प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ३/१५ पृ. ३२
  • के गरिबीको कहिल्यै अन्त हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के गरिबीको कहिल्यै अन्त हुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ३/१५ पृ. ३२

के गरिबीको कहिल्यै अन्त हुनेछ?

“अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ” भनी पुरातन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले बताए। (उपदेशक ४:१) निस्सन्देह, तिनले अत्याचारमा परेका जुन व्यक्‍तिहरूबारे सोच्दै थिए, तीमध्ये धेरैजसो गरिब पनि थिए।

गरिबी भन्‍ने कुरा आर्थिक दृष्टिकोणले मात्र नाप्न मिल्दैन। तर विश्‍वबैंकले सन्‌ २००२ जूनमा उपलब्ध गराएको तथ्यांकअनुसार “सन्‌ १९९८ मा संसारभरका १ अरब २० करोड मानिसहरूले प्रतिदिन १ अमेरिकी डलरभन्दा थोरै खर्चमा गुजारा चलाएका थिए भने, . . . २ अरब ८० करोड मानिसहरूले प्रतिदिन २ अमेरिकी डलरभन्दा कममा आफ्नो गुजारा चलाएका थिए भन्‍ने कुरा अनुमान गरिएको छ।” यो तथ्यांक विगतमा गरिएको अनुमानभन्दा थोरै भए तापनि “गरिबीको तुलनामा मानवजातिले भोगिरहेको दुःख निकै अकासिंदो छ” भन्‍ने कुरा उल्लेख गरियो।

के गरिबीको कहिल्यै अन्त हुनेछ? येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “गरीबहरू ता सधैं तिमीहरूसँग हुन्छन्‌।” (यूहन्‍ना १२:८) तर के यसको अर्थ गरिबी तथा यसले गर्दा हुने दुःखदायी परिणामहरूको अन्त कहिल्यै हुनेछैन? त्यसो होइन, किनभने येशूले आफ्ना सबै अनुयायीहरू भौतिक तवरमा सुसम्पन्‍न हुनेछन्‌ भनी प्रतिज्ञा नगर्नुभए तापनि उहाँले भन्‍नुभएका कुराबाट हामी गरिबहरूको लागि कुनै आशै छैन भन्‍ने निष्कर्षमा चाहिं पुग्नु हुँदैन।

गरिबीको अन्त गर्न मानिसहरूले अनेकौं प्रयास तथा प्रतिज्ञाहरू गरे तापनि ती अक्सर सफल भएका छैनन्‌ तर परमेश्‍वरको वचन, बाइबलले हामीलाई चाँडै गरिबीको मारमा कोही पनि पर्नेछैन भनी आश्‍वासन दिन्छ। साँच्चै, येशूले ‘गरिबहरूलाई सुसमाचार सुनाउनुभयो।’ (लूका ४:१८) यस सुसमाचारमा गरिबी निर्मूल पारिनेछ भन्‍ने प्रतिज्ञा पनि समावेश छ। परमेश्‍वरको राज्यले पृथ्वीमा धार्मिक व्यवस्था स्थापित गर्दा यस्तो हुनेछ।

त्यो साँच्चै कत्ति भिन्‍न संसार हुनेछ! स्वर्गमा बस्नुहुने राजा येशू ख्रीष्टले ‘कमजोर र दरिद्रलाई टिठाउनुहुनेछ, र दरिद्रहरूको प्राण उहाँले बचाउनुहुनेछ।’ साँच्चै, ‘अत्याचार र थिचोमिचोबाट उहाँले तिनीहरूको प्राण मोल तिरेर छुटाउनुहुनेछ।’—भजन ७२:१३, १४.

त्यस समयबारे मीका ४:४ यसो भन्छ: “हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।” परमेश्‍वरको राज्यले मानवजातिलाई पिरोल्ने सबै समस्याहरूको समाधान गर्नेछ। त्यसले रोगबिमार तथा मृत्युसमेत नामेट पार्नेछ। परमेश्‍वरले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।’—यशैया २५:८.

तपाईं यी प्रतिज्ञाहरूमा भर पर्न सक्नुहुन्छ किनभने ती स्वयम्‌ परमेश्‍वरद्वारा प्रेरित प्रतिज्ञाहरू हुन्‌। बाइबल भविष्यवाणीहरू भरपर्दा छन्‌ भन्‍ने प्रमाणहरू जाँच्नुभए कसो होला?

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

FAO photo/M. Marzot

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने