प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १०/१५ पृ. ३२
  • “मलाई के भएको रहेछ, बल्ल थाह पाएँ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मलाई के भएको रहेछ, बल्ल थाह पाएँ!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १०/१५ पृ. ३२

“मलाई के भएको रहेछ, बल्ल थाह पाएँ!”

डिसेम्बर १, २००० को प्रहरीधरहरा-मा प्रकाशित जीवनी पढेपछि टोकियोका एक जना व्यक्‍तिलाई यस्तो लाग्यो। उक्‍त लेखको शीर्षक थियो, “भोलि के हुने हो तिमीहरू जान्दैनौ” र यो अनुभव चिकित्सा विज्ञानमा म्यानिक-डिप्रेसिभ साइकोसिस (अत्यन्तै निराश महसुस गर्ने) भनिने रोगद्वारा पीडित भूतपूर्व मिसनरीको थियो।

टोकियो शहरका उक्‍त व्यक्‍तिले यस पत्रिकाका प्रकाशकलाई सम्बोधन गर्दै लेखेको पत्रमा यसो भनिएको थियो: “लेखमा वर्णन गरिएको अवस्था मेरो अवस्थासित ठ्याक्कै मिल्थ्यो। त्यसकारण, म मानसिक अस्पताल गएँ र म अत्यन्तै निराश हुने समस्याले पिरोलिएको रहेछु भनेर थाह पाएँ। मलाई जाँच गर्ने डाक्टर छक्कै परे। तिनले यसो भने, ‘यस्तो रोग लागेका मानिसहरू प्रायः आफूलाई रोग लागेको छ भनेर मान्‍न तयारै हुँदैनन्‌।’ मेरो रोग गम्भीर अवस्थामा पुग्नु अगावै मैले रोग खुट्याउन मदत पाएँ।”

प्रहरीधरहरा र यसको सह-पत्रिका ब्यूँझनुहोस्‌!-को प्रत्येक अंक पढेर संसारभरिका लाखौं व्यक्‍तिहरूले विभिन्‍न तरिकामा फाइदा उठाइरहेका छन्‌। तिनीहरूले यी पत्रिकाका लेखहरू जानकारीमूलक र सन्तोषप्रद पाएका छन्‌। प्रहरीधरहरा पत्रिका अहिले १४१ भाषामा र ब्यूँझनुहोस्‌! ८६ भाषामा प्रकाशित हुन्छन्‌। तपाईं पनि प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू नियमित तवरमा पढेर आनन्दित हुन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने