्न थाल्यौं भने चाँडै तिनीहरू आफूले सोचेजति खराब रहेनछन्‌ भन्‍ने देखिहाल्छौं।”

प्रचार गर्ने शक्‍ति

स्वर्ग उक्लिनुअघि येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।’ ”—प्रेरित १:८.

येशूले भन्‍नुभएजस्तै आज यहोवाका साक्षीहरूले सारा संसारभरि २३३ मुलुकहरूमा यो काम गरिरहेका छन्‌। सामूहिक तवरमा तिनीहरू अरूलाई यहोवाको ज्ञान लिने मदत दिन वर्षेनी एक अरब घण्टाभन्दा धेरै समय बिताउँछन्‌। यसरी मानिसहरूलाई मदत गर्नु सधैं सजिलो हुँदैन। कतिपय मुलुकहरूमा राज्य प्रचार गर्न प्रतिबन्ध लगाइएको हुन्छ। प्रचार गर्ने काम कसले गरिरहेको छ, त्यो पनि सम्झनुहोस्‌। कमजोर, असिद्ध मानिसहरू जसका आफ्नै समस्या अनि चिन्ताहरू छन्‌। तर यसो भए तापनि काम चलिरहेको छ र बितेका तीन वर्षभित्र दश लाखभन्दा धेरै मानिसहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेको पानीद्वारा बप्तिस्मा लिएर देखाएका छन्‌। (मत्ती २८:१८-२०) निस्सन्देह, परमेश्‍वरको शक्‍तिबिना यो हुनसक्दैन। त्यसैकारण, यहोवा आफैले अगमवक्‍ता जकरिया मार्फत यसो भन्‍नुभयो: “नता बलले, न शक्‍तिले, तर मेरो आत्माले।”—जकरिया ४:६.

यदि तपाईं सुसमाचारको प्रचारक हुनुहुन्छ भने चाहे तपाईंले दिइरहनुभएको योगदान जति नै कम किन नदेखियोस्‌, त्यस महत्त्वपूर्ण काममा तपाईंको पनि योगदान छ। तपाईंले ‘छेस्कोहरू’ सहनु परे तापनि यहोवाले तपाईंको “काम र उहाँको नाउँतर्फ देखाएको” प्रेम कहिल्यै भुल्नु हुनेछैन भनेर ढुक्क हुनुहोस्‌। (हिब्रू ६:१०) अतः सबै शक्‍तिहरूको स्रोतको सहारा लिइरहनुहोस्‌। नबिर्सनुहोस्‌, यहोवाको शक्‍तिले मात्र हामी हर कुरा सहनसक्छौं। किनकि हाम्रै कमजोरीहरूले उहाँको शक्‍ति सिद्ध साबित हुन्छ।

[फुटनोट]

a “सबैले पाप गरेका . . . र परमेश्‍वरको महिमारहित हुनगएका[ले]” उहाँलाई चिन्‍न पाउनु नै प्रत्येक मानिसको लागि परमेश्‍वरले देखाउनुभएको अनुग्रह हो।—रोमी ३:२३.

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाको शक्‍तिले गर्दा मात्र यति बिघ्न प्रचार कार्य पूरा गर्न सकिरहेको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने