प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ८/१५ पृ. २९
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • “पढ़नेले बुझोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवालाई तपाईंको विश्‍वस्तता बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परिवारहरू हो, परमेश्‍वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सबै जना स्वतन्त्र हुनेछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ८/१५ पृ. २९

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:

◻ थुप्रै मसीहीहरूलाई जागिरसम्बन्धी व्यक्‍तिगत निर्णय गर्न कुन दुई प्रश्‍नहरूले मदत गरेका छन्‌?

पहिलो महत्त्वपूर्ण प्रश्‍न हो: के बाइबलले त्यसप्रकारको जागिरलाई नै निषेध गर्छ? दोस्रो प्रश्‍न हो: त्यो निषेधित काम गर्दा व्यक्‍तिविशेषले के उक्‍त काममा सघाइरहेको हुनेछ?—४/१५, पृष्ठ २८.

◻ कुन तरिकामा ‘मानव सृष्टि व्यर्थताको अधीनमा रह्‍यो’? (रोमी ८:२०)

हाम्रा प्रथम आमाबाबु, आदम र हव्वाको कार्यले गर्दा हामी “व्यर्थताको अधीनमा” रहेका थियौं। यसो हुनुको कारण “[हाम्रो] आफ्नै इच्छाले होइन” अर्थात्‌ आफ्नै व्यक्‍तिगत छनौटको परिणाम होइन। हामीले यो वंशानुगत रूपमा पाएका हौं। तिनीहरूले आफ्ना सन्तानहरूलाई असिद्धता, पाप र मृत्यु मात्र सार्नसक्ने भए तापनि, बच्चाहरू जन्माउन दिनुभएर परमेश्‍वरले अनुकम्पा देखाउनुभयो। त्यसैले, मृत्यु सबै मानिसमा व्याप्त भयो र यसै अर्थमा परमेश्‍वरले “[सृष्टिलाई] व्यर्थताको अधीनमा” रहनदिनुभयो।—५/१, पृष्ठ ५.

◻ भविष्यमा “घृणित कुरा” फेरि “पवित्र स्थानमा खड़ा” हुनेछ भन्‍नु किन तर्कसंगत छ? (मत्ती २४:१५)

पुरातन समयमा ‘पवित्र स्थानमा खड़ा हुने घृणित कुरा’ सेनापति ग्यालसको नेतृत्वमा सा.यु. ६६ मा आक्रमण गर्ने रोमी सेना थिए। आधुनिक समयको त्यस्तै आक्रमण अर्थात्‌ महासंकष्ट सुरु हुन बाँकी नै छ। (मत्ती २४:२१) अतः, “उजाड़ गर्ने घृणित कुरा” पवित्र स्थानमा खडा हुन बाँकी नै छ।—५/१, पृष्ठ १६, १७.

◻ जागिर खाने आमाबाबुले आफ्ना छोराछोरीको लागि कसरी समय निकाल्नसक्छन्‌?

दिनभरिको कामले लखतरान भएकी आमाले बेलुकीको खाना पकाउन छोराछोरीसित मदत माग्नसक्छिन्‌। सप्ताहन्तमा अनेकौं काम गर्नुपर्ने बुबाले कुनै कुनै काम छोराछोरीसित मिलेर गर्नसक्छन्‌।—५/१५, पृष्ठ ६.

◻ ‘यहोवाको मार्गमा हिंड्‌नेहरूले’ के गर्नैपर्छ? (यर्मिया ७:२३)

यहोवाको मार्गमा हिंड्‌न वफादार हुनुपर्छ, उहाँको मात्रै सेवा गर्न कटिबद्ध हुनुपर्छ। यहोवामा भरोसा गर्नुपर्छ अर्थात्‌ उहाँका प्रतिज्ञाहरू भरपर्दा छन्‌ र ती अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने पूर्ण विश्‍वास हुनुपर्छ। यहोवाका मार्गमा हिंड्‌न यताउता नतर्की उहाँको नियमकानुन र उहाँको उच्च स्तर पालन गर्ने आज्ञाकारीता चाहिन्छ। (भजनसंग्रह ११:७)—५/१५, पृष्ठ १४.

◻ “पुरुषहरूमध्ये वरदान[ले] पूरा गर्नसक्ने चारवटा महत्त्वपूर्ण जिम्मेवारीहरू के के हुन्‌? (एफिसी ४:८)

तिनीहरू अनुकम्पापूर्ण ढंगमा हामीलाई सच्चाउँछन्‌, मायालु ढंगमा प्रोत्साहित गर्छन्‌, हामीमाझ एकता कायम राख्न तत्पर रहन्छन्‌ र साहससाथ हाम्रो सुरक्षा गर्छन्‌। (एफिसी ४:१२-१४)—६/१, पृष्ठ १४.

◻ प्रेरितको पुस्तक अनि पावलका पत्रहरूमा उल्लेख गरिएका सयौं सँगीहरूबाट हामी के सिक्नसक्छौं?

हामीले सधैं परमेश्‍वरको संगठन, हाम्रो स्थानीय मण्डली तथा हाम्रा सँगी विश्‍वासीहरूसँगसँगै काम गर्नुपर्छ। हामीलाई अनुकूल अनि प्रतिकूल समयमा तिनीहरूको मदत, समर्थन तथा सान्त्वना चाहिन्छ।—६/१, पृष्ठ ३१.

◻ अरूलाई सृष्टिकर्ताबारे विचार गर्ने मदत गर्न तपाईं कुन तीन तर्क प्रयोग गर्नसक्नुहुन्छ?

विशाल ब्रह्‍माण्डको सही सन्तुलन, पृथ्वीमा जीवनको सुरुआत र अनेकन्‌ क्षमता भएको मानव मस्तिष्कको अकाट्य अनुपमता।—६/१५, पृष्ठ १८.

◻ सृष्टिकर्ताको व्यक्‍तिगत नाउँको अर्थ बुझ्नु किन अति महत्त्वपूर्ण छ?

परमेश्‍वरको नाउँले “उहाँले हुन दिनुहुन्छ” भन्‍ने अर्थ बुझाउँछ अनि उहाँले उद्देश्‍य रच्नुका साथै पूरा पनि गर्नुहुन्छ भनी जोड दिन्छ। हामीले उहाँको नाउँ जान्‍नुका साथै प्रयोग गरेर उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ अनि उहाँको उद्देश्‍य वास्तविकतामा परिणत हुनेछ भनी अझ राम्ररी बुझ्नसक्छौं।—६/१५, पृष्ठ २१.

◻ पारिवारिक बाइबल अध्ययनमा छोराछोरीलाई कसरी समावेश गराउन सकिन्छ?

हुनसक्छ भने, प्रत्येक छोराछोरीलाई आ-आफ्नै बाइबल र अध्ययन गर्ने पत्रिका दिनुहोस्‌। स-साना छोराछोरीलाई अध्ययन लेखमा भएका चित्रहरूबारे बताउन लगाउनुहोस्‌ र साना छोरा वा छोरीलाई कुनै पद पढ्‌न पहिल्यै अह्राउन सकिन्छ। अध्ययन गरिएको कुरा कस्ता अवसरहरूमा लागू गर्न सकिन्छ भनी हुर्किसकेका छोरा वा छोरीलाई बताउन लगाउन सकिन्छ।—७/१, पृष्ठ १५.

◻ मण्डलीका सभाहरूको तयारीमा परिवारले समावेश गर्नसक्ने केही लक्ष्यहरू के के हुन्‌?

(१) परिवारका सबै जना मण्डलीका सभाहरूमा टिप्पणी गर्न तयार हुने; (२) प्रत्येकले आफ्नै शब्दमा टिप्पणी गर्न प्रयत्न गर्ने; (३) टिप्पणी गर्दा बाइबलका पदहरू समावेश गर्ने अनि (४) छलफल गरिएको विषयलाई व्यक्‍तिगत जीवनमा प्रयोग गर्ने दृष्टिकोणसहित विश्‍लेषण गर्ने।—७/१, पृष्ठ २०.

◻ सफल विवाहको कुञ्जी के हो?

सफल विवाहबाट प्राप्त हुने अनमोल आनन्दको ताल्चा खोल्न र त्यो आनन्द अनुभव गर्न फलदायी कुराकानी गर्नु अत्यावश्‍यक छ। यसमा भावना तथा विचारहरूको आदानप्रदान गर्नु समावेश छ। अनि फलदायी कुराकानी उत्थानदायी, स्फूर्तिदायी, सद्‌गुणी, प्रशंसनीय अनि सान्त्वनादायी हुन्छ। (एफिसी ४:२९-३२; फिलिप्पी ४:८)—७/१५, पृष्ठ २१.

◻ ‘यहोवाको मार्ग’ के हो? (भजन २५:८, ९, १२)

यो मार्ग, प्रेमको मार्ग हो। परमेश्‍वरको स्तरअनुसार जे ठीक छ, त्यसै गर्नुमा त्यो मार्ग आधारित छ। बाइबलले यस सैद्धान्तिक प्रेम प्रयोग गर्नुलाई “उत्तम मार्ग” भनेको छ। (१ कोरिन्थी १२:३१)—८/१, पृष्ठ १२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने