प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ३/१५ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको साँझको भोज किन मनाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “मेरो सम्झनामा यो गर्ने गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • एउटा साधारण उत्सवबाट स्वर्गका राजाबारे के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ३/१५ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

कुनै अशक्‍त अभिषिक्‍त मसीही प्रभुको साँझको भोज मनाउन मण्डलीमा उपस्थित हुन नसकेको खण्डमा के कुनै प्रबन्ध मिलाउन सकिन्छ?

सकिन्छ। कुनै न कुनै प्रबन्ध मिलाउन सकिन्छ र अशक्‍त अभिषिक्‍त मसीहीको अवस्थालाई ध्यानमा राखेर अनि बिरामीको कारण ओछ्यानमा थला परेकोले मण्डलीले प्रभुको मृत्युको स्मरणार्थ मनाउँदा उपस्थित हुन नसकेको हुन सक्ने भएको कारण पनि कुनै प्रबन्ध मिलाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा, प्राचीनहरूको निकायले एक जना प्राचीन नभए अर्को परिपक्व मसीही भाइलाई प्रतीकात्मक रोटी र दाखमद्य लिएर ती अशक्‍त अभिषिक्‍त वा बिरामी सँगी-विश्‍वासीकहाँ त्यही रात सूर्योदयअघि पठाउने प्रबन्ध मिलाउन सक्छन्‌।

भेट्‌न जाने प्राचीन वा अर्को भाइले छलफल गरिएका कुरा परिस्थितिअनुसार छोटकरीमा बताउनुका साथै उपयुक्‍त शास्त्रपदहरू पढ्‌न सक्छन्‌। प्रभुको साँझको भोज स्थापित गर्नुहुँदा येशूले बसाल्नुभएको नमुनाअनुसार तिनले गर्न सक्छन्‌। उदाहरणका लागि, मत्ती २६:२६ पढेर प्रार्थना गरेपछि अखमीरी रोटी दिन सक्छन्‌। त्यसपछि, तिनले मत्ती अध्याय २६, पद २७ र २८ पढेर अर्को प्रार्थना गरेपछि दाखमद्य दिन सक्छन्‌। प्रत्येक प्रतीकको महत्त्वबारे छोटकरीमा बताउन सकिन्छ र अन्तमा समापन प्रार्थना गर्नु उचित हुनेछ।

निस्सन्देह, मण्डलीमा मनाइने प्रभुको साँझको भोजमा उपस्थित हुन सबैले यथासक्दो प्रयास गर्नुपर्छ। तर कुनै अभिषिक्‍त मसीही सिकिस्त बिरामी परेका छन्‌, अस्पताल भर्ना गरिएको छ वा अन्य कारणले गर्दा नीसान १४ का दिन सूर्यास्तपश्‍चात्‌ स्मरणार्थ मनाउन उपस्थित हुन सक्दैनन्‌ भने, त्यस्तो अप्ठ्यारो परिस्थितिमा के गर्न सकिन्छ? यस्तो अभिषिक्‍त मसीहीले मोशालाई दिइएको व्यवस्थामा उल्लिखित प्रबन्धबाट लाभ उठाउन सक्छन्‌ र ३० दिनपछि तिनले यो उत्सव व्यक्‍तिगत रूपमा मनाउन सक्छन्‌।—गन्ती ९:९-१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने