प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १०/१५ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • लौ, कस्तो हिंडाइ!
    ब्यूँझनुहोस्‌!—२००५
  • आठ जना बचे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ठूलो जलप्रलय
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १०/१५ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

पहिलो राजा ८:८ ले संकेत गरेअनुसार करारको सन्दुक बोक्ने डन्डाहरू पवित्र स्थानबाटै देखिने भएकोले ती डन्डाहरू कसरी राखिएको हुनुपर्छ?

यहोवाले मोशालाई उजाडस्थानमा बासस्थानको डिजाइन बताउनुहुँदा त्यसको एउटा मुख्य पक्ष कराको सन्दुक थियो। सुनले मोहरिएको उक्‍त चारपाटे बाकसमा व्यवस्थाका पाटीहरूलगायत अन्य सामानहरू थिए। यो भित्री कोठा अर्थात्‌ महापवित्रस्थानमा राखिन्थ्यो। सन्दुकको ढकनीमाथि पखेटा फिंजाएर बसेका सुनका दुइटा करूबहरूको आकृति थियो। सन्दुकको दुवैतिर मुन्द्राहरू थिए र तिनमा सुनले मोहरिएका बबुल काठका डन्डाहरू छिराएर सन्दुक बोक्न सकिन्थ्यो। तर्कसंगत कुरा के छ भने, ती डन्डाहरू सन्दुकको लमाइपट्टि दायाँबायाँ छिराइन्थे। यसरी बासस्थानको महापवित्रस्थानमा राखिएको सन्दुक पूर्वतिर फर्किएको थियो भने डन्डाहरू उत्तर-दक्षिण फर्केका हुन्थे। पछि सुलेमानले बनाएको मन्दिरमा यो सन्दुक राखिंदा, त्यहाँ पनि त्यसै गरी राखिएको थियो।—प्रस्थान २५:१०-२२; ३७:४-९; ४०:१७-२१.a

एउटा पर्दाले महापवित्रस्थानलाई पवित्रस्थानबाट (बाहिरी कोठाबाट) छुट्याएको थियो। पवित्रस्थानमा भएका पूजाहारीहरूले परमेश्‍वरको बास रहने महापवित्रस्थान र त्यहाँ भएको सन्दुक हेर्नु हुँदैन थियो। (हिब्रू ९:१-७) यसरी, १ राजा ८:८ ले अलि अलमल्लमा पारेजस्तो लाग्नसक्छ: “ती डन्डाहरू यस्तोगरी राखिएका थिए कि तिनीहरूको एक छेउ पवित्रस्थानको सामनेबाट देखिनसकिन्थ्यो, तर बाहिर कतैबाट पनि देखिंदैन थियो।” यही कुरा २ इतिहास ५:९ मा पनि उल्लेख गरिएको छ। त्यसोभए, मन्दिरको पवित्रस्थानमा भएका जोसुकैले ती डन्डाहरू कसरी देख्न सक्थे त?

ती डन्डाहरूले पर्दालाई छोएका थिए होलान्‌ र पर्दा अलि भुक्क उठेका थिए होलान्‌ भनेर कसैकसैले कल्पना गरेका छन्‌। तर यो सम्भव छैन किनकि ती डन्डाहरू त उत्तर-दक्षिणतिर फर्केका र पर्दासित समानान्तर हुन्थे। (गन्ती ३:३८) यसको अझै तर्कसंगत व्याख्या छ। पर्दाहरू टम्म लागेनन्‌ भने मन्दिरको भित्ता र पर्दाहरूबीचको प्वालबाट वा प्रधान पूजाहारी महापवित्रस्थानमा पस्दा ती डन्डाहरू देखिन सकिन्थ्यो। पर्दाले गर्दा अवश्‍य पनि सन्दुकको एकछेउसमेत देखिंदैन थियो तर भित्तासम्म पर्दा टम्म नलाग्दा लामा डन्डाहरूको टुप्पो भने देखिन सकिन्थ्यो। यो कारण युक्‍तिसंगत देखिए तापनि यसै हो भनेर ठोकुवा गर्नचाहिं सक्दैनौं।

स्पष्ट छ, त्यस्ता अनगिन्ती कुराहरू छन्‌, जसको विस्तृत विवरण हामीलाई अहिले राम्ररी थाह छैन। हिब्रूहरूलाई लेखेको आफ्नो पत्रमा प्रेरित पावलले केही पक्षहरू उल्लेख गरेका त थिए। तर त्यसपछि तिनले यस्तो टिप्पणी गरे: “[यी] कुराहरूका विषयमा अहिले एक एक गरेर हामी भन्‍नसक्‍तैनौं।” (हिब्रू ९:५) विश्‍वासी जनहरूको पुनरुत्थान भएपछि, मोशा, हारून, बजलेल र अन्य पुरुषहरू जो-जो बासस्थानको डिजाइनबारे परिचित थिए र बासस्थानमै काम गर्थे, उनीहरूबाट यसबारे जीवन्त विवरण सुन्‍ने मौका पाइहाल्नेछौं।—प्रस्थान ३६:१.

[फुटनोट]

a सन्दुकलाई बासस्थानमा राख्दासमेत ती डन्डाहरूलाई मुन्द्राहरूबाट निकाल्नुहुन्‍न थियो। फलतः ती डन्डाहरूलाई अन्य काममा प्रयोग गर्न मिल्दैन थियो। यसबाहेक, सन्दुकलाई छुनु हुँदैन थियो। त्यसकारण, ती डन्डाहरू मुन्द्राबाट हटाइएका भए हरेक पटक सन्दुक उचालेर कतै लानुपर्दा पवित्र सन्दुकलाई छोएर मुन्द्राहरूमा ती डन्डाहरू छिराउनुपर्ने हुन्थ्यो। गन्ती ४:८ मा “डण्डीहरू लगाइदिऊन्‌” भन्‍नाले नयाँ छाउनीमा यो गह्रौं सन्दुक बोकेर सार्नुअघि ती डन्डाहरूलाई मिलाउनु भनिएको हुनसक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने