प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१५ पृ. ३१
  • गोप्य कुरा प्रकट गर्ने समय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गोप्य कुरा प्रकट गर्ने समय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१५ पृ. ३१

गोप्य कुरा प्रकट गर्ने समय

शान्ति र झगडा कतिपय कुरा गोप्य राख्नु वा नराख्नुमा निर्भर हुन्छ। तर के गोप्य कुरा प्रकट गर्ने समय छ? अगमवक्‍ता आमोसले आफ्नो परमेश्‍वरबारे के भने ध्यान दिनुहोस्‌: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” (आमोस ३:७) यी शब्दहरूबाट हामी गोपनीयताबारे केही सिक्न सक्छौं। यहोवाले कतिपय कुरा केही समयको लागि गोप्य राख्नुहुन्छ र पछि त्यसबारे कसैलाई भन्‍नुहुन्छ। यस विषयमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

कहिलेकाहीं मसीही मण्डलीमा नियुक्‍त गोठालाहरूले कुनै-कुनै कुरा गोप्य राख्नु बेस हुन सक्छ। (प्रेरित २०:२८) उदाहरणका लागि, मण्डलीको हितलाई ध्यानमा राखेर तिनीहरूले कुनै-कुनै प्रबन्ध वा मण्डलीका जिम्मेवारीहरूमा भएका परिवर्तनबारे केही समयको लागि गोप्य राख्ने निधो गर्न सक्छन्‌।

तथापि, यस्तो विषयमा सम्बन्धित व्यक्‍तिहरूलाई कहिले अनि कसरी गोप्य कुरा प्रकट गरिनेछन्‌ भनेर प्रस्ट पार्नु महत्त्वपूर्ण छ। त्यो कुरा कहिले जनसमक्ष प्रकट गरिनेछ भन्‍ने कुरा थाह पाएपछि सम्बन्धित व्यक्‍तिले पनि गोपनीयता कायम राख्न मदत पाउन सक्छन्‌।—हितोपदेश २५:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने