प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ३/१५ पृ. ३२
  • इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ३/१५ पृ. ३२

इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना

यो येशू ख्रीष्टको मृत्युको घटना थियो। यो घटना किन त्यत्तिको महत्त्वपूर्ण थियो? यसका थुप्रै कारणहरू छन्‌।

मृत्युसम्मै विश्‍वासी रहनुभएर येशूले मानिसहरू परमेश्‍वरप्रति वफादार रहन सक्छन्‌ भन्‍ने कुरा प्रमाणित गर्नुभयो।

ख्रीष्टको मृत्युले कसै-कसैलाई स्वर्गमा उहाँसित सहशासकहरू हुने सुअवसर प्रदान गऱ्‍यो। यसले अरू धेरै मानिसहरूलाई पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउने बाटो पनि खोलिदियो।

आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ येशूले आफ्नो मायालु मानव बलिदानको प्रतीकस्वरूप अखमीरी रोटी र रातो दाखमद्य प्रयोग गर्नुभयो। अनि उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) के तपाईंले पनि यस महत्त्वपूर्ण घटनाको सम्झना गर्नुहुनेछ?

यहोवाका साक्षीहरू तपाईंलाई येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउन निमन्त्रणा दिन्छन्‌। यस वर्ष यो उत्सव मार्च २८ बिहीबारको दिन सूर्यास्तपश्‍चात्‌ मनाइनेछ। तपाईं आफ्नो घर नजिकैको राज्यभवनमा उपस्थित हुन सक्नुहुन्छ। निश्‍चित समय र स्थानको लागि कृपया स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने