प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ पृ. ३-४
  • येशूको अस्तित्वको पुरातात्त्विक प्रमाण?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको अस्तित्वको पुरातात्त्विक प्रमाण?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अस्थिबाकस प्रामाणिक हो?
  • तिनी कैयाफाकी आफन्त थिइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • बाइबलकालीन यरूशलेम—पुरातत्त्वले के प्रमाणित गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • येसुको भाइबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • नासरतमा हुर्कनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ पृ. ३-४

येशूको अस्तित्वको पुरातात्त्विक प्रमाण?

“येशूको अस्तित्वको प्रमाण ढुंगामा लेखिएको छ।” बिब्लिकल आर्कियोलोजी रिभ्यु (नोभेम्बर/डिसेम्बर २००२) नामक पत्रिकाको आवरणमा उक्‍त घोषणा छापिएको थियो। त्यस आवरण पृष्ठमा इजरायलमा भेट्टाइएको अस्थिबाकस चित्रण गरिएको थियो। सा.यु.पू. प्रथम शताब्दीदेखि सा.यु. ७० बीचको छोटो अवधिमा यहूदीहरूमाझ अस्थिबाकसको व्यापक प्रयोग गरिन्थ्यो। यो अस्थिबाकस विशेष गरी उल्लेखनीय हुनुको कारण यसको एउटा छेउमा कुँदिएको अरामी अक्षरहरू थिए। शास्त्रविद्‌हरूले यसमा कुँदिएको कुरा मानिलिए, “यूसुफको छोरा र येशूको भाइ, याकूब।”

बाइबलअनुसार नासरतका येशूको याकूब नाउँ गरेको भाइ थियो जो मरियमका पति यूसुफको छोरा मानिन्थ्यो। येशू ख्रीष्टले आफ्नो गृहनगरमा सिकाउनुहुँदा तीन छक परेका श्रोताहरूले यस्तो प्रश्‍न गरे: “के यिनी सिकर्मीका छोरा होइनन्‌? के यिनका आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, यूसुफ, शिमोन र यहूदा होइनन्‌? औ के यिनका बहिनीहरू सबै हामीहरूसित छैनन्‌ र?”—मत्ती १३:५४-५६; लूका ४:२२; यूहन्‍ना ६:४२.

हो, त्यो अस्थिबाकसमा कुँदिएका कुराहरू नासरतका येशूको विवरणसँग मेल खान्छ। त्यस शिलालेखमा उल्लेख गरिएको याकूब, येशू ख्रीष्टको सौतेनी भाइ नै हो भने यो “बाइबलबाहेक येशू ख्रीष्टको अस्तित्वको सबैभन्दा पुरानो प्रमाण” हुनेछ भनी पुरातन शिलालेखहरूका विशेषज्ञ र सुरुमा उल्लेख गरिएको बिब्लिकल आर्कियोलोजी रिभ्यु-का लेखक आन्द्रे लमारले ठोकुवा गरे। उक्‍त पत्रिकाका सम्पादक हर्शल श्‍यांक्स्‌ले त्यो अस्थिबाकस “यस पृथ्वीमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण व्यक्‍तिको ठोस र दृश्‍य प्रमाण” हो भनी टिप्पणी गरे।

तथापि, अस्थिबाकसमा कुँदिएका तीनवटै नाउँहरू प्रथम शताब्दीमा सामान्य थिए। त्यसकारण येशू ख्रीष्टको परिवारबाहेक अन्य परिवारका सदस्यहरूको नाउँ पनि याकूब, यूसुफ र येशू हुन सक्थ्यो। लमार यस्तो अनुमान गर्छन्‌: “यरूशलेममा सा.यु. ७० भन्दाअघिको दुई पुस्तामा . . . ‘यूसुफको छोरा र येशूको भाइ, याकूब’ भनिने झन्डै २० जना मानिसहरू थिए होलान्‌।” यद्यपि, तिनलाई त्यो अस्थिबाकसमा लेखिएको याकूब, येशू ख्रीष्टको सौतेनी भाइ नै थिए भन्‍ने सम्भावना ९० प्रतिशत छ जस्तो लाग्छ।

त्यस शिलालेखमा लेखिएको याकूब, येशू ख्रीष्टकै सौतेनी भाइ हुन सक्छ भनी कसै-कसैलाई लाग्नुको अर्को एउटा पक्ष पनि छ। त्यस्तो अस्थिबाकसहरूमा मृत व्यक्‍तिको पिताको नाउँ उल्लेख गर्नु सामान्य भए तापनि दाइ/भाइको नाउँ हतपती लेखिंदैनथ्यो। त्यसकारण, कोही-कोही शास्त्रविद्‌हरू ती येशू पक्कै पनि एक जना महत्त्वपूर्ण व्यक्‍ति हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्‌ अनि यसले गर्दा ती व्यक्‍ति मसीहीधर्मका संस्थापक येशू ख्रीष्ट नै हुनुपर्छ भन्‍ने निष्कर्षमा पुगेका छन्‌।

अस्थिबाकस प्रामाणिक हो?

अस्थिबाकस भनेको के हो? यो एउटा बाकस वा सन्दुक हो जसमा मृत व्यक्‍तिको शरीर चिहानमा कुहिसकेपछि तिनका हड्डीहरू राखिन्छ। यरूशलेम वरपरका चिहानहरूबाट थुप्रै अस्थिबाकसहरू लुटिए। याकूबको नाउँ कुँदिएको बाकस पनि आधिकारिक उत्खनन क्षेत्रबाट होइन तर पुराना कलाकृतिहरू बेच्ने बजारमा फेला पारिएको थियो। भनिन्छ, यस पुरानो पुरातात्त्विक महत्त्व भएको सामानको मालिकले १९७० को दशकमा केही सय अमेरिकी डलरमा किनेका थिए। त्यसकारण अस्थिबाकसको मूल स्रोतबारे स्पष्ट छैन। “यदि तपाईंले पुरानो पुरातात्त्विक महत्त्व भएको सामान कहाँ भेट्टाइएको हो र यो झन्डै २,००० वर्षसम्म कहाँ थियो भनेर बताउन सक्नुहुन्‍न भने तपाईंले त्यो सामान र त्यसमा उल्लेख गरिएको व्यक्‍तिबीच सम्बन्ध गाँस्ने जमर्को गर्न सक्नुहुन्‍न” भनी न्यु योर्कको बार्ड कलेजका प्राध्यापक ब्रूस चिल्टन बताउँछन्‌।

पुरातात्त्विक प्रमाणको अभावको कारण आन्द्रे लमार त्यो बाकस इजरायलको जियोलोजिकल सर्भेमा पठाए। त्यहाँ अनुसन्धानकर्ताहरूले त्यो अस्थिबाकस सा.यु. प्रथम वा दोस्रो शताब्दीको चूनढुंगाले बनेको हो भनी पुष्टि गरे। तिनीहरूले त्यसमा “आधुनिक ज्यावल वा उपकरण प्रयोग गरिएको कुनै संकेत नपाएको” रिपोर्ट गरे। तैपनि, न्यु योर्क टाइम्स-ले अन्तरवार्ता लिएका बाइबलविद्‌हरूले “त्यस परिस्थितिलाई विचार गरेर हेर्दा त्यो येशूसित सम्बन्धित हुन सक्ने प्रबल सम्भावना भएको” विचार व्यक्‍त गरे “तर यो प्रमाण त्यस परिस्थितिलाई विचार गर्दा मात्रै हो” पनि भने।

“आज कोही पनि शिक्षित व्यक्‍तिले येशूको अस्तित्वमाथि शंका गर्दैन” भनी टाइम पत्रिकाले टिप्पणी गऱ्‍यो। तैपनि थुप्रैलाई येशूको अस्तित्वबारे बाइबलबाहेक अन्य ठाउँमा पनि प्रमाण हुनुपर्ने जस्तो लाग्छ। के येशू ख्रीष्टमाथि विश्‍वास गर्न सकिने आधार पुरातात्त्विक प्रमाण मात्र हो? “यस पृथ्वीमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण व्यक्‍तिको” ऐतिहासिकताबारे हामीसित के प्रमाण छ?

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Left, James Ossuary: AFP PHOTO/J.P. Moczulski; right, inscription: AFP PHOTO/HO

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने