प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ पृ. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • दियाबल अनि त्यसका दाउपेचहरूको विरोध गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • दियाबल को हो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ पृ. ३०

पाठकहरूका प्रश्‍नहरू

के शैतान अर्थात्‌ दियाबलले मानिसको मनका कुराहरू थाह पाउन सक्छ?

हामीले ठोकुवा गरेर भन्‍न नसके तापनि, शैतान तथा त्यसका प्रेतहरूलाई हाम्रो मनका विचारहरू थाह हुन्छ जस्तो देखिंदैन।

शैतानलाई बुझाउन चलाइने वर्णात्मक नाउँहरूलाई विचार गर्नुहोस्‌। त्यसलाई शैतान (विरोधी), दियाबल (निन्दक), सर्प (ठगाहाको पर्यायवाची), परीक्षा गर्ने, र झूट भनिन्छ। (अय्यूब १:६; मत्ती ४:३; यूहन्‍ना ८:४४; २ कोरिन्थी ११:३; प्रकाश १२:९) यी वर्णात्मक नाउँहरूमध्ये कुनैले पनि शैतानलाई मनका कुराहरू थाह हुन्छ भनेर संकेत गर्दैन।

तथापि, त्यसको ठीक विपरीत यहोवा परमेश्‍वरलाई “मन जाँच गर्ने” भनेर सम्बोधन गरिएको छ। (हितोपदेश १७:३; १ शमूएल १६:७; १ इतिहास २९:१७) हिब्रू ४:१३ मा यसो भनिएको छ: “उहाँको [यहोवाको] दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।” त्यसैकारण यहोवाले आफ्ना पुत्र, येशूलाई मन जाँच्ने क्षमता दिनुभएकोमा अचम्म मान्‍नुपर्ने कुनै कारण छैन। पुनरुत्थान हुनुभएका येशूले यसो भन्‍नुभयो: “म उही हुँ, जसले सबैको मन र हृदय खोतल्छ, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसारै दिनेछु।”—प्रकाश २:२३.

शैतानले मानिसहरूको हृदय अनि मनका कुराहरू खोतल्न सक्छ भनेर बाइबलले बताउँदैन। यो कुरा महत्त्वपूर्ण छ किनभने मसीहीहरू “[शैतानका] युक्‍तिहरूका विषयमा” अजान छैनन्‌ भनी प्रेरित पावल हामीलाई आश्‍वासन दिन्छन्‌। (२ कोरिन्थी २:११) त्यसैकारण शैतानसित हामीलाई पटक्कै थाह नभएको कुनै विशेष क्षमता छ भनेर हामी डराउनु पर्दैन।

यद्यपि, यसो भन्दैमा हाम्रो विरोधीलाई हाम्रा कमिकमजोरीहरू थाहै हुँदैन भनेको चाहिं पटक्कै होइन। शैतानले धेरै अघिदेखि मानिसको स्वभाव अध्ययन गर्ने मौका पाएको छ। हामी कस्तो किसिमको बानीबेहोरा बसाल्छौं भनेर बुझ्न, कस्तो किसिमको मनोरञ्जनको पछि लाग्छौं, सो याद गर्न वा हामी के विषयमा कुरा गर्छौं इत्यादि कुरा सुन्‍न त्यसलाई हाम्रो मन जाँचिरहनु आवश्‍यक छैन। हामी के सोचिरहेका छौं वा कस्तो महसुस गरिरहेका छौं भन्‍ने कुराको छनक हाम्रो मुहार तथा शरीरको हाउभावले पनि बताउँछ।

तथापि, साधारणतया शैतानले झूट, ठगी र गलत जानकारीजस्ता अदनको बगैंचामा चलाएका युक्‍तिहरू नै चलाउँछ। (उत्पत्ति ३:१-५) शैतानले मनका कुरा थाह पाउँछ होला भनेर मसीहीहरू डराउनु पर्दैन तर शैतानले तिनीहरूको मनमा कस्तो विचारधारा भर्ने कोसिस गर्न सक्छ भनेर चाहिं तिनीहरू सतर्क रहनै पर्छ। मसीहीहरू “बुद्धि बिग्रेका भई, सत्यबाट अलग” होस्‌ भन्‍ने त्यो चाहन्छ। (१ तिमोथी ६:५) त्यसकारण, शैतानको संसारले भ्रष्ट जानकारी तथा मनोरञ्जन छ्यासछ्यास्ती प्रवाह गरेकोमा अचम्म मान्‍नुपर्ने कुनै कारण छैन। यो आक्रमण विरुद्ध खडा हुन मसीहीहरूले “मुक्‍तिको टोप” लगाएर आफ्नो मनलाई सुरक्षित राख्नै पर्छ। (एफिसी ६:१७) बाइबल सत्यले आफ्नो मन भरेर अनि शैतानको संसारका पतित कुराहरूदेखि टाढा रहेर तिनीहरूले आफ्नो मनलाई सुरक्षित राख्छन्‌।

शैतान डरलाग्दो शत्रु हो। तर त्यो तथा त्यसका प्रेतहरूदेखि हामी अचाक्ली डराउनु आवश्‍यक छैन। याकूब ४:७ हामीलाई यस्तो आश्‍वासन दिन्छ: “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” हामीले यो सल्लाह पछ्याएको खण्डमा हामी पनि येशूले जस्तै शैतानको हामीसँग केही छैन भन्‍न सक्नेछौं।—यूहन्‍ना १४:३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने