प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ६/१ पृ. ८
  • “परमेश्‍वरबाट सबै कुरा सम्भव छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वरबाट सबै कुरा सम्भव छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • विपत्तिका दुई अनुहार
    ब्यूँझनुहोस्‌!—१९९८
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
  • माया गर्छु भनेर बताउनुहोस्‌
    यहोवाका साक्षीहरूको अनुभव
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ६/१ पृ. ८

राज्य उद्‌घोषकहरूका रिपोर्ट

“परमेश्‍वरबाट सबै कुरा सम्भव छ”

भेनेजुएलाकी एउटी केटीले मत्ती १९:२६ मा पाइने माथि उल्लिखित शब्दहरूका सही अर्थ बुझिन्‌। यहोवामाथि पूर्ण भरोसा गर्न सिकेपछि उनले गम्भीर समस्याहरू सामना गर्न सकिन्‌। उनी भन्छिन्‌:

“मेरी हजुरआमा असाध्यै मायालु तथा दयालु व्यक्‍ति हुनुहुन्थ्यो। दुःखको कुरा, म १६ वर्षकी हुँदा उहाँ बित्नुभयो। उहाँको मृत्युपछि मैले ठूलो आघात महसुस गरें। मानसिक तवरमा असन्तुलित भएँ र घरबाट बाहिर पाइला टेक्नसमेत चाहन्‍नथें। अन्ततः म एक्लै मात्र बस्थें।

“म न त स्कूल जान्थें न काममा नै। आफ्नो कोठामा मात्र बस्थें। एक्लो र कुनै साथीहरू नभएको कारण गम्भीर निराशापनबाट पीडित भएँ। आफूलाई बेकम्मा सम्झन्थें र मर्न चाहन्थें। बारम्बार आफूलाई यस्तो प्रश्‍न गर्थें, ‘म बाँचेर के काम?’

“आमाले गेयसाला नाउँ गरेकी जवान साक्षीबाट प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका प्राप्त गर्नुहुन्थ्यो। एक दिन आमाले गेयसाला हाम्रो घर हुँदै गइरहेकी देख्नुभयो र तिनलाई मलाई मदत गर्नसक्छिन्‌ कि भनी सोध्नुभयो। गेयसाला कोसिस गर्न राजी भइन्‌ तर मैले तिनलाई भेट्‌न इन्कार गरें। तर गेयसाला निरुत्साहित भइनन्‌। तिनले मलाई पत्र लेखेर मसित मित्रता गाँस्न चाहेको बताइन्‌ र अझ तिनीभन्दा धेरै महत्त्वपूर्ण व्यक्‍ति पनि मसित मित्रता गाँस्न इच्छुक छन्‌ भनी लेखिन्‌। त्यस व्यक्‍ति यहोवा परमेश्‍वर हुनुहुन्छ भनी तिनले बताइन्‌।

“यसले मेरो हृदय छोयो र मैले तिनको पत्रको जवाफ दिएँ। तीन महिनासम्म हामीले पत्राचार गऱ्‍यौं। गेयसालाले धेरै जोड गरेपछि बल्ल मैले तिनलाई भेट्‌ने हिम्मत गरें। हाम्रो प्रथम भेटघाटमा गेयसालाले मसित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउँदै बाइबल अध्ययन गरिन्‌। अध्ययनपछि तिनले मलाई स्थानीय राज्यभवनको सभामा उपस्थित हुन आमन्त्रित गरिन्‌। म झसङ्‌ङ भएँ। म घरबाट बाहिर नहिंडेको चार वर्ष भइसकेको थियो र बाटोमा हिंड्‌ने विचारले मात्र पनि म त्रसित थिएँ।

“गेयसाला मसित असाध्यै धीरजी भइन्‌। डराउनुपर्ने कुरा केही छैन भन्दै तिनले मलाई सँगै सभामा लैजाने आश्‍वासन दिइन्‌। बल्लतल्ल म जान राजी भएँ। राज्यभवनमा पुग्दा म थरथर काम्न र पसिनै पसिना हुन थालें। मैले कसैलाई अभिवादन गर्न सकिनँ। तैपनि सभाहरू धाउन म राजी भएँ र गेयसाला हरेक हप्ता अटुट रूपमा मलाई लिन आउँथिन्‌।

“मेरो हडबडीलाई हटाउन गेयसालाले मलाई अलि अगाडि नै सभामा लग्थिन्‌। हामी ढोकामै उभिन्थ्यौं र आउने जति सबैलाई अभिवादन गर्थ्यौं। यसो गर्दा एक हूललाई एकै चोटि भेट्‌नुको साटो एक पटकमा एक दुई जनालाई मात्र भेट्‌थें। अब त सक्दिनँ जस्तो हुँदा गेयसालाले मत्ती १९:२६ उद्धृत गर्थिन्‌: ‘मानिसहरूबाट ता यो असम्भव छ, तर परमेश्‍वरबाट सबै कुरा सम्भव छ।’

“सजिलो नभए तापनि बल्लतल्ल अझ धेरै मानिसहरू भेला हुने क्षेत्रीय सम्मेलनमा उपस्थित हुनसकें। त्यो मेरोनिम्ति असाध्यै ठूलो कदम थियो! सेप्टेम्बर १९९५ मा घरघर सेवकाईमा भाग लिने इच्छाबारे प्राचीनहरूलाई बताउन आफ्नो भएभरको साहस बटुलें। छ महिनापछि १९९६ मा मैले पानीको बप्तिस्माद्वारा यहोवालाई समर्पण गरेको प्रतीकात्मक रूप दिएँ।

“हालसालै मलाई कसैले यसो गर्न कसरी साहस पाएको भनी प्रश्‍न गर्दा मैले यस्तो जवाफ दिएँ: ‘मेरो डरभन्दा परमेश्‍वरलाई खुसी पार्ने चाहना ठूलो छ।’ म अझै पनि कहिलेकाहीं निराशाबाट पीडित हुने भए तापनि नियमित अग्रगामीको रूपमा सेवा गर्न पाउँदा आनन्दित छु। पहिलेको कुरा सम्झँदा म गेयसालासित सहमत हुनुपर्छ। मैले अहिले मेरो ख्याल राख्ने मित्र पाएकी छु जसले ‘मलाई शक्‍ति दिनुहुन्छ।’ ”—फिलिप्पी ४:१३.

[पृष्ठ ८-मा भएका चित्रहरू]

“मेरो डरभन्दा परमेश्‍वरलाई खुसी पार्ने चाहना ठूलो छ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने