प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१५ पृ. ३१
  • “आदर नगरी धरै नपाइने” काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आदर नगरी धरै नपाइने” काम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१५ पृ. ३१

“आदर नगरी धरै नपाइने” काम

प्रेरित पत्रुसले सँगी मसीहीहरूलाई यस्तो सल्लाह दिए: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट . . . परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रुस २:१२) इटालीमा यहोवाका साक्षीहरूले वर्षौंदेखि त्यस्तो असल चालचलन देखाउँदै आएका छन्‌। “घरका धुरीबाट प्रचार गर” भन्‍ने येशूको आदेशको मनोभावअनुरूप तिनीहरू सबै मसीही क्रियाकलाप खुल्लमखुल्ला अर्थात्‌ सर्वसाधारणले देख्नेगरि सञ्चालन गर्छन्‌। (मत्ती १०:२७; यूहन्‍ना १८:२०) फलस्वरूप, इटालीका एक वकिल र एक पूजाहारीले यहोवाका साक्षीहरू “नक्कली धार्मिक गुट” हुन्‌ भन्‍ने अभियोग प्रकाशित गरेर तिनीहरूलाई “मानिसहरू पासोमा पार्ने गोप्य संस्था” भनी नामकरण गर्दा साक्षीहरूले कानुनी कारवाही गर्ने निर्णय गरे। किनकि तिनीहरूको अभियोग निन्दनीय थियो।

अदालतले पहिलो पुर्पक्षमा वकिल र पूजाहारीले कुनै कानुन उल्लंघन नगरेको फैसला गऱ्‍यो। तथापि, जुलाई १७, १९९७ मा भेनिसको पुनरावेदन अदालतले दुवै प्रतिवादीलाई दोषी ठहऱ्‍याएर पहिलो अदालतको फैसला बदर गऱ्‍यो। पुनरावेदन अदालतले यसो भन्यो: “प्रस्तुत दुवै लेखमा यस्ता अभिव्यक्‍ति र वाक्यांशहरू छन्‌ जसले निश्‍चयै ‘यहोवाका साक्षीहरू[को]’ प्रतिष्ठामा आँच पुऱ्‍याउनेछ। स्पष्टतः उक्‍त लेखहरूको उद्देश्‍य यसका अनुयायीहरूलाई सर्वसाधारणले तुच्छ ठानोस्‌ भन्‍ने हो।” उक्‍त लेखहरूले “तथ्य वर्णन गर्ने र आलोचना गर्ने अधिकारलाई वैध रूपले उपयोग नगरेको” अदालतले बतायो। अदालतले ती दुई निन्दकहरूलाई जरिमाना तिराउनुका साथै यहोवाका साक्षीहरूले दुवै मुद्दामा खर्च गरेको रकम हर्जाना गर्ने आदेश दियो।

आफ्नो लिखित फैसलामा भेनिसको पुनरावेदन अदालतले यस्तो टिप्पणी गऱ्‍यो: “[इटालीको] संविधानले तोकेका सम्पूर्ण अधिकारहरू समान रूपले लागू गर्नुका साथै त्यसलाई सुरक्षा गरियो भने मात्र असहिष्णुता र धार्मिक हठधर्मीपन रोक्न सकिन्छ।” उक्‍त फैसलाले यहोवाका साक्षीहरूको क्रियाकलाप गोप्य छैन न त तिनीहरूको धर्म नै नक्कली हो भनेर प्रस्ट पाऱ्‍यो। अदालतले अझ यसो भन्यो: “यहोवाका साक्षीहरूलाई गोप्य संस्थामा वर्गीकरण गर्नाले ऐतिहासिक सच्चाइको अनादर हुन्छ किनभने यो धर्म थुप्रै शहरहरूमा फैलिएको छ। यसका सदस्यहरूले विशेषगरि आइतबार र बिदाका दिनहरूमा धर्मप्रचार गर्ने विस्तृत गतिविधि सबैलाई थाह भएकै कुरा हो। तिनीहरूले प्रचार गर्ने सिद्धान्तबारे जसले जेसुकै सम्झे पनि तिनीहरूको प्रयासलाई आदर नगरी धरै पाइन्‍न।” अतः इटालीका यहोवाका साक्षीहरूले जोसका साथ प्रचार गरेको कारण र तिनीहरूको उदाहरणीय चालचलनले तिनीहरूप्रतिको पूर्वाग्रह मेटाउन मदत गऱ्‍यो।—मत्ती ५:१४-१६; १ पत्रुस २:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने