प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ पृ. ३२
  • लाखौं जानेछन्‌—तपाईं नि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाखौं जानेछन्‌—तपाईं नि?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरले चाहनुहुने जीवनशैली”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशनमा स्वागत छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “आनन्दित प्रशंसकहरू” यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तपाईंले यसलाई गुमाउन चाहनुहुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ पृ. ३२

लाखौं जानेछन्‌—तपाईं नि?

विश्‍वभरि वर्षेनी ८० लाखभन्दा बढी मानिसहरू यहोवाका साक्षीहरूको वार्षिक जिल्ला अधिवेशनमा उपस्थित हुन्छन्‌। यस वर्ष भारतमा २७ वटा “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन हुनेवाला छ। सायद तपाईंहरूको इलाकामा पनि एउटा यस्तै अधिवेशन हुनसक्छ। हामी शुक्रबार ९:३० बजे आरम्भ हुने सभामा तपाईंहरू पनि उपस्थित हुन आग्रह गर्दछौं।

बिहानीको कार्यक्रममा स्वागत भाषण साथै “परमेश्‍वरको भविष्यसूचक वचनमा मन लगाउनुहोस्‌” विषयक मुख्य भाषण समावेश छ। अपराह्णमा “परमेश्‍वरको वचन पढ्‌न आनन्द मान्‍नुहोस्‌” गोष्ठी भाषणले बाइबल पढाइ लाभदायी र आनन्ददायी कसरी बनाउने भनेर व्यवहारिक सल्लाह दिनेछ। “परमेश्‍वरविरुद्ध लड्‌नेहरू टिक्नेछैनन्‌” विषयक त्यसदिनको समापन भाषणले वर्तमान समयमा परमेश्‍वरका राज्यका उद्‌घोषकहरूविरूद्ध लडाइँ विषयमा समीक्षा प्रस्तुत गरिनेछ।

शनिबार बिहानको कार्यक्रममा बप्तिस्मा विषय छलफल गरिने छ साथै बप्तिस्मा लिन योग्यकाहरूलाई बप्तिस्माको सुअवसर दिइनेछ। अपराह्णमा, ल्याटिन अमेरिका, अफ्रिका र पूर्वीय युरोप साथै काजकस्तानको विशाल एसियाली मुलुकजस्ता केही देशहरूमा मानिसहरूले बाइबल सत्यलाई अचम्मरीतिले स्वीकारेका प्रोत्साहनजनक प्रतिवेदनहरू प्रस्तुत गरिनेछ। जसको विषय छ, “ ‘धनसम्पत्तिले’ यहोवाको भवन भरिरहेका छन्‌।” शनिबारको कार्यक्रम “भविष्यसूचक शास्त्रवचनले सतर्क रहन मदत गर्छ” र “अन्तको समयका लागि भविष्यसूचक वचन,” विषयक दुईवटा भाषणहरूको साथमा समापन हुनेछ। यो अन्तिम भाषणले बाइबलको पुस्तक दानियल र यसका भविष्यवाणीहरूमा ध्यान दिनु पर्ने कारणहरू प्रस्तुत गर्नेछ।

आइतबार बिहान तीन भाग भएको एक घण्टाको गोष्ठी भाषण “तोकिएको समयमा परमेश्‍वरको वचन” विषयले हबकूकको भविष्यवाणी छलफल गर्नेछ। यो सानो बाइबलको किताब आज मसीहीहरूको लागि कत्ति प्रोत्साहनदायी हुनसक्छ भनेर तपाईंले थाह पाउनुहुनेछ। त्यसपश्‍चात्‌ तपाईंले पूर्ण नाटकीय वेशभूषासहितको याकूब र एसावको बाइबल नाटक देख्नुहुनेछ जसको विषय छ, “आध्यात्मिक सम्पदाको मूल्यांकन गर्नुहोस्‌।” आइतबार बिहानीको कार्यक्रम “अमूल्य सम्पदाले तपाईंको लागि के अर्थ राख्छ?” विषयक प्रेरणादायी भाषणद्वारा समापन हुनेछ। त्यसपश्‍चात्‌ अपराह्णमा, “भविष्यवाणी अनुरूप सबै कुरा नयाँ तुल्याउने” जनभाषणको आनन्द उठाउनुहुनेछ।

उपस्थित हुन अहिलेदेखि नै योजना बनाउनुहोस्‌। निर्धारित ठाउँ थाह लगाउन आफू बसेको नजिक यहोवाका साक्षीहरूको राज्यभवनमा सम्पर्क राख्नुहोस्‌ वा यस पत्रिकाको प्रकाशकसँग पत्राचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने