प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १०/१ पृ. ३-४
  • किन यति थोरै समय?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन यति थोरै समय?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रशस्त समय
  • झन्‌ झन्‌ समयको अभाव
  • हामीलाई मात्र समय नपुगेको होइन
  • अहिले आफूसित भएको समय बुद्धिमानीसाथ सदुपयोग गर्ने
  • यहोवाले हामीलाई आफ्नो दिन गनेर बस्न सिकाउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • समय र अनन्तकाल—त्यसबारे हामीलाई के थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • अनन्तलाई ध्यानमा राखेर परमेश्‍वरसित हिंड्‌ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १०/१ पृ. ३-४

किन यति थोरै समय?

समय। यो शब्दलाई सही ढंगमा परिभाषित गर्न हामीलाई गाह्रो लाग्नसक्छ। तर हामीलाई कहिल्यै समय पुग्दैन भनेर चाहिं हामीलाई थाह छ। समय चाँडै बितेर जान्छ भनेर पनि हामीलाई थाह छ। साँच्चै भन्‍ने हो भने, हामी लामो सुस्केरा हाल्दै यसो भन्छौं: “समय बितेको पत्तै भएन।”

तथापि, अंग्रेज कवि अस्टिन डब्सनले १८७७ मा यसो भन्दा एकदमै सही कुरा गरिरहेका थिए: “समय बितेर जान्छ रे? अहँ, जाँदैन। हाय! समय होइन हामी पो बितेर जान्छौं।” सन्‌ १९२१ मा डब्सनको मृत्यु भएपछि झन्डै ८० वर्ष बितिसक्यो तर समय चलिरहेकै छ।

प्रशस्त समय

मानिसहरूका सृष्टिकर्ताबारे बाइबल यसो भन्छ: “पहाड़हरू उत्पन्‍न हुनभन्दा अघि र तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईंनै परमेश्‍वर हुनुहुन्छ।” (भजनसंग्रह ९०:२) द न्यु जेरूसलेम बाइबल-को अनुवादअनुसार पनि “अनादिदेखि अन्तसम्म तपाईं नै परमेश्‍वर हुनुहुन्छ।” अतः जबसम्म परमेश्‍वर रहनुहुन्छ तबसम्म समय पनि रहिरहने छ अर्थात्‌ सधैंभरि!

परमेश्‍वरसँग अनन्त समय छ। तर हामी मानिसहरूबारे यस्तो लेखिएको पाउँछौं: “हाम्रा सारा दिन तपाईंकै क्रोधमा बितिगएका छन्‌। सुस्केरामा हामी आफ्ना वर्ष बिताउँछौं। हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्‌, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्‌, किनकि त्यो चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।”—भजनसंग्रह ९०:९, १०.

मानिस सधैंभरि बाँचून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य हो भनेर बाइबलले स्पष्टसित सिकाउँदा सिकाउँदै आज जीवन किन साह्रै छोटो छ? (उत्पत्ति १:२७, २८; भजनसंग्रह ३७:२९) परमेश्‍वरको उद्देश्‍यअनुसार मानिसहरू असीमित समयसम्म बाँच्नुपर्नेमा किन सालाखाला हिसाबमा ३०,००० दिन पनि मुस्किलले बाँच्छन्‌? मानिसहरूसँग किन यति थोरै समय छ? यस्तो दुःखद्‌ अवस्था आइपर्नुको कारण के हो वा को दोषी छ? बाइबलले यसबारे स्पष्ट अनि चित्तबुझ्दो जवाफ दिन्छ।a

झन्‌ झन्‌ समयको अभाव

हालैका दशकहरूमा मानिसहरूको जीवन झन्‌ व्यस्त भएको छ भनेर वृद्ध व्यक्‍तिहरूको कुराबाट प्रस्ट हुन्छ। पत्रकार डा. जिबिल फ्रिचअनुसार, गत २०० वर्षको दौडान हप्ताभरि काम गर्ने समय ८० घण्टाबाट घटेर ३८ घण्टा पुगे “तापनि समय छैन भन्‍ने हाम्रो गुनासो बन्द भएको छैन।” तिनले अझ स्पष्ट पार्दै यसो भनिन्‌: “समय छैन; समय भनेको पैसा हो; सास फेर्नु जत्तिकै समयको आवश्‍यकता छ; दौडधूप गर्दागर्दै जीवन बितेर जान्छ।”

नयाँ नयाँ आविष्कारहरूले गर्दा अघिल्लो पुस्ताहरूले कल्पनासमेत नगरेका मौकाहरू अहिले छन्‌। तर जति धेरै गतिविधिहरूमा भाग लिनसक्ने मौका खोलिन्छ, उति नै बढी निराशा छाएको छ किनकि ती सबै गर्ने समय नै छैन। आज संसारका विभिन्‍न ठाउँमा मानिसहरू थुप्रै काम गर्नुपर्ने हुँदा भ्याई नभ्याई दौडधूप गर्छन्‌। बुबा बिहान ७:०० बजे जागिरमा पुग्नु छ, आमालाई बिहान ८:३० बजे छोराछोरी स्कूल पुऱ्‍याउने हतार छ, हजुरबुबाले बिहान ९:४० बजे डाक्टरलाई भेट्‌नु छ अनि हामी सबै साँझ ७:३० बजे हुने महत्त्वपूर्ण सभाको लागि तयारी हुनु छ। एउटा काम सकिनु पनि पाएको हुँदैन अर्को काम हतार भइहाल्ने हुनाले आराम गर्ने समय नै छैन। अनि दिन दिनै कामको चपेटाले गर्दा सास फेर्ने फुर्सद पनि छैन भनेर हामी गुनासो गर्छौं।

हामीलाई मात्र समय नपुगेको होइन

परमेश्‍वरको विरोधी, शैतान अर्थात्‌ दियाबलले आफ्नो षड्यन्त्रद्वारा मानिसहरूको आयु घटायो तर अहिले त्यो षड्यन्त्रमा उल्टा आफै फसेको छ। (गलाती ६:७, ८ तुलना गर्नुहोस्‌।) स्वर्गमा मसीही राज्यको जन्मबारे बताउँदै प्रकाश १२:१२ हामीलाई आशावादी हुने कारण दिन्छ। त्यहाँ यसो भनिएको छ: “हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”

भरपर्दो बाइबल कालक्रम अनि बाइबल भविष्यवाणीको पूर्तिअनुसार, अहिले हामी त्यो ‘अल्प समयको’ अन्तमा बाँचिरहेका छौं। शैतानको समयको अब चाँडै म्याद सिद्धिनेछ भनेर थाह पाउनु साह्रै आनन्दको कुरा हो! त्यसलाई अगाध खाँदमा हालिएपछि आज्ञाकारी मानिसहरू सिद्ध हुनेछन्‌ अनि यहोवाले सुरुमा उद्देश्‍य राख्नुभएको अनन्त जीवन प्राप्त गर्न सक्नेछन्‌। (प्रकाश २१:१-४) त्यसपछि कसैलाई समयको कमी हुनेछैन।

अनन्त जीवन अर्थात्‌ सदासर्वदा बाँच्ने जीवन कस्तो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? पछि गरौंला भनेर पन्छाएका कुराहरूले तपाईंलाई कहिल्यै पिरोल्ने छैन। समय बढी चाहियो भने भोलि, अर्को हप्ता वा अर्को वर्ष छँदै छ नि। साँच्चै, तपाईंसँग अनन्त समय हुनेछ!

अहिले आफूसित भएको समय बुद्धिमानीसाथ सदुपयोग गर्ने

मानिसहरूलाई आफ्नो वशमा राख्ने समय अल्प छ भनेर थाह पाएको कारण शैतानले मानिसहरूलाई अति व्यस्त बनाउने कोसिस गर्छ। फलतः मानिसहरूले परमेश्‍वरको स्थापित राज्यबारे सुसमाचार सुन्‍ने समय नै पाउँदैनन्‌। तसर्थ, हामीले यो ईश्‍वरीय सल्लाह पालन गर्नु बेस हुनेछ: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ। यसैकारण मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।”—एफिसी ५:१५-१७.

अनन्तकालीन फाइदा नदिने कुराहरूमा हाम्रो समय खर्च गर्नुभन्दा सर्वमहत्त्वपूर्ण कुराहरूमा बुद्धिमानीसाथ सदुपयोग गर्नु अत्यन्तै महत्त्वपूर्ण छ! निम्न हृदयस्पर्शी शब्दहरूमा यहोवालाई बिन्ती गर्दा मोशाले देखाएको मनोवृत्ति हामीले पनि खेती गर्नुपर्छ: “हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं।”—भजनसंग्रह ९०:१२.

हो, वर्तमान संसारमा सबै व्यस्त छन्‌। तैपनि, परमेश्‍वरको राज्य अन्तर्गत अनन्त जीवन प्राप्त गर्न तपाईंको अनमोल समय सदुपयोग गरेर उहाँले चाहनुहुने कुराहरू सिक्नुहोस्‌ भनी यहोवाका साक्षीहरू तपाईंलाई आग्रह गर्छन्‌। हप्तामा एक घण्टा मिलाएर सिलसिलेवार ढंगमा बाइबल अध्ययन गरेर ‘प्रभुको इच्छा के रहेछ, सो बुझ्नुभयो’ भने तपाईंले व्यक्‍तिगत रूपमा निम्न शब्दहरू पूरा भएको अनुभव गर्नुहुनेछ: “खराबी गर्न छोड़, र भलाइ गर, र सदा सर्वदै रहिरहो। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजनसंग्रह ३७:२७, २९.

[फुटनोट]

a वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने