प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १०/१ पृ. ८
  • एलीजेन्ड्राले पठाएको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एलीजेन्ड्राले पठाएको पत्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • “आत्मामा जोसिलो” मेक्सीकोमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १०/१ पृ. ८

राज्य उद्‌घोषकहरूको रिपोर्ट

एलीजेन्ड्राले पठाएको पत्र

पत्र लेखन धेरै पहिलादेखि साक्षी दिने एउटा प्रभावकारी माध्यम साबित भएको छ। कहिलेकाहीं यसको परिणाम अनिश्‍चित देखिए तापनि यो तरिका अपनाइरहनेहरूले प्रचुर मात्रामा आशिष्‌ पाएका छन्‌। उनीहरू बाइबलको यो बुद्धिमानी सल्लाह सम्झन्छन्‌: “बिहान समयमानै बिउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़, किनभने अहिले छरेको अथवा भरै छरेको कुन चाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्‌।”—उपदेशक ११:६.

मेक्सिकोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा दस वर्षदेखि सेवा गर्दै आएकी एक जवान साक्षी, एलीजेन्ड्रा क्यान्सरबाट पीडित भएकी हुँदा केमोथेरापी गरिरहेकी थिइन्‌। तिनको अवस्था झन्‌-झन्‌ बिग्रँदै गयो र तिनी आफ्नो दैनिक क्रियाकलापसमेत गर्न नसक्ने गरी अत्यन्तै कमजोर भइन्‌। तथापि, आफ्नो सेवकाईलाई बेवास्ता गर्न नचाहेको कारण एलीजेन्ड्राले पत्रहरू लेख्ने निधो गरिन्‌। तिनले निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रबन्धबारे लेख्नुका साथै पत्रमा आफ्नी आमाको टेलिफोन नम्बर पनि दिइन्‌। त्यसपछि तिनले ती पत्रहरू आमालाई दिइन्‌ र आमा घर-घरको सेवकाईमा जाँदा मानिसहरू नभेटिने घरहरूमा ती छोडिराख्न भनिन्‌।

त्यसैताका, ग्वाटेमालाकी एउटी जवान केटी, ड्योहाने मेक्सिकोको कानकुनमा घरेलु कामदारको रूपमा काम गर्न गइन्‌। त्यहाँ छँदा यहोवाका साक्षीहरूसित तिनको भेट भयो र उनीहरूसित बाइबल छलफल गरेर तिनले आनन्द उठाइन्‌। पछि, तिनका मालिकहरूले मेक्सिको सहरमा बसाइँ सर्ने निर्णय गरे र उनीहरू तिनलाई पनि सँगै लैजान चाहन्थे। ड्योहाने सर्न हिचकिचाइन्‌ किनभने त्यसरी सर्दा साक्षीहरूसित तिनको सम्पर्क टुट्‌ने थियो।

तिनका मालिकहरूले यसो भने, “चिन्ता नगर, साक्षीहरू जताततै छन्‌। त्यहाँ पुग्नासाथ हामी उनीहरूलाई खोज्नेछौं।” त्यस्तो आशालाग्दो कुरा सुनेपछि ड्योहाने तिनीहरूसँग जान राजी भइन्‌। मेक्सिको सहर पुगेपछि ड्योहानेका मालिकहरूले साक्षीहरूलाई धुइँधुइँती खोजे। किन हो कुन्‍नि, ४१,००० भन्दा बढी साक्षीहरू र ७३० वटा मण्डली हुँदाहुँदै पनि तिनीहरूले साक्षीहरूलाई भेट्टाउनै सकेनन्‌।

अब ड्योहाने निरुत्साहित हुन थालिन्‌ किनभने बाइबल छलफल पुनः सुरु गर्न तिनले साक्षीहरूलाई भेट्टाउन सकेकी थिइनन्‌। एक दिनको कुरा हो, आफ्नी मालिक्नी तिनीकहाँ आएर यसो भनिन्‌: “लौ अचम्मै भो! तिम्रो परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएछ।” तिनको हातमा पत्र थमाउँदै मालिक्नीले यसो भनिन्‌: “साक्षीहरूले तिम्रो लागि यो पत्र छोडिराखेका छन्‌।” त्यो एलीजेन्ड्राले पठाएको पत्र थियो।

ड्योहानेले एलीजेन्ड्राकी आमा र तिनकी बहिनी ब्लाङ्‌कालाई भेटिन्‌ र बाइबल अध्ययन स्वीकारिन्‌। केही हप्तापछि तिनले एलीजेन्ड्रालाई भेटिन्‌ र एक-अर्कालाई भेटेकोमा उनीहरू दुवै जना खुसी थिए। एलीजेन्ड्राले तिनलाई आध्यात्मिक प्रगति गर्नको लागि नबिराइकन बाइबल अध्ययन गरिरहन प्रोत्साहन दिइन्‌।

केही महिनापछि, सन्‌ २००३ को जुलाई महिनामा एलीजेन्ड्राको मृत्यु भयो। तिनले आफ्ना सँगी विश्‍वासीहरूका लागि विश्‍वास र साहसको एउटा राम्रो उदाहरण छोडेर गइन्‌। अन्त्येष्टिको बेला ड्योहानेलाई भेट्‌दा र तिनले यसो भनेको सुन्दा धेरैको मन छोयो: “एलीजेन्ड्रा र तिनको परिवार मेरो लागि एउटा सर्वोत्कृष्ट उदाहरण भएको छ। यहोवाको सेवा गर्न म कटिबद्ध छु र चाँडै बप्तिस्मा लिनेछु। आउँदै गरेको प्रमोदवनमा एलीजेन्ड्रालाई फेरि भेट्‌न म अत्यन्त उत्सुक छु!”

हो, पत्र एउटा मामुली कुराजस्तो लाग्न सक्छ। तर यसले कस्तो राम्रो अनि चिरकालीन असर पार्न सक्छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने