प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१५ पृ. ३
  • नचिनेको परमेश्‍वरलाई विश्‍वास गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नचिनेको परमेश्‍वरलाई विश्‍वास गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा चिन्‍नुहुन्छ?
  • साँचो ईश्‍वर को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • यहोवा—चिन्‍न योग्यको परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के तपाईं चिन्‍नुहुन्छ आफ्नो स्वर्गका पितालाई?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१५ पृ. ३

नचिनेको परमेश्‍वरलाई विश्‍वास गर्ने

जर्मनीमा तीन जनामध्ये दुई जनाले परमेश्‍वरमाथि विश्‍वास गर्छन्‌। तर एक हजारभन्दा धेरै व्यक्‍तिहरूलाई तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरबारे सोध्दा प्रायः सबैले नै फरक-फरक जवाफ दिए। खबरपत्रिका फोकस यस्तो रिपोर्ट दिन्छ, “परमेश्‍वरबारे जर्मनहरूको धारणा व्यक्‍तिपिच्छे फरक-फरक छ।” हो, परमेश्‍वरमाथि विश्‍वास गर्नु प्रशंसनीय कुरा हो तर परमेश्‍वर कस्तो हुनुहुन्छ भनी थाहै नभई उहाँमा विश्‍वास गर्नु के दुःखलाग्दो कुरा होइन र?

परमेश्‍वरको स्वभाव वा व्यक्‍तित्वबारे यस्तो अन्योल जर्मनीमा मात्र सीमित छैन; सारा युरोपभरि नै यो अन्योल व्याप्त छ। अष्ट्रिया, बेलाइत र नेदरल्याण्ड्‌समा लिइएको सर्वेक्षणमा धेरैले परमेश्‍वर “एउटा उच्च शक्‍ति वा वर्णन गर्नै नसकिने रहस्य” हुनुहुन्छ भन्‍ने कुरालाई मानिलिए। विशेष गरी युवाहरू अनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूको लागि समेत उहाँ एक रहस्य हुनुहुन्छ।

के तपाईं परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा चिन्‍नुहुन्छ?

कुनै व्यक्‍तिबारे थाह पाउनु र कुनै व्यक्‍तिलाई व्यक्‍तिगत रूपमा चिन्‍नुमा आकाश पातालको भिन्‍नता छ। कुनै व्यक्‍तिबारे थाह पाउनु भनेको उसको अस्तित्व छ भनेर मानिलिनु मात्र हो। जस्तै: कहिल्यै भेट्‌न नसकिने राजा, उत्कृष्ट खेलाडी वा फिल्म स्टार। तर कसैलाई व्यक्‍तिगत रूपमा चिन्‍नुमा धेरै कुराहरू समावेश छन्‌। यसमा त्यस व्यक्‍तिको चरित्र, आचरण, भावना, उसलाई मनपर्ने र मन नपर्ने कुराहरू अनि उसका भविष्यका योजनाहरू राम्ररी थाह पाउनु पनि समावेश छ। कसैलाई व्यक्‍तिगत रूपमा चिन्‍नु भनेको त्यस व्यक्‍तिसित घनिष्ठ सम्बन्ध राख्ने बाटो खोल्नु हो।

परमेश्‍वरबारे अस्पष्ट ज्ञान राख्नु वा परमेश्‍वरको अस्तित्व छ भनेर मानिलिनु मात्र पर्याप्त छैन भन्‍ने निष्कर्षमा लाखौं व्यक्‍तिहरू पुगेका छन्‌। परमेश्‍वरलाई नजिकबाट चिन्‍न तिनीहरूले धेरै प्रयास गरेका छन्‌। के तिनीहरूको प्रयास व्यर्थ गएको छ? पहिले परमेश्‍वरमा सामान्य विश्‍वास मात्र राख्ने जर्मनीको उत्तरी भागमा बस्ने पलले परमेश्‍वरलाई व्यक्‍तिगत रूपले अझ राम्ररी चिन्‍ने निर्णय गरे। पल यसो भन्छन्‌: “परमेश्‍वरलाई नजिकबाट चिन्‍न समय र प्रयास चाहिन्छ तर प्रतिफल साँच्चै इनामदायी हुन्छ। सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध राख्दा दैनिक जीवन धेरै आनन्ददायी हुन्छ।”

परमेश्‍वरलाई नजिकबाट चिन्‍न आवश्‍यक समय र प्रयास खर्च गर्नु के साँच्चै फलदायी छ? कृपया अर्को लेख पढ्‌नुहोस्‌।

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

कुनै व्यक्‍तिबारे थाह पाउनु र कुनै व्यक्‍तिलाई व्यक्‍तिगत रूपमा चिन्‍नुमा आकाश पातालको भिन्‍नता छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने