प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१ पृ. ३२
  • दोष कसको?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोष कसको?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१ पृ. ३२

दोष कसको?

थुप्रै मानिसहरू आफ्ना समस्याहरूको दोष परमेश्‍वरलाई दिन्छन्‌। बाइबलको हितोपदेश यसो भन्छ: “मानिसको आफ्नै मूर्खताले त्यसको जीवन नष्ट हुन्छ, तरै पनि त्यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ।” (हितोपदेश १९:३, नेपाली, नयाँ संशोधित संस्करण) यद्यपि, मानिसका विपत्तिहरूको लागि परमेश्‍वरलाई दोष दिनु, मात्तिएर सवारी हाँक्दा हुने दुर्घटनाहरूका लागि गाडी निर्मातालाई दोष दिनु बराबर हो।

परमेश्‍वरले आफ्नो वचन, बाइबलमा मानिसजातिको लागि मूल्यवान्‌ डोऱ्‍याइ दिनुभएको छ। यस ईश्‍वरीय पुस्तकालयको अध्ययन गर्नुका साथै यसमा दिइएका नियम तथा सिद्धान्तहरू पालन गरेर हामी जीवनका थुप्रै खतराहरूबाट जोगिन सक्छौं। यसको विपरीत परमेश्‍वरको डोऱ्‍याइ विपरीत चल्नु वित्यासपूर्ण हुन्छ। उदाहरणका लागि घिचुवा, धूम्रपान गर्ने, मतवाला वा अनैतिकतामा संलग्न व्यक्‍तिहरूले स्वास्थ्यलाई हानि पुऱ्‍याउने दुःखद्‌ परिणामहरू भोग्छन्‌। (लूका २१:३४; १ कोरिन्थी ६:१८; २ कोरिन्थी ७:१) मसीही प्रेरित पावलले यसप्रकार लेखे: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।”—गलाती ६:७, ८.

परमेश्‍वरको नियम तथा सिद्धान्तअनुसार जीवन बिताउनु कत्ति बेस! हामीले त्यसो गऱ्‍यौं भने अगमवक्‍ता यशैया मार्फत परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको सत्यता अनुभव गर्नेछौं: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१७, १८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने