प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ४/१५ पृ. ३२
  • “जनस्वास्थ्यलाई असर गर्ने लुकेको खतरा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जनस्वास्थ्यलाई असर गर्ने लुकेको खतरा”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ४/१५ पृ. ३२

“जनस्वास्थ्यलाई असर गर्ने लुकेको खतरा”

संयुक्‍त राज्य अमेरिकामा इन्टरनेटको प्रयोग गर्ने एक तिहाइ वयस्कहरूले यौनसित सम्बन्धित कुनै न कुनै वेब साइटहरू हेरेका छन्‌ भन्‍ने अचम्मलाग्दो तथ्य हालै गरिएको अन-लाइन यौन सर्वोक्षणद्वारा रहस्योद्‌घाटन भएको छ। धेरैभन्दा धेरै मानिसहरू अहिले आफ्नो यौनाकांक्ष पूरा गर्न इन्टरनेटमा पुगेका छन्‌। यो सर्वेक्षण लिने मनोविज्ञ डा. आल कप्पर भन्छन्‌, “आंशिक रूपमा यो जनस्वास्थ्यलाई असर गर्ने लुकेको खतरा हो, किनकि थोरैले मात्र यसलाई हानिकारक वा गम्भीर ठान्छन्‌।”

विशेष गरी यस्ता साइबरसेक्सको सिकार को भएका छन्‌? डा. कप्पर भन्छन्‌, “आफ्ना यौनाकांक्ष तृप्त गर्न नपाएका र जीवनभर संकुचित हुनु परेका” तर इन्टरनेटमा “अचानक यौनाकांक्ष पूरा गर्ने असीमित मौका पाउने व्यक्‍तिहरू” यसका सिकार भएका छन्‌।

तथापि, यसरी बारम्बार यौनसित सम्बन्धित साइटहरू हेरिरहनेहरू यसो गर्नु अहानिकारक सम्झन्छन्‌। तर के त्यस्तै हो त? लागू पदार्थको दुर्व्यसनीलाई आफूले लिने गरेको औषधीले विस्तारै नशा दिन छाडेजस्तै साइबरसेक्सको नशा लागेका थुप्रैले इन्टरनेटमा यौनसित सम्बन्धित साइटहरू हेर्ने आफ्नो “बढ्‌दो” तलतल मेट्‌ने नयाँ नयाँ तरिकाहरू खोज्न थाल्छन्‌। तिनीहरू आफ्नो जागिर गुमाउने र लोग्ने वा स्वास्नीसितको आफ्नो सम्बन्ध बिगार्ने अवस्थासम्म पुग्नसक्छन्‌!

तथापि, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहनेहरूसित यस्ता यौनसम्बन्धी साइटहरू नहेर्ने थप कारण छ। परमेश्‍वरको वचनले यस्तो सल्लाह दिन्छ: “पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो, यिनै कुराहरूका खातिरमा परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरू माथि पर्छ।” (कलस्सी ३:५, ६) अशुद्ध यौनाकांक्षाको सम्बन्धमा ‘आफ्नो शरीरलाई वशमा पार्न’ व्यक्‍तिविशेषले यहोवा परमेश्‍वरप्रतिको आफ्नो प्रेमलाई घनिष्ठ बनाउनु आवश्‍यक छ। (भजन ९७:१०) जनस्वास्थ्यलाई असर गर्ने साइबरसेक्सतर्फ आफू आकर्षित भएकोजस्तो लागेमा परमेश्‍वरको वचन बाइबल पढेर यहोवाप्रतिको प्रेम बलियो पार्नुपर्छ। स्थानीय राज्यभवनमा यहोवाका साक्षीहरूसितको स्वास्थ्यकर संगतिले परमेश्‍वरलाई प्रसन्‍न पार्ने अठोटलाई लामो समयसम्म सुदृढ पार्न मदत गर्नसक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने