प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ८/१५ पृ. ३२
  • उत्कृष्टताको प्रमाणपत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्कृष्टताको प्रमाणपत्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ८/१५ पृ. ३२

उत्कृष्टताको प्रमाणपत्र

यो प्रजातान्त्रिक गणतन्त्र कंगोको एसोशिएसन अफ कंगोलिस एण्ड अफ्रिकन जर्नलिस्ट्‌स फर द डेभलपमेन्टले (ए जे ओ सी ए डि) “[कंगोको] विकासमा विशिष्ट योगदान पुऱ्‍याएबापत कुनै व्यक्‍ति वा सामाजिक संगठनलाई धन्यवादस्वरूप दिइने पुरस्कार हो।”

“आफ्ना प्रकाशनहरूमार्फत प्रशिक्षण अनि शिक्षा दिएर कंगोका मानिसहरूको विकासमा योगदान पुऱ्‍याएबापत” यहोवाका साक्षीहरूलाई नोभेम्बर १७, २००० मा उक्‍त पुरस्कार प्रदान गरियो।

उक्‍त पुरस्कारबारे टिप्पणी गर्दै किन्सासाको पत्रिका ले फार-ले यसो भन्यो: “कंगोमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिका वा अन्य प्रकाशनहरू नपाउने मानिसहरू विरलै भेटिन्छ। यी पत्रिकाहरूले जीवनका हरेक पक्षबारे [छलफल] गर्छ।” ती प्रकाशनहरूले “वर्तमान समस्याहरूको सामना गर्न सिकाउँछ” अनि “वर्तमान घटनाहरूको वास्तविक अर्थलाई औंल्याउँछ” र त्यसलाई स्पष्ट पनि पार्छ भनी उक्‍त लेख वर्णन गर्छ। ब्यूँझनुहोस्‌!-का हरेक अंक “राजनीतिबारे . . . सधैं तटस्थ रहन्छ र कुनै जातिलाई अर्को जातिभन्दा बढी महत्त्व दिने गर्दैन।” यसबाहेक, ती प्रकाशनहरूले “वर्तमान दुष्ट, अधर्मी रीतिरिवाजलाई हटाएर चाँडै शान्तिमय सुरक्षित नयाँ संसार बसाल्ने सृष्टिकर्ताको प्रतिज्ञामाथि . . . हाम्रो विश्‍वास बढाउँछ।”

ए जे ओ सी ए डि-ले टिप्पणी गरेझैं यहोवाका साक्षीहरूको प्रकाशन कंगोका विशाल जनसमुदायको लागि लाभदायी साबित भएका छन्‌। सयौं भाषामा उपलब्ध तिनीहरूले दिने आशाको सन्देश तपाईंको लागि पनि फाइदाजनक हुनसक्छ।

तपाईं तिनीहरूबाट कसरी लाभ उठाउन सक्नुहुन्छ, त्यसबारे जान्‍न कृपया तल दिइएको पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने