प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१५ पृ. ३२
  • “तिमी गुणवती छौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमी गुणवती छौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१५ पृ. ३२

“तिमी गुणवती छौ”

यी प्रशंसाका शब्दहरू एउटी मोआबी स्त्रीलाई भनिएको थियो। तिनी, इस्राएली स्त्री नाओमीकी विधवा बुहारी रूथ थिइन्‌। रूथले आजभन्दा लगभग ३,००० वर्षअघि इस्राएलमा न्यायकर्ताहरूले शासन गर्ने समयमा गुणवती भन्‍ने नाउँ कमाएकी थिइन्‌। (रूथ ३:११) तिनले यस्तो नाउँ कसरी कमाइन्‌? तिनको उदाहरणबाट क-कसले लाभ उठाउन सक्छन्‌?

रूथ ‘परिश्रम विनाको कमाइ नखाने’ किसिमको स्त्री भएकीले, तिनले धेरै घण्टासम्म र लगनशील भएर खेतमा सिलाबाला बटुल्थिन्‌। यस्तो लगनशीलताले गर्दा नै तिनले अरूबाट प्रशंसा पाइन्‌। तिनको कामको बोझ हल्का गरिदिन आग्रह गर्दासमेत तिनीले नबिसाई काम गरिरहिन्‌ र आफूले आशा गरेभन्दा बढी काम गरिन्‌। उल्लेखनीय कुरा के छ भने, बाइबलमा बताइएको प्रशंसायोग्य, सुयोग्य अनि परिश्रमी पत्नी भन्‍ने विवरण तिनलाई ठ्याक्कै सुहाउँछ।—हितोपदेश ३१:१०-३१; रूथ २:७, १५-१७.

नम्रता, आत्मत्यागी मनोवृत्ति र वफादार प्रेमजस्ता आध्यात्मिक गुणहरूले गर्दा नै रूथले सर्वसाधारणबाट राम्रो नाउँ कमाइन्‌। आफ्नो आमाबाबु र जन्मभूमिका साथै वैवाहिक बन्धनले दिने सुरक्षालाई समेत त्यागी तिनी नाओमीसँग बसिन्‌। साथै, रूथले आफ्नी सासूको परमेश्‍वर, यहोवाको सेवा गर्ने इच्छा पनि व्यक्‍ति गरिन्‌। तिनको महत्त्वलाई प्रकाश पार्दै धर्मशास्त्रले बताएअनुसार तिनी “[नाओमीको लागि] सात भाइ छोराभन्दा पनि असल” थिइन्‌।—रूथ १:१६, १७; २:११, १२; ४:१५.

आफ्ना मानव साथीसँगीहरूमाझ त रूथको अत्युत्तम नमुना एकदमै प्रशंसायोग्य छँदै थियो तर तिनका गुणहरूप्रति परमेश्‍वरले देखाउनुभएको सकारात्मक मूल्यांकन र तिनलाई इनामस्वरूप येशू ख्रीष्टको पुर्ख्यौली हुने सुअवसर दिनुभएको कुरा त्योभन्दा धेरै महत्त्वपूर्ण छ। (मत्ती १:५; १ पत्रुस ३:४) मसीही स्त्रीहरूको लागि मात्र होइन तर यहोवाको उपासना गर्छु भनी दाबी गर्नेहरू सबैका लागि रूथ एक जना असल उदाहरण हुन्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने