प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१ पृ. २-४
  • संकटको बेला सान्त्वना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संकटको बेला सान्त्वना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले दुष्टताप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ
  • दोषी को हो ?
  • चासो राख्ने साँच्चै कोही हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • परमेश्‍वरको सही ज्ञानमा सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१ पृ. २-४

संकटको बेला सान्त्वना

आज सान्त्वनादायी समाचार विरलै सुन्‍न पाइन्छ। एउटा व्यक्‍तिले यस्तो लेखे: “वर्तमान अवस्था यतिविघ्न खस्किसकेको छ कि अक्सर छ बजेको समाचार हेर्न साहस जुटाउन गाह्रो भइसकेको छ।” युद्ध, आतंककारी क्रियाकलाप, पीडा, अपराध अनि रोगहरूमा सारा संसार चुर्लुम्म डुबेको छ; अहिलेसम्म दुष्टताले तपाईंलाई प्रत्यक्ष असर गरेको छैन भने अब धेरै बेर लाग्ने छैन।

यस्तो अवस्था हुन्छ भनेर बाइबलले पहिले नै सही भविष्यवाणी गरेको थियो। हाम्रो समयलाई संकेत गर्दै येशूले ठूलठूला युद्ध, महामारी, अनिकाल र भैंचालो हुनेछ भनी बताउनुभयो। (लूका २१:१०, ११) त्यस्तै गरी, प्रेरित पावलले “डरलाग्दो समय[मा]” मानिसहरू निष्ठुर, धनका लोभी अनि असल नरुचाउने हुनेछन्‌ भनी लेखे। उनले उक्‍त समयलाई “आखिरी दिन” भने।—२ तिमोथी ३:१-५.

त्यसैले, संसारको अवस्था वर्णन गर्ने समाचारहरू र बाइबलमा गरिएका भविष्यवाणीहरूमा केही समानता पाइन्छ। तर यो समानता संसारको अवस्था वर्णन गर्ने समाचाहरूमा मात्र सीमित छ। बाइबलले दिने प्रत्याशाहरू यस्ता समाचारहरूले दिंदैनन्‌। हामी परमेश्‍वरको प्रेरित वचनद्वारा दुष्टता यति साह्रो बढ्‌नुको कारण मात्र नभई हाम्रो भविष्य कस्तो हुनेछ भनेर पनि बुझ्न सक्छौं।

परमेश्‍वरले दुष्टताप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ

आज हाम्रो समयको निराशाजनक अवस्थाप्रति परमेश्‍वरले कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर पनि बाइबलले बताउँछ। वर्तमान संकटहरूबारे उहाँलाई पहिले नै थाह भएको भए तापनि उहाँले न त यसलाई कहिल्यै अनुमोदन दिनुहुन्छ न त अनिश्‍चित कालसम्म रहने अनुमति नै दिनुहुन्छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे, “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) यहोवाले मानिसजातिको गहिरो चासो लिनुहुन्छ अनि सबै खराबीलाई घृणा गर्नुहुन्छ। उहाँ असल र अनुकम्पापूर्ण हुनुका साथै उहाँसित यस पृथ्वीबाट दुष्टता हटाउने शक्‍ति र इच्छा दुवै भएकोले हामी सान्त्वनाको लागि निसंकोच उहाँमा भर पर्न सक्छौं। भजन रचयिताले यस्तो लेखे: “दरिद्रहरूको पुकारा सुनेर [परमेश्‍वरले नियुक्‍त गर्नुभएको स्वर्गमा बस्नु हुने राजाले] छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:१२-१४.

पीडितहरू देखेर के तपाईंको मन दुख्छ? सायद दुख्छ होला। यहोवाले हामीभित्र राखिदिनुभएको एउटा गुण समानुभूति हो किनभने हामी उहाँकै स्वरूपमा सृष्टि गरिएका हौं। (उत्पत्ति १:२६, २७) त्यसैले, मानवीय पीडाप्रति यहोवा भावशून्य हुनुहुन्‍न भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। यहोवालाई सबैभन्दा नजिकबाट चिन्‍ने येशूले यहोवा हाम्रो गहिरो चासो लिनुहुन्छ र अनुकम्पामा भरिपूर्ण हुनुहुन्छ भनी सिकाउनुभयो।—मत्ती १०:२९, ३१.

परमेश्‍वरले मानवजातिको ख्याल राख्नुहुन्छ भन्‍ने कुराको सृष्टि आफै गवाही छ। येशूले यसो भन्‍नुभयो, परमेश्‍वरले “दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) लिस्त्रा शहरका मानिसहरूलाई प्रेरित पावलले यस्तो लेखे: “[परमेश्‍वरले] आफूलाई विना गवाही छोडनुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो।”—प्रेरित १४:१७.

दोषी को हो ?

पावलले लिस्त्राका मानिसहरूलाई भनेको यो कुरा पनि उल्लेखनीय छ: “अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई [परमेश्‍वरले] आफ्ना आफ्ना मार्गमा चल्न दिनुभयो।” त्यसैले, राष्ट्रहरू अर्थात्‌ मानिसहरू स्वयम्‌ नै आफूले भोग्ने संकटपूर्ण परिस्थितिहरूको लागि धेरै हदसम्म जिम्मेवार छन्‌। परमेश्‍वरलाई दोषी ठहऱ्‍याउन मिल्दैन।—प्रेरित १४:१६.

यहोवाले किन खराबीलाई रहने अनुमति दिनुहुन्छ? के परमेश्‍वरले कहिल्यै यसलाई हटाउनुहुनेछ? यी प्रश्‍नहरूको जवाफ केवल परमेश्‍वरको वचनमा पाइन्छ। किनभने यस प्रश्‍नको जवाफ अर्कै आत्मिक व्यक्‍ति अनि त्यस व्यक्‍तिले आत्मिक संसारमा खडा गरेको विवादसित मुछिएको छ।

[पृष्ठ ४-मा भएका चित्रहरू]

मानिसजातिमा समानुभूति छ। मानवीय पीडाहरूप्रति परमेश्‍वर कम संवेदनशील हुनुहोला र?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Tank: UN PHOTO 158181/J. Isaac; earthquake: San Hong R-C Picture Company

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Starving child: UN PHOTO 146150 BY O. MONSEN

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने