प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ पृ. ३१
  • चराहरूले हामीलाई के सिकाउन सक्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चराहरूले हामीलाई के सिकाउन सक्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ पृ. ३१

चराहरूले हामीलाई के सिकाउन सक्छन्‌

“आकाशका चरा-चुरुंगीहरूलाई हेर। तिनीहरूले नता बिउ छर्छ, न अन्‍न काट्‌छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा ज्यादा श्रेष्ठ होइनौ?” (मत्ती ६:२६) गालील समुद्र नजिकैको डाँडामा दिनुभएको प्रख्यात उपदेशमा येशू ख्रीष्टले उक्‍त कुरा भन्‍नुभएको थियो। उहाँका श्रोता उहाँका अनुयायीहरू मात्र थिएनन्‌। त्यहाँ विभिन्‍न ठाउँबाट आएका सम्भाव्य चेलाहरूको एउटा ठूलो भीड थियो। तीमध्ये थुप्रै मानिसहरू गरिब थिए र तिनीहरूले बिरामीहरूलाई निको पार्न येशूकहाँ ल्याएका थिए।—मत्ती ४:२३–५:२; लूका ६:१७-२०.

सबै बिरामीहरूलाई निको पारिसक्नुभएपछि येशूले झनै महत्त्वपूर्ण आध्यात्मिक आवश्‍यकताहरूप्रति ध्यान दिनुभयो। उहाँले सिकाउनुभएका पाठहरूमध्ये एउटा माथि उल्लिखित कुरा हो।

आकाशका चरा-चुरुंगीहरू धेरै लामो समयदेखि अस्तित्वमा छन्‌। केही चराहरू कीरा खाएर बाँच्छन्‌ भने, अन्य कतिपयले फलफूल तथा गेडागुडी खान्छन्‌। परमेश्‍वरले चराहरूका लागि प्रशस्त आहाराको यस्तो प्रबन्ध मिलाउनुभएको छ भने, उहाँले आफ्ना मानव सेवकहरूको दैनिक आहार जुटाउन मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरामा कुनै शंका छैन। भोजनको लागि पैसा जुटाउन उनीहरूलाई जागिर खोज्न मदत गर्नुभएर उहाँले यसो गर्न सक्नुहुन्छ। अथवा प्रशस्त खेतीपाती गर्न उनीहरूलाई मदत गर्न सक्नुहुन्छ। आपद्‌विपद्‌को समयमा परमेश्‍वरले दयालु छिमेकी तथा साथीहरूलाई आफूसित भएका खानेकुरा खाँचोमा परेकाहरूसित बाँड्‌चुड गर्न उत्प्रेरित गर्न सक्नुहुन्छ।

चराको जीवन राम्ररी नियालेर हेर्दा हामी अझ धेरै कुरा सिक्न सक्छौं। परमेश्‍वरले चराहरूलाई गुँड बनाउने अद्‌भुत क्षमतासहित सृष्टि गर्नुभएको छ, जुन गुँडमा तिनीहरूले आफ्ना बचेराहरूलाई हुर्काउन सक्छन्‌। दुई किसिमको गुँडलाई विचार गर्नुहोस्‌। बायाँपट्टि देखाइएको गुँड अफ्रिकन रक मार्टिन अर्थात्‌ एक किसिमको गौंथलीको हो। यो गुँड चट्टान वा घरको भित्तामा बनाइन्छ। यस्ता गुँडहरूको छाना चुस्स निस्केको चट्टान वा यस चित्रमा देखाइएझैं घरको छानाकै किनार हुन्छ। गुँड हिलोका साना-साना टुक्रा टाँसेर कचौराको आकारमा बनाइएको हुन्छ। भाले-पोथी दुवैले मेहनत गरेर हिलोका टुक्राहरू बटुल्छन्‌ र गुँड बनाउन एक महिनाभन्दा अलि बढी लाग्न सक्छ। त्यसपछि भने तिनीहरूले यसमाथि घाँस र भुत्लाहरू बिछ्याउँछन्‌। दुवै मिलेर बचेरालाई चारो खुवाउँछन्‌। तल देखाइएको गुँडचाहिं भाले तोपचराको हो। यी मेहनती अफ्रिकी चराले घाँस वा अन्य बोटविरुवाका पातहरू जम्मा गरेर गुँड बनाउँछन्‌। यसले एक दिनमा एउटा गुँड बनाउन सक्छ भने, एक याममा ३० वटा भन्दा बढी गुँड बनाउन सक्छन्‌!

यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यदि परमेश्‍वरले चराहरूलाई गुँड बनाउन यस्तो सीप तथा प्रशस्त सामग्रीहरू उपलब्ध गराउन सक्नुहुन्छ भने, उहाँले आफ्ना मानव सेवकहरूलाई बस्नका लागि आवश्‍यक आवासको प्रबन्ध मिलाउन अवश्‍य मदत गर्न सक्नुहुन्छ। तथापि, हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गर्न यहोवा परमेश्‍वरले मदत गरेको चाहन्छौं भने, हामीले केही कुरा गर्नु जरुरी छ भनेर येशूले देखाउनुभयो। “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌” भनी येशूले प्रतिज्ञा गर्नुभयो। (मत्ती ६:३३) तपाईंलाई यस्तो लाग्न सक्छ, ‘पहिले परमेश्‍वरको राज्यको खोजी गर्न’ के गर्नुपर्छ? यो पत्रिका वितरण गर्ने यहोवाका साक्षीहरू तपाईंलाई यस प्रश्‍नको जवाफ दिन खुसी हुनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने