प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १०/१५ पृ. ३१
  • विवाहपछि पनि कुमारी नै थिइन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाहपछि पनि कुमारी नै थिइन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १०/१५ पृ. ३१

विवाहपछि पनि कुमारी नै थिइन्‌?

यू सुफसित विवाह भएपछि पनि मरियम कुमारी नै थिइन्‌ भन्‍ने दाबीलाई टेवा पुऱ्‍याउने प्रयासमा थुप्रै चित्रकार तथा वास्तुकारहरूले यूसुफलाई उमेर ढल्केको बूढो मानिसको रूपमा चित्रण गरेका छन्‌। यूसुफ मरियमको पतिभन्दा पनि अभिभावकजस्तो थिए भनी तिनीहरूले तर्क गरे। तर पोप जोन पल द्वितीयले हालै एउटा बेग्लै दृष्टिकोण प्रस्तुत गरे। तिनले भने, यूसुफ “त्यतिबेला त्यत्तिको बूढो” भइसकेका थिएनन्‌। बरु, “परमेश्‍वरको वरदानको फलस्वरूप तिनको आन्तरिक सिद्धताले गर्दा मरियमसितको विवाहलाई आध्यात्मिक बन्धन नै कायम राखे।”

तर प्रश्‍न उठ्‌छ, मरियमको सधैंभरि कुमारी रहने इच्छा थियो भने किन मगनी गरिन्‌ त? पोप यस्तो जवाफ दिन्छन्‌, “शायद यूसुफ र मरियमबीच विवाह पक्कापक्की हुँदा मरियम आजीवन कुमारी रहने कुरा स्पष्ट पारिएको थियो।”

तथापि, बाइबलको यसप्रति बेग्लै दृष्टिकोण छ। मत्तीको विवरणअनुसार यूसुफले “पुत्र नजन्मिउञ्जेल, तिनीसँग सहवास गरेनन्‌।” (मत्ती १:२५) येशूको जन्मपछि यूसुफ र मरियम कुमारकुमारी रहेनन्‌। यसको एउटा प्रमाण हामी सुसमाचारको विवरणका पछिल्ला भागहरूमा पाउँछौं जहाँ येशूका भाइबहिनीहरूबारे बताइएको छ।—मत्ती १३:५५, ५६.

तसर्थ, येशूलाई जन्म दिंदा मरियम कुमारी थिइन्‌ भनी बाइबलले बताए तापनि यूसुफसित बाँकी जीवन पनि कुमारी भएरै बिताइन्‌ भन्‍ने दाबी गर्न मिल्ने कुनै आधार छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने