प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१५ पृ. ३-४
  • येशूले विश्‍वभर पार्नुभएको प्रभाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले विश्‍वभर पार्नुभएको प्रभाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्ट—उहाँ को हुनुहुन्छ?
    येशू ख्रीष्ट—उहाँ को हुनुहुन्छ?
  • येशूको साँचो चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येशू—उहाँबारे मानिसहरू के भन्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • येशू ख्रीष्ट उहाँ पृथ्वीमा आउनुभएको थियो भन्‍ने प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१५ पृ. ३-४

येशूले विश्‍वभर पार्नुभएको प्रभाव

बाइबल अनुवादक एड्‌गर गुडस्पिडले यस्तो लेखे, “गोप्यमा र सार्वजनिक रूपमा येशूले भन्‍नुभएका कुराबारे सुसमाचारका पुस्तकहरूमा लिपिबद्ध सबै विवरण उहाँले दुई घण्टाभित्र भनिसिध्याएको हुन सक्छ। उहाँले भन्‍नुभएका कुरा थोरै भए तापनि त्यो यत्ति उत्साहजनक, उत्प्रेरणादायी र मन छुने खालका थिए कि उहाँले जस्तो संसारलाई अरू कुनै व्यक्‍तिले प्रभावित गर्न सकेको छैन भन्दा अत्युक्‍ति नहोला।”

सा.यु. ३३ मा येशू ख्रीष्टले आफ्नो पार्थिव सेवकाई पूरा गर्नुहुँदा उहाँका अनुयायीहरू कम्तीमा पनि १२० जना पुरुष तथा स्त्री थिए। (प्रेरित १:१५) आज दुई अरबभन्दा बढी मानिसले आफू मसीही भएको दाबी गर्छन्‌। अन्य करोडौंले येशूलाई अगमवक्‍ताको रूपमा मानिलिन्छन्‌। उहाँको शिक्षाले मानिसजातिलाई साँच्चै अत्यन्त प्रभाव पारेको छ।

येशूले विश्‍वभर पार्नुभएको प्रभावलाई गैर-मसीही नेताहरूले समेत मानिलिएका छन्‌। उदाहरणका लागि, यहूदी रब्बी हेमन इनिलोले यस्तो लेखे: “मानव इतिहासका धर्महरूमा येशू सबैभन्दा प्रसिद्ध, सबैभन्दा धेरै अध्ययन गरिएका र सबैभन्दा प्रभावशाली व्यक्‍ति हुनुभएको छ।” इनिलोले अझै यस्तो लेखे: “येशूले मानवजातिमा पार्नुभएको प्रभावलाई कसले पो अन्दाज लगाउन सक्छ र? प्रेम गर्न उहाँले दिनुभएको प्रेरणा, उहाँले दिनुभएको सान्त्वना, उहाँले गर्नुभएको उपकार, उहाँले जगाउनुभएको आशा र आनन्द—यी सबै मानव इतिहासमा अद्वितीय छन्‌। येशूले विश्‍वभर जति प्रभाव पार्नुभएको छ, त्यति आजसम्म बाँचेका प्रसिद्ध र उपकारी मानिसहरू कसैले पनि पार्न सकेका छैनन्‌। उहाँ इतिहासकै सबैभन्दा आकर्षक व्यक्‍तित्व हुनुभएको छ।” अनि हिन्दू नेता मोहनदास करमचन्द गान्धीले यसो भने: “मानवजातिका लागि येशूले जे-जति गर्नुभयो त्यति अरू कसैले पनि गरेको छैन। वास्तवमा मसीहीधर्म राम्रो छ।” तथापि, उनले यसो पनि भने: “समस्या त तपाईं मसीहीहरूसित छ। आफ्नो शिक्षाअनुसार तपाईंहरू जीवन बिताउनुहुन्‍न।”

येशूका शिक्षाहरू अनुरूप जीवन बिताउने सन्दर्भमा मसीहीजगत्‌ चुक्दै आएको धेरै भइसक्यो। “सबै चर्चहरूमा नैतिकतालाई हल्कासित लिने एक किसिमको झुकाव क्रमिक रूपमा र एकनासले बढ्‌दै गएकोले . . . सा.यु. १४० को प्रारम्भतिरै मसीही नेताहरूको ध्यान त्यतातिर आकृष्ट भयो” भनी मसीहीधर्मका इतिहासकार सेसिल जोन काडुले बताए। तिनले यसो भने: “प्रारम्भिक मसीहीधर्मका मानिसहरूले नैतिकताको सन्दर्भमा कडिकडाइ नगरेको कारण उनीहरूको चालामाला पनि संसारको जस्तै हुन थाल्नु स्वाभाविकै थियो।”

चौथो शताब्दीमा रोमी सम्राट्‌ कन्स्टान्टिनले मसीहीधर्म अँगाल्दा नैतिकतामा आएको यो ह्रास झनै चुलिन पुग्यो। काडुले यस्तो लेखे, “चर्चले कन्स्टान्टिनससित मित्रता गाँसेर जुन घोर सम्झौता गऱ्‍यो, त्यस विषयमा इतिहासकारहरू अनभिज्ञ छैनन्‌ र त्यसबारे उनीहरूमध्ये कसै-कसैले कहिलेकाहीं गहिरो खेद प्रकट गर्ने गरेका छन्‌।” त्यस्तो घटना घटेपछि शताब्दीयौंको दौडान मसीही भनौदाहरूले ख्रीष्टको नाउँलाई अनादर गर्ने खालका थुप्रै घृणित कामहरू गरेका छन्‌।

त्यसैले हामी यी प्रश्‍नहरूको जवाफ चाहन्छौं: “वास्तवमा येशूले के सिकाउनुभयो? अनि उहाँको शिक्षाले हामीमा कस्तो प्रभाव पार्नुपर्ने हो?

[पृष्ठ ३-मा भएको चित्र]

“मानवजातिका लागि येशूले जे-जति गर्नुभयो त्यति अरू कसैले पनि गरेको छैन।”—मोहनदास करमचन्द गान्धी

[पृष्ठ ३-मा भएको चित्र]

“उहाँले जस्तो संसारलाई अरू कुनै व्यक्‍तिले प्रभावित गर्न सकेको छैन।”—एड्‌गर गुडस्पिड

[स्रोत]

Culver Pictures

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने