प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१ पृ. ३०
  • पुस्तक, पुस्तक, पुस्तक!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुस्तक, पुस्तक, पुस्तक!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१ पृ. ३०

पुस्तक, पुस्तक, पुस्तक!

पुरातन समयका बुद्धिमान्‌ राजा सुलेमानले यसो लेखे: “पुस्तकहरूको उपयोगको केही अन्त छैन।” (उपदेशक १२:१२) औसतनमा लिंदा बेलाइतमा सन्‌ १९९५ को दौडान ५८० व्यक्‍तिको लागि एउटा पुस्तक प्रकाशित हुन्थ्यो। यसले बेलाइतलाई विश्‍वकै सबैभन्दा बढी पुस्तक प्रकाशित गर्ने देश बनायो। सबैभन्दा धेरै जनसंख्या भएको चीन बेलाइतपछि दोस्रो स्थानमा आयो। बेलाइतमा प्रकाशित भएको ९५,०१५ पुस्तकको दाँजोमा चीनमा ९२,९७२ पुस्तक प्रकाशित भयो। त्यसपछि क्रमशः जर्मनी (६७,२०६), संयुक्‍त राज्य (४९,२७६) अनि फ्रान्स (४१,२३४) आयो। “बेलाइत यसरी सबैभन्दा धेरै पुस्तक प्रकाशित गर्ने देश हुनुको मुख्य कारण त अंग्रेजी भाषाले गर्दा हो,” भनी लण्डनको अखबार द डेलि टेलिग्राफ-ले बताउँछ।

प्रतिवेदनहरूअनुसार पुस्तकको व्यापार केही वर्ष यता घट्‌दै गइरहेको छ र अहिले बेलाइतमा केवल ८० प्रतिशत वयस्कहरूले वर्षको एक दुइटा पुस्तक किन्छन्‌। तर के मानिसहरूले किने जति सबै पुस्तक पढ्‌छन्‌ त?

अहिलेसम्म पनि सबैभन्दा धेरै वितरण हुने र पढिने पुस्तक बाइबल हो। यसको हाल आंशिक वा पूरा भाग २,१२० भन्दा बढी भाषाहरूमा उपलब्ध छ। तपाईंसित बाइबल छैन भने तपाईंलाई पायक पर्ने कुनै पनि वाचटावर सोसाइटीको कार्यालयमा सम्पर्क राखेर एक प्रति लिनुहोस्‌। तपाईंसित बाइबल छ भने झिक्नुहोस्‌ र यस पत्रिकामा उल्लेख गरिएका शास्त्रपदहरू जाँच्नुहोस्‌। त्यसो गर्नुभयो भने, बाइबलमा भएको जीवनदायी ज्ञान हासिल गर्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने