प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ८/१५ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • सुधार स्वीकार्ने उदाहरणीय पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ८/१५ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

अय्यूबले कति समयसम्म दुःख भोग्नुपऱ्‍यो?

अय्यूबले धेरै वर्षसम्म दुःख भोगेको हुनुपर्छ भनेर कोहीकोही सोच्ने गर्छन्‌ तर अय्यूबको पुस्तकले त्यति लामो समयलाई इंगित गर्दैन।

अय्यूबको परीक्षाको प्रथम चरणमा जब तिनले धनजनको क्षति भोग्नुपऱ्‍यो, त्यो त्यति लामो थिएन जस्तो छ। किनभने हामी यस्तो लेखिएको पाउँछौं: “एक दिन अय्यूबका छोरा–छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खान–पीन गर्दै थिए।” अय्यूबले एक पछि अर्को गर्दै आफ्ना गाईवस्तु, गधा, भेडा, ऊँट तथा ती जनावरहरूको रेखदेख गर्ने गोठालाहरूबारे दुःखलाग्दो रिपोर्ट पाए। स्पष्टतया त्यसको लगत्तै अय्यूबले तिनका “आफ्ना जेठा दाज्यूको घरमा खान-पीन” गरिरहेका छोराछोरीहरू मारियो भन्‍ने खबर पाउँछन्‌। त्यसैले, यी सबै घटनाहरू एकै दिनमा घटेको हुनुपर्छ।—अय्यूब १:१३-१९.

अय्यूबले भोगेको परीक्षाको अर्को चरणचाहिं अलि लामो समयसम्म रहेको हुनुपर्छ। शैतानले यहोवाकहाँ गएर अय्यूबलाई उसकै शरीरमा हात पसारेर चोट पुऱ्‍याइयो भने ऊ वफादार रहनेछैन भनी दाबी गऱ्‍यो। त्यसपछि अय्यूबको “टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो।” तिनको शरीरभरि यो रोग फैलिन केही समय लागेको हुनुपर्छ। अनि तिनका सान्त्वनादाता भनौंदाहरूकहाँ “यी विपत्तिका” समाचार पुग्न र तिनीहरू तिनीकहाँ आउन केही समय लागेको हुनुपर्छ।—अय्यूब २:३-११.

एलीपज, एदोमको तेमानबाट अनि सोपरचाहिं अरबको उत्तरपश्‍चिमी क्षेत्रबाट आएका हुनाले तिनीहरूको घर अय्यूब बसोबास गरिरहेको अरबको उत्तरी भाग ऊजबाट धेरै टाढा थिएन। तथापि, बिल्दद शुहीका बासिन्दा थिए र तिनका मानिसहरू युफ्रेटीस नदीको किनारमा बसोबास गर्थे भन्‍ने कुरा त हामीलाई थाहै छ। बिल्दद त्यसबेला आफ्नै गाउँघरतिर बसिरहेका भए अय्यूबको यस्तो परिस्थितिबारे सुनेर ऊजसम्म आउँन तिनलाई हप्तौं अथवा महिनौं लागेको हुनुपर्छ। निस्सन्देह, अय्यूबको पीडा सुरु हुँदा यी तीनै जना छेउछाउका इलाकामै बसिरहेका पनि हुनसक्छन्‌। जे भए तापनि, जब अय्यूबका तीन जना मित्रहरू आए तिनीहरू केही पनि नबोलि “सात दिन सात रात भूइँमा तिनको छेउमा बसे।”—अय्यूब २:१२, १३.

त्यसपछि अय्यूबले भोगेको परीक्षाको अन्तिम चरणको वर्णनले यस पुस्तकका थुप्रै अध्यायहरू ढाकेका छन्‌। ती अध्यायहरूमा सान्त्वनादाता भनौंदाहरूको वादविवाद अथवा भनाइहरू र अक्सर अय्यूबले गरेको प्रतिकारलाई श्रेणीबद्ध रूपमा राखिएको पाइन्छ। त्यसपछि जवान मानिस एलीहूले ताडना दिए र स्वर्गबाट यहोवाले अय्यूबलाई सच्याउनुभयो।—अय्यूब ३२:१-६; ३८:१; ४०:१-६; ४२:१.

यसर्थ, केही महिना अथवा हुनसक्छ एक वर्षभन्दा कम अवधिमा अय्यूबले दुःख भोग्नुका साथै छुटकारा पनि पाए। सायद तपाईंलाई कठिन परीक्षाहरू कहिल्यै टुंगिदैन जस्तो लागेको हुनसक्छ। तथापि, अय्यूबको जस्तै ती समस्याहरू पनि अन्त हुन्छ भनेर हामीले बिर्सनुहुँदैन। हामीले भोग्नु परेको परीक्षा जतिसुकै लामो समयसम्म किन नरहोस्‌, प्रेरित वचनमा उल्लेख गरिएझैं परमेश्‍वरले हामीलाई सम्हाल्नुहुनेछ भन्‍ने कुरा मनमा राखौं: “हाम्रो छिनभरको हलुका कष्टले हाम्रो निम्ति झन्‌ बढता गरेर महिमाको अनन्त बोझ उत्पन्‍न गरिदिन्छ।” (२ कोरिन्थी ४:१७) प्रेरित पत्रुसले यसप्रकार लेखे: “सबै अनुग्रहको परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभयो, तिमीहरूले केही बेर दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सुधार्नुहुनेछ, स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।”—१ पत्रुस ५:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने