प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १२/१ पृ. ८
  • “तपाईंले गलत नम्बरमा फोन गर्नुभयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंले गलत नम्बरमा फोन गर्नुभयो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी साक्षी दिने केटाकेटीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • आफ्नो देश फर्केकाहरूले प्रशस्त आशिष्‌ पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १२/१ पृ. ८

राज्य उद्‌घोषकहरूको रिपोर्ट

“तपाईंले गलत नम्बरमा फोन गर्नुभयो”

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा, लेज्ली र क्यारोलिनले कडा सुरक्षा व्यवस्था भएको अवकाशप्राप्त व्यक्‍तिहरू बस्ने ठाउँमा पालैपालो टेलिफोनद्वारा साक्षी दिइरहेका थिए। तिनीहरूले घरमा धेरै मानिस भेटेनन्‌ र भेटेकाहरूमा पनि कमैले मात्र मसीही सन्देशप्रति चासो देखाए। त्यसैले एक जना स्त्रीसँग यस्तो वार्तालाप हुँदा क्यारोलिन प्रोत्साहित भइन्‌।

“श्रीमती बि. . . बोल्नुभएको हो?” भनेर क्यारोलिनले सोधिन्‌।

मित्रैलो स्वरमा “होइन, म त श्रीमती जि. . . हुँ। तपाईंले गलत नम्बरमा फोन गर्नुभयो” भनिन्‌।

तिनको आवाजमा न्यानोपन महसुस गरेको कारण क्यारोलिनले यसो भनिन्‌: “त्यसोभए, श्रीमती बि. . .लाई मैले भेट्‌न खोज्नुको कारण तपाईंलाई पनि भन्छु नि हुन्छ।” तिनले परमेश्‍वरको आउनै लागेको राज्यका आशिष्‌हरूबारे बताइन्‌। परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? नामक पुस्तिका दिने प्रबन्ध मिलाइसकेपछि श्रीमती जि. . .ले यस्तो प्रश्‍न गरिन्‌: “अनि एउटा कुरा, तपाईंचाहिं कुन धर्म मान्‍नुहुन्छ नि?”

क्यारोलिनले भनिन्‌, “हामी यहोवाका साक्षीहरू हौं।”

“ओहो, त्यो धर्म! त्यसोभए म तपाईंलाई भेट्‌न चाहँदिनँ।”

क्यारोलिनले भनिन्‌, “तर श्रीमती जि. . . अहिले २० मिनेट जति मैले तपाईंलाई परमेश्‍वरको राज्यले चाँडै मानिसजातिको लागि के गर्नेछ भन्‍ने सुन्दर आशाबारे बाइबलबाट बताएँ। अनि यी कुरा सुन्‍न तपाईं इच्छुक तथा रोमाञ्चितसमेत हुनुभएको थियो र यसबारे अझ थप जान्‍न चाहनुहुन्थ्यो। तपाईंलाई यहोवाका साक्षीहरूबारे वास्तवमा के कुरा थाह छ? बिरामी पर्नुभयो भने के तपाईं मिस्त्रीकहाँ जानुहुन्छ? यहोवाका साक्षीहरूको विश्‍वासबारे मेरो कुरा सुन्‍नुभए कसो होला?”

केही सेकेन्डपछि यस्तो जवाफ आयो: “तपाईंको कुरा ठीकै हो। हुन्छ तपाईं आउनुस्‌। तर, एउटा कुरा याद गर्नुस्‌, तपाईंले मेरो धर्म कदापि परिवर्तन गर्नसक्नु हुनेछैन!”

क्यारोलिनले यस्तो जवाफ दिइन्‌, “श्रीमती जि. . . मैले तपाईंको धर्म परिवर्तन कदापि गर्न सक्दिनँ। त्यो त यहोवाले मात्र गर्न सक्नुहुन्छ।”

पुस्तिका पुऱ्‍याउन जाँदा राम्रै कुराकानी भयो र श्रीमती जि. . . (बेट्टी) अर्को भेटको लागि पनि सहमत भइन्‌। क्यारोलिन दोस्रो पटक आउँदा बेट्टीले आफ्नो टेबुलमा सँगै भएका अरू स्त्रीहरूलाई आफू यहोवाका साक्षीहरूसँग छलफल गर्न लागेको कुरा बताइन्‌। तिनीहरू सबैले “तिनीहरूसँग छलफल गर्ने रे?” भनी एकदमै छक्क पर्दै प्रश्‍न गरे। “तिनीहरूले त येशूलाई समेत विश्‍वास गर्दैनन्‌!”

क्यारोलिनले तुरुन्तै परमेश्‍वरको राज्यबारे अघिल्लो भेटमा छलफल गरेका मुख्य बुँदाहरू बेट्टीलाई सम्झाइन्‌।

“राजा को हुनुहुनेछ?” भनी क्यारोलिनले प्रश्‍न गरिन्‌।

“येशू नि, अरू को र” भनी बेट्टीले उत्तर दिइन्‌।

“ठीक भन्‍नुभयो” भनी क्यारोलिनले जवाफ दिइन्‌। त्यसपछि तिनले यहोवाका साक्षीहरू येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ तर उहाँ त्रिएकको एक भागको रूपमा परमेश्‍वर बराबर हुनुहुन्‍न भनी विश्‍वास गर्छन्‌ भनी सिकाइन्‌।—मर्कूस १३:३२; लूका २२:४२; यूहन्‍ना १४:२८.

अरू केही भेटपछि बेट्टीको सकारात्मक र आनन्दित मनोवृत्ति भए तापनि तिनको स्वास्थ्यस्थिति राम्रो नभएको स्पष्ट भयो। वास्तवमा, तिनलाई क्यान्सर भएको थियो र तिनी मर्न डराउँथिन्‌। पछि तिनले यसो भनिन्‌, “वर्षौंअघि नै मैले यी कुराहरू सुनेकी भए र तपाईंको जस्तै विश्‍वास भएको भए कत्ति राम्रो हुने थियो।” मृत्यु भनेको गहिरो निद्रामा पर्नु हो र पुनरुत्थानमा फेरि ब्यूँताइनेछ भन्‍ने शास्त्रपद देखाउँदै क्यारोलिनले तिनलाई सान्त्वना दिइन्‌। (यूहन्‍ना ११:११, २५) यसबाट बेट्टीले अत्यन्तै प्रोत्साहन पाइन्‌ र तिनी अहिले नियमित बाइबल अध्ययन गर्दैछिन्‌। आफ्नो खराब स्वास्थ्यस्थितिले गर्दा मात्र तिनी राज्यभवनका सभाहरूमा जान सकिरहेकी छैनन्‌।

क्यारोलिन यस्तो टिप्पणी गर्छिन्‌: “स्वर्गदूतहरूले नै यस काममा निर्देशन दिइरहेको छ भन्‍ने कुरा स्पष्ट हुन्छ। ‘गलत नम्बरमा’ फोन गरेको कारण बेट्टीलाई भेटेकी थिएँ। त्यति मात्र होइन, तिनी ८९ वर्षकी भइसकिन्‌!”—प्रकाश १४:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने