प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ पृ. ३२
  • सामान्य चलन मात्रै वा घूस?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सामान्य चलन मात्रै वा घूस?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ पृ. ३२

सामान्य चलन मात्रै वा घूस?

कुनै-कुनै पोलीश कलेजहरूमा परीक्षामा राम्रो अंक आओस्‌ भनेर शिक्षकहरूका लागि उपहारहरू किन्‍न विद्यार्थीहरूले पैसा उठाउने चलन छ। त्यसैकारण कटारजीना नाउँकी एउटी जवान मसीहीले यस प्रकारको कठिन परिस्थितिको सामना गर्नु कुनै अनौठो कुरा होइन। “पैसा दिउँ कि नदिउँ?” तिनलाई बडो अप्ठ्यारो भयो। तिनका साथीहरूले यस्तो तर्क गरे: “यो त सामान्य चलन हो। दिएर के नै फरक पर्छ र, बरु तिमीलाई उल्टै धेरै फाइदा हुन्छ। त्यसैले किन बेकारमा सोचिरहन्छ्‌यौ?”

“अध्ययनको पहिलो वर्ष त मैले पनि यसरी पैसा उठाउने काममा भाग लिएँ” भनी कटारजीना स्वीकार्छिन्‌। “यस्तो काममा भाग लिएर मैले बाइबलमा निषेधित घूसजस्तो कुरालाई बढवा दिइरहेको छु भनेर त मलाई पछि मात्र थाह भयो।” यहोवाले घूसखोरहरूको घोर निन्दा गर्नुहुन्छ भन्‍ने शास्त्रपद तिनले सम्झिन्‌। (व्यवस्था १०:१७; १६:१९; २ इतिहास १९:७) कटारजीना यसो भन्छिन्‌: “साथीहरूको दबाबमा पर्नु कत्ति पनि बेर लाग्दैन रहेछ भन्‍ने कुरा मैले बुझें। मैले यस कुरालाई धेरै विचार गरें र त्यसपछि यस्तो चलनमा फेरि कहिल्यै भाग लिइनँ।” गत तीन वर्षको दौडान, कतिपय विद्यार्थीहरूले खिसी गरे तापनि “उपहार” किन्‍न यसरी पैसा उठाउने काममा भाग नलिनुको कारण आफ्नो बाइबल आधारित विश्‍वास हो भनेर तिनले कसै-कसैलाई बताउन सकिन्‌।

कसै-कसैले कटारजीनालाई स्वार्थी अनि एकलकाँटे भन्‍ने आरोप लगाए। “कोही-कोही त मसँग अझै पनि त्यति मिल्दैनन्‌” भनी तिनी बताउँछिन्‌। “अर्कोतर्फ, थुप्रैले मेरो विचारधाराको कदर गर्छन्‌ र त्यसले गर्दा मलाई धेरै खुसी लाग्छ।” कटारजीना एक जना यहोवाको साक्षीको रूपमा चिनिइन्‌, जसले दैनिक जीवनमा बाइबल सिद्धान्तहरू लागू गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने