प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ५/१ पृ. २५
  • छोराछोरीसित पढ्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीसित पढ्‌नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ५/१ पृ. २५

छोराछोरीसित पढ्‌नुहोस्‌

ब्राजिलको पत्रिका भेजा-अनुसार लगनशील भई पढ्‌नेहरू नभएको घरमा हुर्केका केटाकेटीहरू भन्दा लगनशील पाठकहरूका छोराछोरीहरूले किताबप्रति चासो बढाउने सम्भावना धेरै देखिन्छ। “मिलेर पढ्‌नाले आमाबाबु तथा छोराछोरीबीचको सम्बन्ध झनै घनिष्ठ हुन्छ भने केटाकेटीहरूले किताबमा भएका कुराहरू अझ राम्ररी बुझ्न सक्छन्‌,” भनी बाल विकास विशेषज्ञा मार्टा हप वर्णन गर्छिन्‌।

केटाकेटीहरूका लागि ठूलो सोरले पढिदिंदा तिनीहरूको प्रश्‍नको जवाफ दिन पनि मदत गर्छ। तपाईं त्यस विषयसित सम्बन्धित चित्रबारे पनि बताउन सक्नुहुन्छ। हप यस्तो टिप्पणी गर्छिन्‌, “केटाकेटीले किताबबारे जति धेरै कुरा थाह पाउँछन्‌, आफ्नो उत्सुकता मेटाउन तिनीहरू त्यति नै बढि किताब हेर्न उत्सुक हुन्छन्‌।”

यहोवाका साक्षीहरू माझ थुप्रै आमाबाबुहरू आफ्ना बालबच्चाहरूसित पढ्‌न रमाउँछन्‌। तिनीहरू बाइबलका कथाहरू भएको मेरो पुस्तक, महान्‌ शिक्षकको कुरा सुन्‍ने (अंग्रेजी) र आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष जस्ता प्रकाशनहरू पढ्‌नसक्छन्‌।a यी पुस्तकहरूले केटाकेटीहरूलाई असल पाठकहरू हुन मात्र होइन तर संसारको सबैभन्दा बढी बिक्री हुने पुस्तक पवित्र बाइबलप्रतिको चासो झन्‌ झन्‌ बढाउन पनि मदत गर्छ। तसर्थ, तपाईं पनि आमा वा बुबा हुनुहुन्छ भने, आफ्ना छोराछोरीका लागि परमेश्‍वरको वचनको उत्सुक पाठक बनेर उदाहरण बसाल्नुहोस्‌। (यहोशू १:७, ८) अनि जुनसुकै तरिकामा पनि तिनीहरूसित पढ्‌ने समय निकाल्नुहोस्‌!

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने