प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ८/१ पृ. ३
  • अन्धविश्‍वासमा जकडिएको जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्धविश्‍वासमा जकडिएको जीवन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • अन्धविश्‍वास—किन अहिलेसम्म रहिरहेको?
    ब्यूँझनुहोस्‌!—१९९९
  • के तपाईंको जीवन आन्धविश्‍वासमा जकडिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • अन्धविश्‍वास—अहिले कत्तिको व्यापक छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वकै सबैभन्दा लामो सुरुङ मार्ग
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ८/१ पृ. ३

अन्धविश्‍वासमा जकडिएको जीवन

घरबाट निस्कन लाग्दा कसैसित जम्काभेट हुनु। अचानक ढुंगामा खुट्टा ठोक्किनु। राती कुनै खास प्रकारको चरा चिरबिराउनु। बारम्बार एउटै सपना देखिरहनु। थुप्रैका लागि यी सामान्य घटनाहरू होलान्‌। तर पश्‍चिम अफ्रिकाका केही मानिसहरू यी चिह्नहरू, शकुन वा आत्मिक संसारबाट आएका सन्देशहरू ठान्छन्‌। ती चिह्नहरू र त्यसको अर्थअनुसार यी शकुन वा अपशकुन दुवै हुन सक्छन्‌।

हो, अफ्रिकाबाहेक अन्य ठाउँमा पनि अन्धविश्‍वास व्याप्त छ। वर्षौंदेखि नास्तिकवादमाथि विश्‍वास गर्ने सरकारको शासन अन्तर्गत रहेका भए तापनि चीन तथा पूर्वी सोभियत गणतन्त्रका असंख्य मानिसहरू अझै अन्धविश्‍वास गर्छन्‌। पश्‍चिमी मुलुकका थुप्रै मानिसहरू आफ्नो राशिफल हेर्ने गर्छन्‌, शुक्रबारको दिन १३ औं तारिख पर्दा डराउँछन्‌ र कालो बिरालोदेखि टाढै बस्ने कोसिस गर्छन्‌। सुदूर उत्तरी भेगका मानिसहरू सुमेरु ज्योतिलाई युद्ध र विपत्तिको अपशकुनको रूपमा लिन्छन्‌। भारतमा दिनको प्रचण्ड गर्मीमा शीतल हुन यौन सम्पर्क गर्नुपर्छ भनी विश्‍वास गर्ने ट्रक चालकहरूले गर्दा एड्‌स रोग फैलिएको छ। जापानमा सुरुङ निर्माणमा लागिरहेका कामदारहरू निर्माण कार्य नसिद्धिंदै कोही आइमाई पस्नु दुर्भाग्यपूर्ण हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌। पेशेवर खेलहरूमा समेत अन्धविश्‍वासले ठाउँ जमाएको छ। एक जना भलिबल खेलाडीले सेतो मोजा नभई कालो मोजा लगाएकोले विजयी भएको समेत भने। यस्ता घटनाहरू उल्लेख गरेर साध्यै छैन।

तपाईं नि? के तपाईंभित्र लुकेको अनि शब्दमा व्यक्‍त गर्नै नसकिने डर छ? के तपाईं पनि “पहिलेदेखि नै चलिआएको रीतिरिवाज वा चलन भनेर कुनै किसिमको विवेक-विचार नराखी त्यसप्रति गरिने विश्‍वास”-बाट प्रभावित हुनुहुन्छ? तपाईंको जवाफले तपाईंको जीवनलाई पनि अन्धविश्‍वासले जकडेको छ वा छैन भन्‍ने कुरा प्रस्ट पार्न सक्छ किनभने एउटा जानकारीमूलक पुस्तकले पनि “अन्धविश्‍वास” शब्दलाई त्यसरी नै व्याख्या गरेको छ।

अन्धविश्‍वासको आधारमा निर्णय गर्ने र दिनचर्या चलाउने व्यक्‍तिले आफूले खासै नबुझेको कुराको वशमा आफूलाई राखिरहेको हुन्छ। के यसो गर्नु बुद्धिमानी हो? के हामीले आफूलाई त्यस्तो अनिश्‍चित अनि सम्भाव्य दुष्प्रभावहरूको वशमा पर्न दिनुहुन्छ र? के अन्धविश्‍वास भनेको अहानिकारक मंत्र हो वा हानिकारक डर?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने