प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ८/१५ पृ. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ८/१५ पृ. ३०

पाठकहरूका प्रश्‍नहरू

मसीहीहरूले मगनीलाई कत्तिको गम्भीरतासाथ लिनुपर्छ?

मगनी रमाउने कारण हो तर यो गम्भीर विषय पनि हो। सानोतिनो कारणले गर्दा जुनसुकै बेला मगनी तोड्‌न सकिन्छ भन्‍ने विचार गर्दै परिपक्व मसीहीले मगनीलाई हल्कासित लिनु हुँदैन। मगनी भएपछि दुई जनाले विवाहअघि एकअर्कालाई राम्ररी चिन्‍ने मौका पनि पाउँछन्‌।

यो विषयमा छलफल गर्दा, विवाहसित सम्बन्धित सामाजिक चलनहरू र विवाहको तयारी गर्दा अपनाउनुपर्ने कदमहरू ठाउँ र समयअनुसार फरक फरक हुन्छ भनेर बुझ्नु आवश्‍यक छ। यो कुरा बाइबलका निम्न उदाहरणहरूले प्रस्ट पार्छ।

लूतका “कुनै मानिससित सहवास नभएका” दुइटी छोरी थिए र तिनीहरूको स्थानीय दुई पुरुषहरूसित मगनी भएको थियो। लूतका भावी ‘ज्वाइँहरूले तिनका छोरीहरूलाई विवाह गर्न मागिसकेका थिए।’ यद्यपि, किन र कसरी तिनीहरूको मगनी भयो भनेर बाइबलले केही पनि बताउँदैन। के लूतका छोरीहरू तरुनी भइसकेका थिए? के विवाह गर्न तिनीहरू आफैले केटा रोज्न पाए? के सबैले थाह पाउने गरी तिनीहरूको मगनी भएको थियो? यी कुराहरू हामीलाई थाह छैन। (उत्पत्ति १९:८-१४) तर राहेललाई बिहे गर्न तिनका पिताको घरमा सात वर्षसम्म चाकरी गर्न याकूब आफै राजी भएका थिए। याकूबले राहेललाई “मेरी पत्नी” भने तापनि ती सात वर्षसम्म तिनीहरूबीच शारीरिक सम्बन्ध भएन। (उत्पत्ति २९:१८-२१) अर्को उदाहरण, शाऊलकी छोरीसित बिहे गर्नुअघि दाऊद पलिश्‍तीहरूमाथि विजयी हुनुपर्थ्यो। दाऊदले शाऊलको माग पूरा गरिसकेपछि मात्र तिनकी छोरी मीकलसित विवाह गर्नसक्थे। (१ शमूएल १८:२०-२८) माथि उल्लिखित “मगनीहरू” भिन्‍नाभिन्‍नै तरिकामा गरिएका थिए र ती आज थुप्रै मुलुकहरूमा भएका सामान्य चलनभन्दा फरक छन्‌।

मोशालाई दिइएको व्यवस्थामा मगनी तथा विवाहसम्बन्धी केही नियमहरू छन्‌। उदाहरणका लागि, पुरुषले एकभन्दा बढी श्रीमती राख्न पाउँथ्यो र विभिन्‍न कारणहरूमा पारपाचुके गर्नसक्थ्यो तर स्वास्नीचाहिंले त्यसो गर्न सक्दिनथी। (प्रस्थान २२:१६, १७; व्यवस्था २४:१-४) मगनी नभएकी कन्ये केटीलाई बिगार्ने पुरुषले केटीको बुबा राजी भएमा उक्‍त केटीसित बिहे गर्नुपर्थ्यो र तिनलाई कहिल्यै पारपाचुके गर्न पाउँदैनथ्यो। (व्यवस्था २२:२८, २९) विवाहसम्बन्धी व्यवहारमा ल्याउनुपर्ने अन्य व्यवस्थाहरूमा यौन सम्बन्ध राख्न नहुने समय पनि समावेश थियो। (लेवी १२:२, ५; १५:२४; १८:१९) अनि मगनीसम्बन्धीचाहिं कस्ता व्यवस्थाहरू थिए त?

मगनी नभएकी स्त्रीको भन्दा मगनी भएकी इस्राएली स्त्रीको भिन्‍नै कानुनी स्थिति थियो किनकि मगनी भएकीलाई एक अर्थमा विवाहितै मानिन्थ्यो। (व्यवस्था २:२३-२९; मत्ती १:१८, १९) इस्राएलीहरूले आफ्ना केही नातेदारहरूसित मगनी वा विवाह गर्न पाउँदैनथे। ती नातेदारहरूमा साधारणतया रगतको नाता पर्नेहरू थिए तर कुनै कुनै मगनी वा विवाहहरू पैतृक सम्पत्तिको हकका कारण पनि प्रतिबन्धित थिए। (लेवी १८:६-२०; प्रहरीधरहरा, मार्च १५, १९७८, पृष्ठ २५-२८ हेर्नुहोस्‌।) स्पष्टतया, परमेश्‍वरका सेवकहरूले मगनीलाई हल्कासित लिनु हुँदैनथ्यो।

इस्राएलीहरू यस्ता व्यवस्थाहरूको अधीनमा थिए तर मसीहीहरू मगनी वा विवाहसम्बन्धी नियमहरूलगायत अन्य व्यवस्थाको अधीनमा छैनन्‌। (रोमी ७:४, ६; एफिसी २:१५; हिब्रू ८:६, १३) वास्तवमा, येशूले मसीही विवाहसम्बन्धी कामकुरा व्यवस्थाभन्दा फरक छ भनेर सिकाउनुभयो। (मत्ती १९:३-९) तैपनि, उहाँले नत विवाहको न मगनीको गम्भीरतालाई नै कम गर्नुभयो। त्यसोभए, मसीहीहरूबीचको मगनी कत्तिको गम्भीर विषय हो त?

थुप्रै मुलुकहरूमा कोसित विवाह गर्ने भनेर व्यक्‍तिविशेषले आफै छनौट गर्छन्‌। केटा र केटीले बिहे गर्ने वाचा बाँधिसकेपछि तिनीहरूको मगनी भएको ठानिन्छ। त्यसपछि मगनी गर्न कुनै औपचारिक कदम चालिरहनुपर्दैन। हो, कुनै कुनै ठाउँमा केटाले आफ्नी भावी पत्नीलाई मगनी भएको जनाउन औंठी दिने चलन छ। अथवा खाना खाने बेलामा वा सानोतिनो जमघट गरेर नातागोता अनि साथीहरूलाई मगनी भएको जानकारी दिने चलन छ। यो व्यक्‍तिगत छनौट हो, धर्मशास्त्रीय आवश्‍यकता होइन। दुई जनाबीच स्वीकृति भएपछि स्वतः मगनी भइहाल्छ।a

मसीहीले विवाह गर्ने उद्देश्‍य राखेर चिनजान बढाउन, मगनी वा विवाह गर्न हत्तार गर्नुहुँदैन। विवाह गर्ने उद्देश्‍यले चिनजान बढाउनु बुद्धिमानी छ कि मगनी वा विवाह गर्ने कदम चाल्नु, त्यस्ता निर्णय गर्न अविवाहित व्यक्‍तिहरूलाई मदत दिनसक्ने बाइबलमा आधारित साहित्य हामी प्रकाशित गरेका छौं।b यो सल्लाहको मूल आशय मसीही विवाह स्थायी हुने भएकोले हो।—उत्पत्ति २:२४; मर्कूस १०:६-९.

दुई मसीहीहरूले मगनीबारे सोच्न थाल्नुअघि एकअर्कालाई राम्ररी चिन्‍नुपर्छ। दुवैले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नसक्छन्‌, ‘के मलाई उसको आध्यात्मिकता र परमेश्‍वरप्रतिको भक्‍तिबारे साँच्चै थाह छ? के म ऊसँग आजीवन परमेश्‍वरको सेवा गरिरहेको कल्पना गर्नसक्छु? के हामीले एकअर्काको व्यक्‍तिगत गुणहरूबारे धेरथोर थाह पाइसकेका छौं? के हामी आजीवन मिलेर बस्नसक्छौं भनी म विश्‍वस्त छु? के हामीलाई एकअर्काको विगतका कामकुरा अनि वर्तमान परिस्थितिहरू राम्ररी थाह छ?’

दुई मसीहीहरूबीच बिहे गर्ने कुरा छिनिसकेपछि तिनीहरूको छिटै बिहे हुनेछ भनी तिनीहरूलगायत अरूले पनि आशा गर्नु मनासिब छ। येशूले यस्तो सल्लाह दिनुभयो: “तिमीहरूको वचन चाहिं, हो भने, हो होइन भने, होइन होस्‌।” (मत्ती ५:३७) मगनी गर्ने मसीहीहरूले यो कुरालाई मनमा राख्नुपर्छ। तथापि, कहिलेकाहीं मगनी भएको मसीहीले आफूलाई कुनै गम्भीर कुरा नबताएको वा बिहे छिन्दा लुकाएको थाह पाउनसक्छ। त्यो आफ्नो मंगेतरको विगत, अपराध वा अनैतिक कार्यहरू समेतको महत्त्वपूर्ण तथ्य हुनसक्छ। त्यो कुरा थाह पाएपछि के गर्ने त्यसको निर्णय उक्‍त मसीहीले गर्नुपर्छ। सायद दुवैले त्यसबारे खुलस्तसित कुराकानी गरेर मगनी नतोड्‌ने निर्णय गर्नसक्छन्‌। अथवा तिनीहरूले आपसी सहमतिमा मगनी तोड्‌ने निर्णय गर्नसक्छन्‌। यस्तो निर्णय अरूले हस्तक्षेप गर्न, अनुमान लगाउन वा न्याय गर्न खोज्न नहुने व्यक्‍तिगत कुरा भए तापनि अत्यन्त गम्भीर निर्णय हो। अर्कोतिर, गम्भीर कुरा थाह पाउनेलाई अर्को पक्षले नचाहे तापनि व्यक्‍तिगत रूपमा मगनी तोड्‌नुपर्ने लाग्नसक्छ।—प्रहरीधरहरा, जून १५, १९७५ को “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

विवाह गर्नुअघि नै यस्ता विषयहरू सुल्झाउने राम्रो कारण छ। पारपाचुके गरेर पुनः विवाह गर्न सकिने एक मात्र धर्मशास्त्रीय आधार पोरनिया अर्थात्‌ दम्पतीमध्ये एक जनाले घोर यौन अनैतिकता गर्नु हो। (मत्ती ५:३२; १९:९) तर उहाँले विवाहअघि भएको गम्भीर समस्या वा गलत कार्य थाह पाएपछि कानुनन्‌ गरेको विवाह पारपाचुके गर्न सकिन्छ भनेर बताउनु भएन।

उदाहरणका लागि, येशूको समयमा कुष्ठरोग लाग्ने सम्भावना निकै थियो। एक जना यहूदी लोग्नेले बिहे गरेको बेला आफ्नी स्वास्नी (जान अन्जानमा) कोरी थिइन्‌ भनेर थाह पायो भने के पारपाचुके गर्ने आधार पाउँछ? व्यवस्थाअनुसार यहूदीले पारपाचुके गर्नसक्थ्यो, तर येशूले आफ्ना अनुयायीहरूले यसो गर्नु नसुहाउँदो छ भन्‍नुभयो। आधुनिक समयका केही परिस्थितिहरू विचार गर्नुहोस्‌। भिरिंगी, लिंगमा विकृति हुनु, एच आइ भी वा अन्य गम्भीर सरुवा रोगहरूले ग्रसित व्यक्‍तिले ती रोगहरूबारे थाहै नदिई विवाह गर्नसक्छ। सायद मगनी गर्नुअघि वा मगनीको दौडान यौन अनैतिकताको कारण उसलाई ती संक्रमित रोगहरू सरेको हुनसक्छ। पछि श्रीमतीले लोग्नेको यस्तो रोग वा पहिलेको अनैतिक जीवन (नपुंसकतासमेत) थाह पाई भने पनि अहिले तिनीहरू विवाहित दम्पती हुन्‌ भन्‍ने तथ्य परिवर्तन गर्न सकिन्‍न। विवाहअघि दुराचारी जीवन बिताइएको थियो भने त्यसलाई विवाह टुक्राउने धर्मशास्त्रीय आधार मान्‍न सकिंदैन नत विवाह गर्ने बेलामा कुनै रोग सरेको थियो वा अर्कै पुरुषद्वारा गर्भ रहेको थियो भने नै विवाह टुक्राउन सकिन्छ। तिनीहरू अब विवाहित भइसके, एकअर्काप्रति प्रतिबद्ध भइसके।

हो, यस्तो दुःखलाग्दो अवस्था कहिलेकाहीं मात्र आइपर्छ तर यी उदाहरणहरूले यो आधारभूत बुँदालाई जोड दिन्छ: मगनीलाई हल्कासित लिनुहुँदैन। मगनीअघि र मगनीको दौडान मसीहीहरूले एकअर्कालाई राम्ररी चिन्‍ने प्रयास गर्नुपर्छ। आफ्नो भावी जोडीले जान्‍न चाहेका वा जान्‍ने हक भएका सम्पूर्ण कुराहरू तिनीहरूले इमानदारसाथ बताउनुपर्छ। (कुनै कुनै मुलुकहरूमा विवाहअघि केटा र केटीले स्वास्थ्य परीक्षण गर्ने कानुनी आवश्‍यकता पूरा गर्नुपर्छ। अन्य कतिपयले भने आफूलाई थाह होस्‌ भनेर पनि स्वास्थ्य परीक्षण गराउँछन्‌।) यसरी आनन्दित तथा गम्भीरताले भरिएको मगनीबाट केटा र केटी दुवैले आदरपूर्ण उद्देश्‍य प्राप्त गर्नसक्छन्‌ अर्थात्‌ विवाहजस्तो अझ बढी आनन्ददायी र महत्त्वपूर्ण अवस्थामा प्रवेश गर्नसक्छन्‌।—हितोपदेश ५:१८, १९; एफिसी ५:३३.

[फुटनोट]

a कुनै कुनै समाजमा बिहे छिन्‍ने काम अझै पनि आमाबाबुले नै गर्छन्‌। यो काम केटा र केटी विवाह गर्न योग्यको हुनुअघि नै तय गरिसकिएको हुन्छ। विवाह नहोउञ्जेल तिनीहरू मगनी भइसकेका वा एकअर्काका निम्ति बाचाबन्धनमा बाँधिइसकिएका मानिन्छन्‌।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ-को अध्याय २८-३२ अनि पारिवारिक आनन्दको रहस्य-को अध्याय २ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने