प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 २/१५ पृ. ३२
  • के परमेश्‍वरले संसारलाई नाश गर्नुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के परमेश्‍वरले संसारलाई नाश गर्नुहुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 २/१५ पृ. ३२

के परमेश्‍वरले संसारलाई नाश गर्नुहुनेछ?

पोप जोन पल द्वितीयअनुसार मानिसहरू भविष्यबारे विश्‍वस्त हुनसक्छन्‌। इतिहास पल्टाएर हेऱ्‍यौं भने पनि “मानिसहरूले पापै पाप गरेका छन्‌ र सायद त्यो जलप्रलयअघि भएको भन्दा बढी होला” भनी पोपले बताए। तैपनि, पोपले अझ यसो भने: “परमेश्‍वरले नूहसित बाँध्नुभएको करारलाई विचार गर्दा अहिले पृथ्वीमा त्यस्तो कुनै प्रकारको पाप छैन जसको कारण आफैले सृष्टि गर्नुभएको पृथ्वीलाई परमेश्‍वरले नाश गर्नुहुनेछ।”

के परमेश्‍वरले संसारलाई कहिल्यै नाश गर्नुहुनेछैन? जलप्रलयपछि परमेश्‍वरले नूहलाई भन्‍नुभएको कुराबारे बाइबल यसो भन्छ: “कुनै प्राणी फेरि प्रलयको पानीले नष्ट हुनेछैन, औ पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।” (उत्पत्ति ९:११) यी शब्दहरूद्वारा परमेश्‍वरले “[पृथ्वीलाई] विनाशबाट बचाउने प्रतिज्ञा” गर्नुभयो भनी पोप भन्छन्‌।

सृष्टिकर्ताले हाम्रो यस ग्रहलाई नाश हुन दिनुहुने छैन भनी बाइबलले स्पष्ट पार्छ। बाइबल यसो भन्छ: “पृथ्वी चाहिं सदा सर्वदै रहिरहन्छ।” (उपदेशक १:४) तर जलप्रलयबाट हामीले योभन्दा ठूलो पाठ सिक्नसक्छौं जसबारे पोपले टिप्पणी नै गरेनन्‌।

भविष्यमा आफ्नो उपस्थितिको बेला पृथ्वीमा हुने अवस्थाबारे येशूले बताउनुभएको थियो “जस्तो नूहको दिनमा भएथ्यो” र “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” (मत्ती २४:३७-३९) त्यस्तैगरि, प्रेरित पत्रुसले पनि लेखे जसरी “त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो” त्यसरी नै वर्तमान संसारमा “भक्‍तिहीन मानिसको इन्साफ र विनाश” हुने खतरा छ।—२ पत्रुस ३:५-७.

के येशू र पत्रुसले परमेश्‍वरले नूहसित बाँध्नुभएको करार बिर्से? कदापि बिर्सेनन्‌! नूहसित बाँध्नुभएको करारमा उहाँले बताउनुभएझैं परमेश्‍वरले यस दुष्ट रीतिरिवाजको अन्त जलप्रलयद्वारा गर्नुहुने छैन। बरु, उहाँले “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु” येशू ख्रीष्टको शक्‍ति चलाउनुहुनेछ। (प्रकाश १९:११-२१) अतः बाइबलअनुसार पृथ्वीको नाश हुनेछैन तर दुष्ट मानिसहरूको “संसार” भने पक्कै विनाश हुनेछ। (हितोपदेश २:२१, २२; प्रकाश ११:१८) त्यसपछि, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने