प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १२/१५ पृ. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • आत्मत्याग र वफादारीको नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १२/१५ पृ. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालै प्रकाशित प्रहरीधरहरा-का अंकहरू पढेर लाभ उठाउनुभएको छ? त्यसोभए निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि सक्नुहुन्‍न हेर्नुहोस्‌:

▫ मसीही युवाको लागि शिक्षाको मुख्य उद्देश्‍य के हो?

शिक्षाको मुख्य उद्देश्‍य युवाहरूलाई यहोवाका प्रभावकारी सेवक बन्‍न तयार पार्नु हो। अनि सबैभन्दा महत्त्वपूर्ण शिक्षा आध्यात्मिक शिक्षा हो।—८/१५, पृष्ठ २१.

▫ सँगी मसीहीको गम्भीर गलत कार्यबारे प्राचीनहरूलाई रिपोर्ट गर्नुका कारणहरू के के हुन्‌?

एउटा कारण हो, गम्भीर गल्तीबारे रिपोर्ट गर्दा मण्डलीलाई स्वच्छ राख्न मदत मिल्छ। अर्को कारण, परमेश्‍वर, मण्डली र गल्ती गर्नेप्रति सिद्धान्तमा आधारित मसीही प्रेम देखाउनु हो।—८/१५, पृष्ठ २८, ३०.

▫ “यहोवाको दिनको बाटो हेर्दै बस्नुको” अर्थ के हो? (२ पत्रुस ३:१२)

यसको अर्थ हामीले “यहोवाको दिनलाई” हरबखत आफ्नो मनमस्तिष्कमा राख्नु हो। यहोवाले यस रीतिरिवाजलाई नष्ट गर्ने त्यो दिन असाध्यै नजिक छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। यो दिन हाम्रोनिम्ति साक्षात्‌ देखेजत्तिकै वास्तविक हुनुपर्छ। (सपन्याह १:७, १४)—९/१, पृष्ठ १९.

▫ यस रीतिरिवाजको अन्तिम दिन धेरैले आशा गरेभन्दा किन लामो भएको छ?

सम्पूर्ण मानवजातिको भलाइ के मा छ, यहोवा त्यसलाई विचार गर्नुहुन्छ। मानिसहरूको जीवनमा उहाँ चासो लिनुहुन्छ। (इजकिएल ३३:११) हाम्रो सबैभन्दा बुद्धिमान्‌ मायालु सृष्टिकर्ताको उद्देश्‍य पूरा गर्न अन्त ठीक समयमै आउनेछ भनी हामी विश्‍वस्त हुनसक्छौं।—९/१, पृष्ठ २२.

▫ समस्याहरूले निराश तुल्याउँदा पूर्ण-समय सेवकहरूले आफ्नो आनन्द नगुमाउन के गर्नसक्छन्‌?

तिनीहरूले पाइरहेका थुप्रै आशिष्‌हरूबारे सोच्नुपर्छ र अझ कठिन समस्याहरू भोगिरहेका अरू हजारौंलाई सम्झनुपर्छ। (१ पत्रुस ५:६-९)—९/१५, पृष्ठ २४.

▫ विलियम टिन्डेलले बाइबल अनुवाद गर्नुको लक्ष्य के थियो?

टिन्डेलको लक्ष्य धर्मशास्त्रले भन्‍न खोजेको कुरा सकेसम्म दुरुस्त र सर्वसाधारणले सजिलै बुझ्ने भाषामा उपलब्ध गराउनु थियो।—९/१५, पृष्ठ २७.

▫ परमेश्‍वरको वचनको वफादार वकालत गर्नेहरू हौं भनी हामी प्रत्येकले कसरी प्रदर्शित गर्नसक्छौं?

जोसिलो भई अरूलाई प्रचार गरेर अनि सिकाउँदा यसलाई आफ्नो विचारहरूअनुसार बंग्याउनु वा भए नभएको कुरा थप्नुको साटो होसियारीसाथ प्रयोग गरेर हामी परमेश्‍वरको वचनको वफादार वकालत गर्नेहरू हौं भनी देखाउँछौं। (२ तिमोथी २:१५)—१०/१, पृष्ठ २०.

▫ संसारको विषालु आत्माले हाम्रो निष्ठालाई कसरी कमजोर बनाउनसक्छ?

आफूसित भएको कुरामा चाहिं असन्तुष्ट हुने र परमेश्‍वरलाई भन्दा पनि आफ्नो आवश्‍यकता तथा चाहनाहरूको फिक्री गर्ने बनाएर संसारको आत्माले हाम्रो निष्ठालाई कमजोर बनाउनसक्छ। (मत्ती १६:२१-२३ तुलना गर्नुहोस्‌।)—१०/१, पृष्ठ २९.

▫ पूरा मनतनले यहोवाको सेवा गर्नुको अर्थ के हो?

“प्राण” भनेको व्यक्‍ति स्वयं हो र यसमा भौतिक तथा मानसिक क्षमताहरू समावेश छन्‌। त्यसकारण, पूरा मनतनले सेवा गर्नुको अर्थ, आफ्ना भएभरको क्षमता तथा बल लगाएर परमेश्‍वरको सेवा गर्नु हो। (मर्कूस १२:२९, ३०)—१०/१५, पृष्ठ १३.

▫ ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌ने मानिस हुनुको अर्थ के हो?

यसको अर्थ यहोवालाई राम्ररी चिन्‍नु अर्थात्‌ उहाँलाई के मनपर्छ, के मनपर्दैन बुझ्नु र उहाँका उद्देश्‍यहरू थाह पाउनु हो। ती आधारभूत सिद्धान्तहरूले हाम्रो जीवन नियन्त्रण गर्न थालेमा, ती सिद्धान्तहरू साँच्चै क्रियाशील हुन्छन्‌। (यर्मिया २२:१६; हिब्रू ४:१२)—१०/१५, पृष्ठ २९.

▫ मानव सरकारहरूप्रति यहोवाका सेवकहरूको कस्तो सन्तुलित दृष्टिकोण छ?

परमेश्‍वरको राज्यको राजदूत वा सेवक भएकोले तिनीहरू राजनैतिक मामिलामा तटस्थ छन्‌। (२ कोरिन्थी ५:२०) अर्कोतिर कर्तव्यनिष्ठ भएकोले अन्तस्करणले दिएसम्म तिनीहरू अख्तियारवालाहरूको अधीनमा बस्छन्‌।—११/१, पृष्ठ १७.

▫ अगमवक्‍ता एलीशाले अपनाएको मार्गबाट हामी कस्तो पाठ सिक्नसक्छौं?

आफूले गर्नुपर्ने कुनै कुनै काम अति निम्न भए तापनि एलियासित विशेष सेवा गर्न निम्त्याइँदा तुरुन्तै आफ्नो खेत छोडेर एलीशा एलीयाको सेवामा लागे। (२ राजा ३:११) आज परमेश्‍वरका केही सेवकहरूले यस्तै आत्मत्यागको भाव झल्काएका छन्‌। आफ्नो जीविकोपार्जनको स्रोत नै छोडेर टाढा टाढाको इलाकाहरूमा प्रचार गर्न गएका छन्‌।—११/१, पृष्ठ ३१.

▫ याकूबको पत्रमा कस्तो लाभदायी सल्लाह छ?

यसले परीक्षाहरू कसरी सहने भनी देखाउँछ, कृपावाद नदेखाउने सल्लाह दिन्छ अनि धार्मिक कामहरूमा लाग्न आग्रह गर्छ। याकूब हामीलाई आफ्नो जिब्रो वशमा राख्न, सांसारिक प्रभावहरूको प्रतिरोध गर्न अनि मेलमिलाप बढाउन पनि आग्रह गर्छन्‌। यसबाहेक तिनले भनेका कुराहरूले हामीलाई धैर्यवान्‌ अनि प्रार्थनाशील बन्‍न मदत गर्छन्‌।—११/१५, पृष्ठ २४.

▫ यहोवा किन “क्षमा गर्न तयार” हुनुहुन्छ? (भजन ८६:५)

यहोवाले क्षमा गर्नुहुन्छ किनभने हामी माटोबाट बनिएका हौं, असिद्धताले गर्दा हाम्रा दोष तथा कमजोरीहरू हुन्छन्‌ भनी उहाँले कहिल्यै बिर्सनुहुन्‍न। (भजन १०३:१२-१४)—१२/१, पृष्ठ १०, ११.

▫ हामी किन अरूलाई क्षमा गर्न इच्छुक हुनुपर्छ?

दया देखाउन मिल्दामिल्दै पनि हामीले अरूलाई क्षमा गर्न इन्कार गऱ्‍यौं भने परमेश्‍वरसितको हाम्रो सम्बन्धमा अत्यन्तै नराम्रो असर पर्नसक्छ। (मत्ती ६:१४, १५)—१२/१, पृष्ठ १७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने