राज्य प्रचारकहरूको रिपोर्ट
“आत्मामा जोसिलो” मेक्सीकोमा
“देश भरि सबै जना जोसिला र जता-ततै चहलपहल मचेको देखिन्छ” भनेर प्रहरीदुर्ग प्रकाशन सोसाइटीको मेक्सीकोमा स्थित शाखा कार्यालयले लेखि पठायेको थियो र यो टिप्पणी वास्तवमा साँचो हो! त्यो देशको स्पनदनशील गतिविधिको प्रमाणमा यो रिर्पोट पढ़नुहोस्: अगस्त महिना सम्म, प्रचारकहरूको सङ्ख्यामा ७० पटक वृद्धि भएछ र अन्तमा २७७,४३६ को सङ्ख्यामा टुङ्गो लागेछ। यस्को साथ साथै, ४००,००० भन्दा बढ़ी बाइबल अध्ययनहरू गरिएछन् र पोहोरको सालमा, येशूको मृत्युको स्मरणार्थको निम्ति १,०४६,२९१ व्यक्तिहरू भेला भएछन्। भविष्यमा हुने बृद्धिको निम्ति यो एउटा अत्यन्त राम्रो आधार हो!
१९८९ का प्रमुख घटनाहरू मध्य, मेक्सीकोका यहोवाका साक्षीहरूको सामाजिक स्थितिमा आएको एउटा परिवर्तन हो। यो परिवर्तनले गर्दा, घर-घर प्रचार गर्नु जाँदा, प्रथम चोटी बाइबलको प्रयोग गर्न पाउने भये र सभाहरूको शुरूमा पनि प्रार्थना गर्ने अनुमति पाये। यस्को नतिजा तुरन्तै देखियो। दुइ महिना भित्र, प्रचारकहरूको सङ्ख्यामा, अझ १७,००० जना थपियो।
यी परिवर्तनहरूको कारण भाइहरू अत्यन्त खुशी छन् र यो आनन्द तिनीहरूले गरेका टिप्पणीहरूमा स्पष्ट देखिन्छ। एक जनाले एसो भनेर लेख्नु भएकोछ: “यी परिवर्तनहरूको घोषणा गर्ने पत्र मण्डलीमा सबैको अघि पढ़दा, भाइहरूको प्रशंसा र ताली बजाएको आवाजले गर्दा, दुइ पटक रोक्नु पर्यो।” अर्को भाइले एसो भनेर लेखि पठाउनु भएकोछ: “खुशीको आँसुलाई थाम्न सकेनौं। आजकल, सबै जना सभाहरूकालागि समयमा आउन थालेका छन्। शुरूको प्रार्थनामा सबै नै उपस्थित हुन चाहन्छन्।”
अर्को साक्षीले यसो भन्नु भयो: “हाम्रो इलाकामा, क्याथोलिक गिर्जा द्वारा सञ्चालित बाइबल अध्ययन कार्यक्रममा लागेकी एक जना स्त्रीले यो टिप्पणी गरी: ‘[साक्षीहरूले] पहिला-पहिला, तिनीहरूका आफ्नै टिका-टिप्पणी र पत्रिका द्वारा मात्र ता हामीलाई निशब्द पारथिये भने, अब झन ढोका ढोकामा आउदा बाइबल खोल्न पाउने भये पछि हामी त लूके पनि हुन्छ।’”
मेक्सीको का यहोवाका साक्षीहरूले बाइबलको प्रयोग गर्दै अनौपचारिक प्रचारलाई विशेष महत्व दिन्छन्। एक जना बहिनीले एउटा स्त्री सँग कुरा गर्न शुरू गरिन् र त्यो स्त्रीले हाम्रो बहिनीलाई गर्भपात बारे के विचार छ भनेर सोधिन्। साक्षी बहिनीको उत्तर यस प्रकार थियो: “बाइबलको विचारको अगाड़ि, मेरो विचारको महत्व छैन।” यस पछि, बाइबल बाट केही पदहरू पढनु भएर, यसो भन्नु भएछ: “सृष्टिकर्ताको आँखामा जीवन अति नै मूल्यवान वस्तु हो। न जन्मेकाहरूको जीवन पनि उहाँको निम्ति उति नै बहुमूल्य हो।”
यो सुनेर ती स्त्रीले आफ्नो गर्भावस्था जाहेर गरिन्। उन्को प्रथम बच्चा हुनेवाला रहेछ तर चिकित्सालयमा गरिएको जाँच अनुसार, उन्को बच्चा कुरूप भएर जन्मने सम्भावना देखिएछ। डाक्टरबाट उनले गर्भपात गर्ने सल्लाह पाइछन् र यसमा उनको पतिले पनि सहमति दिनुभएछ। तर उनी आफैले चाहिं फैसला गर्नु सकेकी थिएन रे। प्रचारकले यो स्त्री सँग बाइबल बाट अझ छलफल गरिन्। त्यस पछि आफ्नो नाउँ दिएर बाटो लागिन्।
पाँच वर्ष पश्चात्, एउटा जिल्ला सम्मेलनमा, चार वर्षे बच्चो साथमा भएको पति-पत्नीले, यो बहिनी र उनको पति सँग भेट गर्न खोजे। यो त्यै स्त्री नै रहेछिन्! तर कसरी? साक्षी बहिनी सँग कुरा गरेपछि, ती स्त्रीले बच्चा जन्माउने फैसला गरिछन्। उनको डाक्टरले उनी सँग भेट गर्न इन्कार गरिदिएछ। उनको पतिले पनि, कुरूप बच्चा जन्मेको खण्डमा, उनलाई त्यागी दिने धम्की दिएछ। बच्चा जन्मने समय आए पछि, नजिकमा जुन डाक्टर थियो, त्यही डाक्टरकोमा गइछन्।
बच्चा जन्मनु साथै डाक्टरले एसो भन्नु भएछ: “आमालाई बधाई छ! सानी, राम्री छोरी जन्मेकी छ।” पत्याउनु गाह्रो मान्दै, उनले डाक्टरलाई बच्चाको राम्रो सँग जाँचगर्न भनिन्। यस पछि, आफ्नो कथा सुनाइन्। डाक्टरले जवाबमा “यो एउटा चमत्कार हो,” मात्र भन्न सके। जीवनको मूल्य बारे यहोवाको दृष्टिकोणलाई आदर गर्ने साहस आफूले गरेको हुनाकारण, ती स्त्री अति नै हर्षित भइन्। उनले आफ्नो बच्चाको लागि त्यही साक्षी बहिनीको नाम राखी। सुत्केरी अवस्था बाट तङ्ग्रिनु साथै, उनले साक्षीहरूको खोजी गरेर तिनीहरू सँग बाइबल अध्ययन शुरू गरीन्। एक वर्ष बित्नु भन्दा अघि नै, उनी र उनको पतिले बप्तिस्मा लिए।
प्रेरित पावलले यो प्रोत्साहन दिनुभएको छ: “आत्मामा जोशिलो होओ, प्रभुको सेवा गर्दै रहौ।” (रोमी १२:११) सबै ठाउँमा साँचो मसीहीहरूले गरे जस्तै, मेक्सीकोमा बस्ने यहोवाका साक्षीहरूले पनि यो प्रोत्साहनलाई पूर्ण हृदयले व्यवहारमा ल्याएका छन्। त्यसै कारण ता, सारा देश जोसिला र अध्यात्मिक काम कुरोले स्पनदनशील छ। साँच्चै नै, आफ्ना विश्वासी जनहरूलाई यहोवाले प्रशस्त आशिष दिनु हुन्छ! (w90 1/1)