प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१५ पृ. ३
  • भविष्य—तपाईं थाह पाउन सक्नुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्य—तपाईं थाह पाउन सक्नुहुन्छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको भविष्यसूचक वचनले भविष्यको लागि आशा दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • लाखौं जानेछन्‌—तपाईं नि?
    ब्यूँझनुहोस्‌!—१९९९
  • भविष्यसूचक वचनमाथि ध्यान दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१५ पृ. ३

भविष्य—तपाईं थाह पाउन सक्नुहुन्छ!

धेरैजसो मानिसले भविष्यबारे गम्भीरतापूर्वक सोच्छन्‌। तिनीहरू योजना बनाउन, बुद्धिमानीसाथ सबै काम गर्न अनि सुरक्षित महसुस गर्न चाहन्छन्‌। तर भोलि के होला भनेर पहिल्यै थाह पाउने कुनै तरिका छ र?

मानिसजातिले भविष्य थाह पाउन हरेक कुरा गरेर हेरेका छन्‌। भविष्यवाणी गर्ने विशेषज्ञ भनेर चिनिने सामाजिक वैज्ञानिकहरूले चलनचल्तीका कुराहरू हेरेर भविष्यबारे बताउँछन्‌। अर्थविद्‌हरूले पनि त्यसै गर्छन्‌। ज्योतिषी तथा जोखना हेर्नेहरूले राशिफल, गोलाकार काँच र तन्त्रमन्त्रमा भर पर्छन्‌ अनि तिनीहरूको कुरा पत्याउनेहरू थुप्रै छन्‌। उदाहरणका लागि, फ्रान्सेली ज्योतिषी नोस्ट्रडेमस मरेको शताब्दीयौं भइसके तापनि तिनी अझै लोकप्रिय छन्‌।

भविष्यवक्‍ता भनौंदाहरूले भनेका कुराहरू अविश्‍वसनीय र असफल साबित भएका छन्‌। किन? किनभने तिनीहरूले यहोवा परमेश्‍वर र उहाँको वचन बाइबलको वास्ता गर्दैनन्‌। यसकारण, तिनीहरूले निम्न आधारभूत प्रश्‍नहरूको जवाफ दिनसक्दैनन्‌: ‘बाइबलमा भविष्यवाणी गरिएका कुराहरू अवश्‍यै पूरा हुन्छ भनेर म किन पक्का हुनसक्छु? परमेश्‍वरले मानिसजातिको लागि गर्नुभएको उद्देश्‍यसित त्यसको के सम्बन्ध छ? ती भविष्यवाणीहरूबाट मेरो परिवार र मैले कसरी लाभ उठाउनसक्छु?’ यी प्रश्‍नहरूको जवाफ बाइबलले दिन्छ।

बाइबलका भविष्यवाणीहरू अरू थुप्रै तरिकामा पनि श्रेष्ठ छन्‌। ज्योतिषीहरूको भविष्यवाणीजस्तो नभई यसले मानिसहरूलाई आफ्नो स्वेच्छा प्रयोग गर्ने छुट दिन्छ। तसर्थ, कोही पनि भाग्यको अधीनमा छैनन्‌। (व्यवस्था ३०:१९) नोस्ट्रडेमसको जस्तो लेखोटहरू निराधार हुन्छन्‌ र तिनीहरूले यसलाई रहस्यमय तथा सनसनीपूर्ण कुराहरूले ढाकछोप गर्छन्‌। तर बाइबलका भविष्यवाणीहरूको बलियो आधार छ। परमेश्‍वरले आफ्नो उद्देश्‍य किन पूरा गर्नुहुनेछ भनेर यसले प्रस्ट पार्छ। (२ इतिहास ३६:१५) अनि “झूट नबोल्नुहुने परमेश्‍वर” हुनुभएकोले उहाँका भविष्यवाणीहरू कहिल्यै असफल हुँदैनन्‌। (तीतस १:२) तसर्थ, परमेश्‍वरको वचनको डोऱ्‍याइ पाएका मानिसहरू व्यर्थका कुराहरूमा लागेर आफ्ना बहुमूल्य समय र स्रोत खेर फाल्नुको सट्टा ज्ञानवर्द्धक, उद्देश्‍यमय र सुखी जीवन बिताउँछन्‌।—भजन २५:१२, १३.

यी अनि अरू थुप्रै बुँदाहरू सारा संसारभरि सम्पन्‍न यहोवाका साक्षीहरूको १९९९/२००० “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनमा छलफल गरिए। भाषण, अन्तरवार्ता, प्रदर्शन र बाइबल नाटकद्वारा परमेश्‍वरको भविष्यसूचक वचन अध्ययन गरेर त्यसलाई लागू गर्नेहरूले आनन्द उठाउने आध्यात्मिक सम्पदाप्रति श्रोताहरूको ध्यानाकर्षण गराइयो। यसपछिको लेखले अधिवेशनका केही रमाइला बुँदाहरू पुनरावलोकन गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने